Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, June 8
    Trending
    • इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै
    • भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु
    • राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
    • जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
    • सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
    • प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    • सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु
    • चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » सुर्तीजन्य पदार्थ रहित नगर बनाउने वालिङ् नगरप्रमुख दिलिपप्रताप खाँणको प्रतिबद्धता
    वालिङ् नगरपालिका

    सुर्तीजन्य पदार्थ रहित नगर बनाउने वालिङ् नगरप्रमुख दिलिपप्रताप खाँणको प्रतिबद्धता

    Syangja SandeshBy Syangja SandeshMarch 15, 2022Updated:March 15, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १ र्चैत । वालिङ नगरपालिकाले सुर्तीजन्य पदार्थको नियमन तथा नियन्त्रणकालागि दश बुँदे प्रतिबद्धता जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको आयोजनामा आज वालिङ नगरपालिकाका जनप्रतिनिधि, सरोकारवाला निकायहरु तथा पत्रकारहरुको अन्तरक्रियात्मक कार्यक्रममा नगरपालिकाले दश बुँदे प्रतिबद्धता जारी गरेको हो ।

    सरोकारवाला तथा साझेदार निकायसँग समन्वय गर्दै सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनकालागि ब्यापकरुपमा अभियान सञ्चालन गर्ने, नगरभित्रका सम्पूर्ण जनप्रतिनिधिहरु तथा कर्मचारीले सुर्तीजन्य पदार्थको सेवन छोड्ने प्रतिज्ञा गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

    नगरका सम्पूर्ण सार्वजनिक संस्थाहरुमा सुर्तीजन्य पदार्थ निषेध गर्ने, ईजाजत पत्र लिएर मात्र सुर्तीजन्य पदार्थको बेचबिखन गर्न पाउने ब्यवस्था मिलाउने, यसको लत छुटाउन सञ्चार केन्द्रको समन्वयमा स्वास्थ्यकर्मीलाई तालिम दिने ब्यवस्था मिलाउने, थप अध्ययन तथा अनुसन्धान गर्दै जाने रहेका छन् ।

    त्यस्तैगरी जनसमुदाय तथा सरोकारवालाहरु (आमा समूह, शिक्षक, पत्रकार, युवाक्लब, टोल विकास संस्थाहरु) सँग सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमनकालागि अन्तरक्रिया एवं छलफल गर्ने, नगरपालिकाको जनस्वास्थ्य ऐन २०७८ अनुसार सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमनकालागि रणनीति तयार गर्ने, निरन्तर अनुगमन तथा सुपरभिजन गर्ने र वालिङ नगरपालिकालाई क्रमशः सुर्तीजन्य पदार्थरहित पालिका घोषणा गर्ने प्रतिबद्धता गरिएको उहाँले बताउनुभयो ।

    “सुर्तीजन्य पदार्थ सेवन एक किसिमको लत हो, जुन हामीले जान्दा जान्दैपनि पैसा तिरेर रोग किनिरहेका छौं” उहाँले भन्नुभयो, “झट्ट हेर्दा यसको नियन्त्रण जटिल देखिन्छ तर सबैको सहयोग र सहकार्यबाट संभव छ ।”

    नेपाल सरकारले कानून बनाएको र त्यसको कार्यान्वयन स्थानीय सरकारले गर्नुपर्ने भएकाले पनि नगरपालिकाले यसको नियन्त्रण र नियमनलाई कडाईकासाथ कार्यान्वयनमा अगाडि बढ्ने उहाँले बताउनभुयो ।

    “यसलाई जबर्जस्ती तबरबाटभन्दा पनि परामर्श र सचेतनामार्फत विस्तारै विस्तारै नियन्त्रण गर्दै जानेछौं” उहाँले भन्नुभयो, “आगामी केही वर्षपछि मापदण्डहरु पूरा गर्दै वालिङलाई सुर्तीजन्य पदार्थरहित नगर घोषणा गर्नेछौं ।”

    सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रणकालागि २०६८ सालमा ऐन नियम आएको र यसको कार्यान्वयन पक्षलाई स्थानीय तहमा प्रभावकारी बनाउने उद्देश्यसहित देशका केही पालिकाहरुमा अभियानकोरुपमा अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरिएको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले जानकारी दिनुभयो ।

    “सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रणकालागि मन्त्रालयबाट मात्रै नसकिने र अन्य विभिन्न संघ संस्था, कार्यालय तथा निकायहरुसँगको सहकार्यबाट मात्रै अगाडि बढ्दा बढी प्रभावकारी हुन्छ” निर्देशक शर्माले भन्नुभयो, “नगरपालिकाले जुन प्रतिबद्धता जनाएको छ यसबाट थप उत्साह तथा उर्जा मिलेको छ जसले भावी दिनमा राम्रो उपलब्धी हासिल हुनेमा हामी विश्वस्त छौं ।”

    सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रणकालागि ऐन नियम आएपनि त्यसको कार्यान्वयन पक्षमा देखिएको कमी कमजोरीहरुलाई हटाउनु आवश्यक रहेको नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृण सिग्देल बताउनुहुन्छ ।

    सुर्तीजन्य पदार्थको सेवनले मानिसको स्वास्थ्यमा प्रतिकूल असर पार्ने भएकाले यसको नियमन र नियन्त्रणकालागि सबैले आ–आफ्नो ठाउँबाट खबरदारी र कानूनको पालनामा ध्यान दिनुपर्ने अध्यक्ष सिग्देलको धारणा छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध

    May 30, 2025

    आगलागीबाट पुतलीबजारमा एक घर र वालिङमा एक उद्योग जलेर पूर्णक्षति

    May 4, 2025

    स्वतन्त्रता दिवसमा स्याङ्जामा पत्रकारको स्वास्थ्य परिक्षण

    May 4, 2025

    बोलेर भन्दा काम गरेर नतिजा देखाउन उपप्रधानमन्त्री श्रेष्ठको सुझाव

    April 30, 2025

    वालिङ साना शहरी खानेपानी संस्थाको अध्यक्षमा पुनः विद्या श्रेष्ठ निवार्चित

    April 25, 2025

    व्यवहार परिवर्तनका लागि महिलालाई ‘हेफर आधारशिला’

    April 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.