Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, May 21
    Trending
    • जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण
    • नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर
    • अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा
    • गल्याङ्ले १ सय ८१ जनालाई १२ लाख १७ हजार छात्रबृत्ती
    • महालेखा परिक्षणमा स्याङ्जाको बेरुजु १६ करोड २० लाख
    • बाद्यवादनका सामाग्री बजाउन सिकाउने तालिम सुरु
    • एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव
    • पाँच दिने बृहत योग शिविर सम्पन्न
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वालिङको नीति तथा कार्यक्रम सार्वजनिक
    समाचार

    वालिङको नीति तथा कार्यक्रम सार्वजनिक

    Syangja SandeshBy Syangja SandeshJune 19, 2021Updated:July 15, 2021No Comments7 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    तोलाकान्त बगाले

    वालिङ, ५ असार ।

    स्मार्ट नगरको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । ‘कृषि, उद्योग, ब्यापार, पर्यटन, उर्जा, सूचना प्रणाली र पूर्वाधार–स्मार्ट सिटी वालिङ निर्माणका आधार’ भन्ने मुलमुन्त्र रहेको वालिङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

    आगामी आर्थिक वर्षका लागि बजेटका उद्देश्य तथा प्राथमिकताहरुमा कोरोना भाईरसको रोकथाम, नियन्त्रण उपचारको प्रभावकारी ब्यवस्थापन गर्ने सबैको जीवन रक्षा गर्दै जनजीवनलाई सुरक्षित र सहज बनाउने, स्थानीय स्तरमा उपलब्ध स्रोत साधनको अधिक उपयोग तथा उपलब्धताको उच्चतम परिचालन गरी विकासको गतिलाई तीब्र बनाउने, आर्थिक सामाजिक, भौतिक पूर्वाधार क्षेत्रको विकासमा जोड दिने, विकास, सुशासन र समृद्धि हासिल गर्न संघीय सरकार प्रदेश सरकार र अन्तर पालिकाको साथै छिमेकी स्थानीय तहहरुसँगको सम्बन्ध बलियो बनाउने रहेको छ ।

    नगरपालिकाको नीति कार्यक्रम तथा बजेटमा विशेष गरी स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलाई प्राथमिकताकासाथ प्रस्तुत गरिएको छ । नगरप्रमुख दिलीपप्रताप खाँणले स्वास्थ्य, शिक्षा र पूर्वाधार लगायत सामाजिक तथा समावेशी विकासमार्फत समृद्ध नगर निर्माण गर्ने, अहिलेको विषम परिस्थितिमा कोभिड १९ विरुद्ध लाग्नका लागि स्वास्थ्यलाई प्राथमिकतामा राखेर शिक्षा, कृषि, रोजगारीसँगसँगै अन्य क्षेत्रको विकास गरी आत्मनिर्भर नगरपालिकाको दिशामा अग्रसर हुने, नगरबाट प्रदान गरिने सेवा प्रवाहको गुणस्तर बढाइ नगर सरकारको अनुभूतिसहित सुशासनको प्रत्याभूति दिन नगरको बजेट केन्द्रित रहने बताउनुभयो ।

    बजेटका उद्देश्य हासिल गर्न र बजेटका प्राथमिकता कार्यान्वयन गर्न सङ्घीय सरकार, प्रदेशसँग एकता, समन्वय र साझेदारी गरी निजी क्षेत्र, नागरिक समाज, राजनीतिक दल संघ संस्थासँग सहकार्य गर्दै प्रभावकारी कार्यान्वयनमा जोड दिइने नगर प्रमुख खाँणले बताउनुभयो ।

    नगरपालिकाले पहिलो प्राथमिकतामा स्वास्थ्यलाई राखेको छ । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि अगाडि सारेको स्वास्थ्यसम्बन्धी नीतिहरुमा सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने, स्वास्थ्य सेवालाई पारदर्शी र थप ब्यवस्थित बनाउने, राष्ट्रिय मापदण्ड बमोजिमका आधारभूत स्वास्थ्य सेवाहरुलाई निशुल्क उपलब्ध गराउने, मासिकरुपमा प्रत्येक वडामा चिकित्सकहरुको ब्यवस्थासहित नागरिकको स्वास्थ्य परीक्षण गर्ने, नगरपालिकाभित्र विशेषज्ञ सेवासहितको ५० शैयाको अस्पताल जतिसक्दो छिटो निर्माण गर्ने, नगरबासीलाई स्वास्थ्य बीमामा समेट्ने, शिक्षण अस्पतालको पूर्वाधार निर्माण कार्यलाई अगाडि बढाउने, सबै वडा केन्द्र, स्वास्थ्य संस्थामा कम्तिमा एक÷एक वटा एम्बुलेन्सको ब्यवस्था गर्ने, गह«ौं प्राथमिक अस्पतालबाट मोबाईल हाईवे, टेलि सर्भिस, सर्भिस कार्ड लागू गर्ने, नगरभित्र पाठेघरको क्यान्सरको पहिचान तथा मिर्गौला परीक्षणको दायरा फराकिलो बनाई समयमै रोग पहिचान गरी रुग्णता दर र मृत्युदर कम गर्ने, नगरबासीलाई स्वास्थ्य बीमाको दायराभित्र समेटिने, विपन्न नागरिकलाई नगरबाटै बीमा गर्ने ब्यवस्था मिलाउने, बन्दाबन्दी तथा कोभिड १९ का कारणले रोजगारी गुमाएका ब्यक्तिहरुलाई लक्षित गरी राहत उपलब्ध गराउने, बर्थिङ सेन्टरहरुको विस्तार गर्ने लगायतका महत्वपूर्ण नीति तथा कार्यक्रमहरु रहेका छन् ।

    त्यस्तैगरी नगरभित्रका सबै विद्यालयलाई एकै प्रकारको रङ रोगन लगाउने, एकै प्रकारको स्थानीय पाठ्यक्रम लागू गर्ने, आवश्यकता अनुसार विद्यालय समायोजन गर्ने, प्रत्येक वडामा एउटा माध्यमिक विद्यालयलाई नमूना विद्यालय र ईनोभेशन सेन्टर खोल्दै लैजाने, अंग्रेजी माध्यममा सञ्चालन गर्न प्रोत्साहन गर्ने, सामुदायिक विद्यालयको समग्र ब्यवस्थापन सुधारका लागि बायोमेट्रिक हाजिरीको ब्यवस्था गर्ने, विद्यालयलाई बालमैत्री र फरक क्षमता मैत्री बनाउने, सबै माध्यमिक तहमा सेनेटरी प्याडको प्रयोगलाई ब्यवस्थित बनाउन अटोमेटिक सेनिटरी प्याड मेसिन जडान गर्ने ब्यवस्था मिलाउने, स्मार्ट क्लब गठन गरी स्मार्ट सर्भिसका बारेमा जानकारी गराउने, कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई दिवा खाजाको ब्यवस्था मिलाउने, विद्यालयहरुमा स्कूल नर्स कार्यक्रम सञ्चालन गर्ने, विद्यालयमा योग शिक्षाको विस्तारका लागि शिक्षकलाई तालीम दिने शिक्षा सम्बन्धी नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

    नगरका १४ वटै वडाका प्रत्येक एक गाउँलाई प्राविधिक तालिम उपलब्ध गराई एक गाउँ एक उत्पादन कार्यक्रम, एक घर एक रोजगारी सिर्जना गर्ने, एक घर एक टनेल कार्यक्रम, कृषिलाई ब्यवसायीकरण गर्ने, हाईटेक नर्सरी तथा पोर्टेबल शीतभण्डार स्थापना, टनेल तथा सरल थोपा सिञ्चाई जस्ता प्रविधिको विस्तार गर्ने, उत्पादनमूलक कार्यक्रममा सबैको सहभागिता र साझेदारीमा कार्यक्रम सञ्चालन गर्ने, पशुपंक्षी र कृषिमा आत्मनिर्भर बनाईने, कृषिमा सहुलियतपूर्ण ब्याजदरको सुविधालाई नगरपालिका जमानत बसी ऋण उपलब्ध गराउने, उत्कृष्ट तथा नमूना किसानहरुलाई अनुदान दिने, बीउ पूँजीलाई यसवर्ष पनि निरन्तरता दिईने, पशु तथा कृषि बीमा सञ्चालन गरिने, स्थानीय बीउ संरक्षण र विकास गर्ने, उपयुक्त वडा छनौट गरी एक घर एक घार नीति अवलम्वन गर्ने, ब्यवस्थित बधशाला निर्माण गर्ने, फलफूल तथा तरकारी प्रशोधन केन्द्र स्थापना गर्ने, आँधीखोलाको किनार क्षेत्रका बगरमा बेतबाँस, खरबुजा, बयर खेतीलाई प्रोत्साहन गर्ने, बालीनालीमा देखिएको बाँदरको आतंकलाई न्यूनिकरण गर्दै मिसन कागती कार्यक्र तथा तेजपत्ता र हाडे ओखरको खेतीमा जोड दिने लगायतका नीति तथा कार्यक्रम कृषि तथा पशुविकास सम्बन्धी नीतिमा समावेश गरिएको छ ।

    वालिङ नगरभित्रका पर्यटकीय संभावना बोकेका क्षेत्रहरुको पहिचान गरी आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउने, आवश्यक पूर्वाधारहरु निर्माण गर्ने, होमस्टेमा गएर खाने बानीको विकास गर्नका लागि विशेष छुट दिने ब्यवस्था मिलाउने, विभिन्न जातजाती, भेषभूषाको संरक्षण, बाजागाजाको संरक्षण गर्ने, पर्यटकीय सूचना केन्द्र स्थापना गर्ने पर्यटन सम्बन्धी नीतिमा समावेश गरिएको छ ।

    उद्योग स्थापना, घरेलु तथा साना उद्योगहरुको विकास तथा प्रवद्र्धन, औद्योगिक क्षेत्र विस्तार, सार्वजनिक निजी साझेदारीमा केवलकार, पार्क, सडक, उद्योगहरु स्थापना गर्ने, उद्योगलाई आकर्षित गर्नका लागि कर छुटको ब्यवस्था मिलाउने, सहुलियत दिने, वालिङ मार्ट र होल्डिङ कम्पनी स्थापना गरी थप ब्यवस्थित गरिने नीति छ ।

    प्रत्येक वडामा एउटा नमूना सहकारी स्थापना र सञ्चालन गर्ने, उद्यम सहकारी तथा कृषि सहकारी स्थापना गर्ने, भिन्न क्षमता भएका जेष्ठ नागरिक र जोखिममा परेका नागरिकका लागि सुरक्षित सेल्टरको ब्यवस्था गर्ने,

    नगरबासीलाई शुद्ध, भरपर्दो र गुणस्तरीय खानेपानीको सेवाका लागि एक घर एक धारा नीति सबै वडाहरुमा विस्तार गर्ने, मुख्य बजार क्षेत्रमा ढलको ब्यवस्थापनलाई प्रभावकारीरुपमा अगाडि बढाउने, लोपोन्मुख जातीहरु माझी, कुमाल, दलितहरुका साथै विपन्न वर्गहरुका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने, १४ वटै वडामा रहेका खरका छाना भएका घरहरुलाई विस्थापित गरी जस्तापाता लगाउने कार्यलाई निरन्तरता दिने, नगरभित्रका सबै कच्ची सडकहरुमा बाह्रै महिना निर्वाधरुपमा सडक सञ्चालन गर्ने, सिद्धार्थ राजमार्गलाई विस्तार गर्ने र सडकको क्षेत्राधिकार भित्रका घर टहराहरु हटाउने र दुर्घटनामुक्त क्षेत्रको रुपमा विकास गर्ने, डेडिकेटेट लेनको विकास गर्ने, वसपार्क निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने, सडकहरु स्तरोन्नति तथा कालोपत्रे गर्ने, सडकको छेउछाउमा बोटहरु लगाएर हरित शहरकोरुपमा विकास गर्ने, टेम्पोलाई ब्यवस्थित गर्ने, नयाँ बजार र नयाँ बस्ती विकासका लागि योजनाबद्ध विकास गर्ने, बायटारी देखि छाङ्छाङ्दीसम्म आँधीखोला करिडोर सम्पन्न गर्ने, वालिङ–ग्रहौंसुर–बाहुनथान केवलकारको संभाब्यता अध्ययन गर्ने नीति तथा कार्यक्रम रहेको छ ।

    त्यस्तैगरी वालिङ नगरभित्रका १४ वटै वडाका घरहरुमा पिङ्क कलर अनिवार्य गर्ने, सुर्कौदीमा ब्यवस्थित शहर विकास गर्ने, एक घर दुई रुख तथा एक घर एक गमला अभियान सञ्चालनलाई प्रभावकारी बनाउने जस्ता नीति तथा कार्यक्रमहरु समावेश गरिएको छ ।

    नगरभित्र प्लाष्टिकको फोहोरलाई निरुत्साहित गर्ने, नगरपालिकालाई पूर्ण सरसफाईयुक्त नगर बनाउने, विपद ब्यवस्थापनका लागि अस्थायी सेल्टर तथा उद्धार गर्न सहजताका लागि आवश्यक तयारी गर्ने, जडिबुटीहरुको उत्पादन र बजारीकरणमा विशेष जोड दिने, फोहोरलाई आधुनिक प्रविधिबाट प्रयोग गरी स्रोतकारुपमा विकास गर्ने, दिसाजन्य लेदो ब्यवस्थापनलाई थप ब्यवस्थित र सुरक्षित तरिकाले स्रोतकोरुपमा विकास गर्ने, सम्भव भएसम्म नजिकका स्थानीय सरकारहरुसँग सहकार्य गरी बारुणयन्त्र सञ्चालन गर्ने, जननिर्वाचित जनप्रतिनिधिहरुका लागि आचारसंहिता बनाई लागू गर्ने, खेल क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधारहरु निर्माण गर्ने, खेल प्रतिष्ठान बनाउने, मेयर कप खेलकुदलाई नियमित गर्ने, प्रत्येक वडामा खेल मैदान स्थापना गर्ने, वडा र नगरका विभिन्न स्थानहरुलाई फ्री वाईफाई जोन बनाउने, मोबाईल एपमार्फत घर घर बाटै सेवा लिने कार्यलाई निरन्तरता दिने रहेको छ ।

    त्यस्तैगरी आन्तरिक आयमा सबल बनाउन राजश्वमा सुधार गरी सहज, सरल र दायरा फराकिलो बनाई सर्वसुलभ बनाउने, आन्तरिक आय बृद्धि गर्नका लागि राजश्वका करका विभिन्न क्षेत्रहरुको पहिचान गर्ने, गुनासो ब्यवस्थापनलाई प्रभावकारी बनाउने, भ्रष्टाचार अन्त्यका लागि गेटवे मार्फत भुक्तानीको ब्यवस्था मिलाउने, न्यायिक समितिलाई ब्यवस्थित र सर्वसाधारणको पहुँमा पु¥याउनेलगायतका नीति तथा कार्यक्रमहरु सार्वजनिक गरिएको छ ।

    शुक्रबार सार्वजनिक गरिएको नीति तथा कार्यक्रमलाई असार १० गते बस्ने नगर सभाबाट अनुमोदन भएपछि मात्रै लागू गर्ने नगर प्रमुख खाँणले बताउनुभयो । “कोभिडको महामारीका कारण नीति तथा कार्यक्रम बनाउनका लागि हामीले विभिन्न माध्यमबाट नागरिकहरु तथा धेरै समूहहरुसँग सल्लाह सुझावहरु माग गरेका थियौैं” नगर प्रमुख खाँणले भन्नुभयो, “यो नीति तथा कार्यक्रम हाम्रो मात्रै नभई, सर्वपक्षीय र सर्वदलीय पनि हो, नीति तथा कार्यक्रम सार्वजनिकीकरणसँगै नगरपालिकाको वेबसाईटमा राखेका छौं, अध्ययन गरेर आवश्यक सल्लाह तथा सुझावहरु दिन पनि नगरबासीसमक्ष अनुरोध गर्दछु ।” नगरपालिकाले निर्माण गरेको नीति तथा कार्यक्रमलाई जति नागरिकको पहुँचमा पु¥याउन सक्यो त्यति नै अपनत्व बढेर जाने नगर प्रमुख खाँणले बताउनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण

    May 18, 2025

    नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर

    May 18, 2025

    अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा

    May 18, 2025

    गल्याङ्ले १ सय ८१ जनालाई १२ लाख १७ हजार छात्रबृत्ती

    May 18, 2025

    महालेखा परिक्षणमा स्याङ्जाको बेरुजु १६ करोड २० लाख

    May 18, 2025

    बाद्यवादनका सामाग्री बजाउन सिकाउने तालिम सुरु

    May 16, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण

    May 18, 2025

    नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर

    May 18, 2025

    अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा

    May 18, 2025

    गल्याङ्ले १ सय ८१ जनालाई १२ लाख १७ हजार छात्रबृत्ती

    May 18, 2025

    महालेखा परिक्षणमा स्याङ्जाको बेरुजु १६ करोड २० लाख

    May 18, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण

    May 18, 2025

    नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर

    May 18, 2025

    अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा

    May 18, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.