काठमाण्डौं ७ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेट भएको छ।
शितल निवासमा राष्ट्रपति र नेपालबीच भेट भएको हो।
एमाले विभाजन गरेर नयाँ पार्टी गठन गरेका नेपाललाई राष्ट्रपतिले शितल निवासमा बोलाएको विषयबारे खुलेको छैन। तर पार्टी एकताको सम्भावनाबारे राष्ट्रपतिले चासो राखेको बताइएको छ।
नेपाल नेतृत्वको पार्टीमा लागेका केन्द्रीय सदस्यहरूलाई सनाखतको लागि बुधबार निर्वाचन आयोगले बोलाएको छ।