काठमाण्डौ २३ कात्तिक । मन्त्रीपरिषद बैठकले मोतीपुर औद्योगिक करिडोर घटनाका मृतकका परिवारलाई राहत उपलब्ध गराउने निर्णय पनि गरेको छ । बैठकले मोतिपुर घटनाका मृतकका परिवारलाई ५ लाख ५० हजार राहत दिने निर्णय गरेको हो ।
बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने सम्बन्धमा कार्यदलले पेश गरेको कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको पनि जानकारी दिनुभयो ।
यस्तै कुश्मामा ४ सय केबी सब स्टेशन र जुम्ला सब स्टेशनका लागि जग्गा प्राप्ति गर्न स्वीकृती दिने, नेपाल कृषि तथा वन सेवा समूह समूहीकरण तर्फ राजपत्रांकित विशिष्ठ श्रेणीको पदमा निरु दाहाल पाण्डेलाई बढुवा गर्ने, निर्णय भएको पनि बताउनुभयो ।
यस्तै खोप लगाउन योग्य बालबालिकादेखि वृद्धसम्म सबैलाई खोप लगाउने सरकारको नीति रहेको पनि कार्कीले बताउनुभयो ।