काठमाण्डौं १६ कात्तिक । एकीकृत समाजवादी) प्रदेश नं. १ का संसदीय दलका नेता राजेन्द्र राईको नेतृत्वमा प्रदेश १ मा नयाँ सरकार गठन भएको छ।
एमालेका मुख्यमन्त्री बनेका भीमप्रसाद आचार्यले सोमबार पदबाट राजीनामा दिएसँगै आज नयाँ सरकार गठन भएको हो। राईले मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गरेपछि गठबन्धनको तर्फबाट ५ जना मन्त्रीले सपथ गर्नुभएको छ ।
गठबन्धनकोतर्फबाट कांग्रेस, माओवादी, जसपाबाट एक÷एकजना मन्त्री बनेका छन्। आर्थिक मामिला तथा योजना मन्त्रीमा इन्द्रबहादुर आङ्बो, भौतिक पूर्वाधार विकास मन्त्रीमा हिमाल कार्की, आन्तरिक मामिला तथा कानून मन्त्रीमा केदार कार्की, र सामाजिक विकास मन्त्रीमा जयराम यादव, सामाजिक विकास राज्यमन्त्रीमा विष्णु तुम्बाहामम्फेले जिम्मेवारी पाएका छन्। तुम्बाहाम्फे संघीय लोकतान्त्रिक राष्ट्रियमञ्चको तर्फबाट राज्यमन्त्री बन्नुभएको हो ।
यसबाहेकका अन्य मन्त्रालय अहिले मुख्यमन्त्री राईले नै हेर्नुहुने भएको छ ।