स्याङ्जा २५ भदौ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा यूवानेता एवं वरिष्ठ पत्रकार इन्द्र रिजालले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । कांग्रेसको उर्वरभूमि स्याङ्जाको संसदीय क्षेत्र नं. १ बाट उहाले कांग्रेसको आन्तरिक चुनावमा प्रतिस्पर्धा गर्ने घोषणा गर्नुभएको हो । । “कांग्रेसको संगठन हेर्ने भए स्याङ्जा जानु” भन्ने बीपी कोइरालाको भनाईलाई सम्झेर उहाले कांग्रेसको संगठन निमार्णमा लाग्ने निर्णय गरेको बताउनुभयो । पछिल्लो समय स्याङ्जा कांग्रेस विभिन्न गुटउपगुटमा लागेर कमजोर भएको महशुश गर्दै “गुटरहित कांग्रेस, बलियो कांग्रेस” को नारा लिएर चुनावी मैदानमा उत्रिने भएको दावी गर्नुभयो ।।
पञ्चायतको बर्बर दमन र लोकतन्त्र माथिको ठाडो हस्तक्षेपका बिरुद्धमा किशोर अवस्थादेखि नै स्याङ्जा कांग्रेसको उहा क्रियाशिल रहनुभयो । न्यायका पक्षमा कलम चलाउने वरिष्ठ पत्रकार रिजाल देशभित्र मौलाएको विकृत राजनीति र यसले नेपाली समाजमा पारिरहेको नकारात्मक असरका कारण ब्यक्त गर्नुहुन्छ । पञ्चायतकालदेखि नै नेपाल बिद्यार्थी संघको कलम र मशाल अंकित झण्डा बोकेर राजनीतिक र वाक स्वतन्त्रताका पक्षमा आवाज बुलन्द पार्ने रिजालले अहिले पत्रकारिता, लेखन र राजनीतिलाई एकैसाथ अगाडि बढाईरहर्नुभएको छ ।
बौद्विक प्रखरता र लेखनशैलीमा नयाँ अभ्यास समेत भित्र्याउने यूवा नेता रिजालले पत्रकारितामा निडर, निर्भिक र तीखो टिप्पणीको व्यवसायिक पहिचान बनाउनुभएको छ । कलमकै भरमा लोकतन्त्रको सुदृढीकरण र स्थिरताका पक्षलाई जोगाउन सफल रिजालले बिगत २९ बर्षदेखि नेपाली पत्रकारिताको मूलधारमा रहेर नेपाली कांग्रेसलाई बलियो बनाउने अभियानमा सक्रिय हुनुहुन्छ ।
नेपाली कांग्रेसभित्र विधि, पद्दति र निष्ठाको राजनीतिलाई स्थापित गर्ने आफ्नो एकमात्र उद्देश्य बनाएका यूवानेता रिजाल ०४५ सालदेखि निरन्तर नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील हुनुहुन्छ । २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा नवज्योति माविको नेविसंघ ईकाई सभापतिबाट आफ्नो विधिवत राजनीतिक यात्रा शुरु गर्नुभएका नेता रिजालले २०४८÷२०५० सालसम्म पोखरा बहुमुखी क्याम्पसमा नेविसंघ ईकाई सभापति भई काम गरेको अनुभव छ ।
बिद्यार्थी राजनीतिमा अत्यन्तै कुशल र नेतृत्व तहले अति विश्वास गरेका यूवानेता ईन्द्र रिजालले २०५१ देखि २०५५ सालसम्म नेविसंघ स्याङ्जाको उपाध्यक्षमा रही स्याङ्जा कांग्रेसको सांगठनिक विस्तारमा रहनुभयो ।
राजनीतिक यात्रालाई निरन्तरता दिदै काठमाडौंको शंकरदेव क्याम्पसमा नेपाल विद्यार्थी संघको इकाई सभापति, स्याङ्जा–काठमाडौं सम्पर्क समितिको पूर्व कोषाध्यक्षको जिम्मेवारी पुरा गर्नुभएको छ ।
रिजालले शंकरदेव क्याम्पसबाट बाणिज्य शास्त्रमा स्नातकोत्तर (एमबीए) गर्नुभएको छ । रिजालले अमेरिकाको फ्लोरिडास्थित विश्वबिद्यालय ईन्टरनेशनल एकेडेमी अफ सोसियल साइन्सेजबाट मानार्थ बिद्यावारिधि (पीएचडी) को उपाधि समेत प्राप्त गर्नुभएको छ ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा स्याङ्जा क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार दिने इच्छा प्रकट गर्नुभएका रिजालले अमूल्य मतदान गर्दे बिजयी गराउन एक प्रेस नोट मार्फत अनुरोध गर्नुभएको छ ।