काठमाण्डौ २ भदौ । उपेन्द्र यादव नेतृत्वको जसपाबाट फुटेर महन्थ ठाकुरको नेतृत्वमा जसपा लोकतान्त्रिक पार्टी गठनका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ ।
पार्टीको अध्यक्षमा महन्थ ठाकुर र वरिष्ठ नेतामा राजेन्द्र महतो रहनुभएको छ । यस्तै २४ जनाको कार्यकारिणी समिति बनाइएको छ भने २४ जनामध्येबाट छिट्टै पदाधिकारी गठन गरिने वरिष्ठ नेता महतोले जानकारी दिनुभयो ।
आफूहरुको पार्टीमा प्रतिनिधि र राष्ट्रिय सभाका गरी १५ सांसद रहेको पनि महतोले बताउनुभयो । पार्टीको चुनाव चिन्ह साइकल कायम गरिएको छ।