स्याङ्जा २१ जेठ । भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतको आयोजनामा स्थानीय तह तथा सरोकारवाला विच समन्वय गोष्ठी सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख खडगराज सुवेदी, पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी, भीरकोट नगरप्रमुख गोविन्दकुमार कर्माचार्याले कार्यालयले गर्दै आएका कामको बारेमा चर्चा गर्दै कार्यालय र पालिकाहरुले सहकार्य गर्दै अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।
जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जीटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जलाधार व्यवस्थापन स्याङ्जाका अधिकृत प्रकाश गिरीले स्वागत एवं भू तथा जलाधार व्यवस्थापन पर्वतका प्रशासन अधिकृत भिमप्रसाद अर्यालले संचालन गर्नु भएको थियो ।
यसैगरी, सोही कार्यक्रममा सहभागी जिल्लाका पालिकाका प्रमुख तथा उपप्रमुखहरुले कार्यक्रममा दोहोरो पना नहुने गरी कार्य सन्चालन हुनु पर्ने र आगामी समयमा भएका कार्यको समन्वय गरी कार्यक्रम सन्चालन हुनु पर्ने बताउनु भएको थियो ।
सहभागीले बाढी पहिरो भूक्ष्य जस्तो संवेदनशिल कार्यमा जिल्लामा विज्ञ टोली आवश्यकता महशुस भएको उल्लेख गर्दै सवै पालीकाबाट जिल्लामा छुट्टै कार्यालयको खांचो रहेको कुरा औंल्याउनु भएको थियो ।
वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत दिवाकर पौडेलले स्याङ्गजामा भएका कार्यहरुको अवस्था जलाधार व्यवस्थापन अधिकृत प्रकाश गिरीले प्रष्ट पार्नु भएको थियो ।