काठमाण्डौ ३ असोज । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले ओमानलाई सात विकेटले हराएको छ ।
आइतवार साझ अल अमिरात मैदानमा ओमानले दिएको एक सय २२ रनको समान्य लक्ष्य नेपालले १८ ओभर २ बलमा मात्रै तीन विकेट गुमाउँदै भेट्यायो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेले । मल्लले ४६ बलमा अविजित ५२ रन बनाए । त्यस्तै आसिफ शेख ४०, कुशल भुर्तेल र रोहित पौडेल समात ६–६ रन बनाएर आउट भए । यसअघि अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमान ३७ ओभर १ बलमा एक सय २१ रन बनाउँदै अलआउट भएको थियो । ओमानका लागि जेशान मक्सूदले सर्वाधिक ४१ रन बनाए ।
बलिङतर्फ नेपालका करण केसी र सन्दीप लामिछानेले चार–चार विकेट लिँदा शरद भेषवाकरले दुई विकेट लिए । भेषवाकरले खेलमा पहिलो एकदिवसीय विकेट लिएका हुन् । जितसँगै नेपाल आठ खेलमा आठ अङ्कसहित नामिबियालाई पछि पार्दै चौथो स्थानमा उक्लिएको छ । ओमान १३ खेलमा २० अङ्कसहित तालिकाको शीर्ष स्थानमा यथावत् छ । सात टोली रहेको लिग–२ मा एक टोलीले नौ शृङ्खलासहित कुल ३६ खेल खेल्ने छन् । लिग–२ मा शीर्ष हुने तीन देशले सन् २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्व कप छनोटमा स्थान बनाउने छन् ।
Thursday, July 10
Trending
- एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान
- स्याङ्जामा बिनियोजित बजेट खर्च हुन सकेन
- कृषि ज्ञान केन्द्र स्याङ्जाद्धारा ४ किसानलाई सम्मान
- राङ्खोला सिकाई केन्द्रद्धारा बरजाका २८ महिलालाई बंगुरका पाठापाठी बितरण
- फेदिखोला बालश्रम र सडक बालबालिका मुक्त गाउँपालिका घोषणा
- अर्जुनचौपारीको ग्रामीण स्वावलम्बन सहकारीलाई सम्मान
- पुतलीबजारको बजेट पारितसंगै नगरका १७ जनालाई सम्मान
- महिला क्रिकेट प्रतियोगिताको उपाधी स्याङ्जालाई