Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, May 21
    Trending
    • जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण
    • नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर
    • अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा
    • गल्याङ्ले १ सय ८१ जनालाई १२ लाख १७ हजार छात्रबृत्ती
    • महालेखा परिक्षणमा स्याङ्जाको बेरुजु १६ करोड २० लाख
    • बाद्यवादनका सामाग्री बजाउन सिकाउने तालिम सुरु
    • एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव
    • पाँच दिने बृहत योग शिविर सम्पन्न
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » दोस्रो पटक सभापति हुने शेरबहादुर देउवा को हुन ?
    राजनीति

    दोस्रो पटक सभापति हुने शेरबहादुर देउवा को हुन ?

    Syangja SandeshBy Syangja SandeshDecember 15, 2021No Comments4 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं २९ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा दोस्रो पटक सभापति निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी शेखर कोइरालालाई ८७८ मतले पराजित गर्दै देउवा दोस्रो पटक सभापतिको कुर्सीमा पुग्नु भएको हो ।

    मत गणनाको अन्तिम नतिजामा देउवाले २ हजार ७३३ मत प्राप्त गर्नुभयो भने कोइरालाले १ हजार ८५५ मत प्राप्त गर्नुभयो । दोस्रो चरणको मतदानमा ४ हजार ५७४ मत खसेकोमा ३३ मत बदर भएको थियो भने १६९ जना मतदानमा सहभागी भएनन् ।

    यस अघि पहिलो चरणको चुनावमा देउवालाई बहुमत पुर्‍याउन ८३ मत अपुग भएपछि दोस्रो चरणको चुनाव भएको थियो । दोस्रो चरणमा कोइराला बाहेक अन्य चारै जना सभापतिका प्रत्यासीहरु एक ठाउँ भएका थिए । कांग्रेस नेतृत्वमा देउवाले दोस्रो कार्यकालको शुरुवात गर्नुभएको हो ।

    पहिलो चरणमा पाँच जना उम्मेदवारमध्ये देउवाले २ हजार २५८ मत ल्याउनु भएको थियो । कोइराला १ हजार ७०३ मत ल्याएर दोस्रो हुनु भएको थियो भने अन्य उम्मेदवारमध्ये सिंहले ३७१, निधिले २५० र कल्याणकुमार गुरूङले २२ मत प्राप्त गर्नु भएको थियो ।

    बि।सं २००३ जेठ महिनामा डडेलधुरा जिल्लाको असीग्राममा जन्मिनु भएका देउवा वि।सं। २०२१ सालदेखि नेपाल विद्यार्थी संघ ९नेबिसंघ० बाट राजनीतिमा प्रवेश गर्नुभएको हो । नेपाल विद्यार्थी संघको संस्थापक अध्यक्ष बिपिन कोइराला भएपनि देउवा नेबिसंघको पहिलो निर्वाचित अध्यक्ष हुनुहुन्छ । २०२८ सालमा देउवा नेबिसंघको अध्यक्ष बन्नु भएको थियो । विसं २०७२ फागुन २४ मा सम्पन्न कांग्रेसको १३ औं महाधिवेशनमा उहाँ तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेललाई पराजित गर्दै सभापतिमा निर्वाचित हुनु भएको थियो ।

    विद्यार्थी राजनीतिमार्फत नेपाली राजनीतिमा उदाउनु भएका देउवा नेपालमा पाँच पटक प्रधानमन्त्री हुने सौभाग्य प्राप्त गर्ने व्यक्तिमा पर्नुहुन्छ ।

    २०४६ सालको जनआन्दोलनपछि देउवा सुदूरपश्चिम क्षेत्रमा कांग्रेसको राजनैतिक प्रमुखको भूमिकामा रहनुभएको थियो ।

    २०४८ सालको आम निर्वाचनमा देउवा डडेल्धुराबाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । त्यसपछि उहाँ गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री बन्नुभएको थियो । २०४८ सालपछि देउवालाई राजनीतिमा कहिल्यै पछाडि फर्केर हेर्नु परेन । देउवा २०४८ सालदेखि भएका निर्वाचनमा कहिल्यै पराजित हुनु परेको छैन ।

    कांग्रेसका नेताहरु गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई र गिरिजा प्रसाद कोइरालाबीच मनमुटाव बढेपछि देउवा पहिलो पटक २०५२ भदौ २७ मा देशको कार्यकारी प्रधानमन्त्री बन्नु भएको थियो । २०५२ यता ५ पटक प्रधानमन्त्री बन्ने देउवा भाग्यमानी नेतामा पर्नुहुन्छ । २०५८ साउन ११ मा दोस्रो पटक, २०६१ जेठ २१ मा तेस्रो पटक र २०७४ जेठ २४ देउवा चौथो पटक प्रधानमन्त्री बन्नुभको थियो भने २०७८ असार २९ मा अदालतको आदेशबाट उहाँ पाँचौ पटक प्रधानमन्त्री बन्नुभयो । २०५८ असोजमा राजा ज्ञानेन्द्रले देउवालाई प्रधानमन्त्री रहेकै बेला पदच्युत गर्नुभएको थियो । २०६१ जेठमा ज्ञानेन्द्रले देउवालाई प्रधानमन्त्रीमा पुनर्स्थापित गर्नुपरेको थियो ।

    तर, २०६१ माघ १९ मा सत्ता आफ्नै हातमा लिँदै ज्ञानेन्द्रले देउवालाई हटाउनुभएको थियो । त्यसपछि देउवालाई राजाले गठन गरेको शाही आयोगले भ्रष्टाचार अभियोग लगाएको थियो । उक्त आयोगलाई अवैधानिक भन्दै बयान दिन अस्वीकार गर्नुभएका देउवालाई शाही सरकारले भ्रष्टाचारको अभियोगमा पक्राउ समेत गरेको थियो । पछि सर्वोच्च अदालतले उक्त आयोगलाई खारेज गरिदिएपछि देउवा थुनामुक्त हुनुभएको थियो । प्रजातान्त्रिक आन्दोलनका क्रममा उहाँले पटकपटक गरी १० वर्ष कारागार जीवन बिताउनु भएको थियो ।

    पार्टीभित्रको कलह बढ्दै गएपछि २०५९ सालमा कांग्रेस विभाजन भई गठित नेपाली कांग्रेस ९प्रजातान्त्रिक० का देउवा सभापति बन्नु भएको थियो । तर, २०६४ मा फेरि कांग्रेससँग एकीकरण भयो ।

    देउवाको आलोचना र प्रशंशा
    २०५२ मा पहिलो पटक प्रधानमन्त्री बन्नुभएका देउवालाई २०५९ मा संसद विघटन गरेर निर्वाचन गराउन नसकेको, सत्ताका लागि नेपाली कांग्रेसलाई २०५९ मा बिभाजन गरेको पनि आरोप लगाउने गरिएको छ । त्यसैगरी बिगतमा प्रधानमन्त्री बन्दा प्राडो र पजेरो संस्कृति भित्र्याएको, सांसदहरुलाई सुविधा बाँडेर संसदीय व्यवस्थालाई नै बद्नाम गराएको आरोप पनि देउवामाथि लाग्ने गरेको छ ।

    प्रधानन्यायाधीस माथि महाअभियोग लगाउने जस्ता गलत संस्कार स्थापित गर्न खोजेको आरोप पनि देउवा माथि छ । नेपालको इतिहासमा पहिलो पटक सबैभन्दा धेरै मन्त्रीहरू सामेल गरेर मन्त्रिमण्डल गठन गर्ने व्यक्तिका रूपमा पनि देउवालाई लिइने गरेको छ । तर, बुझबुझका साथ राजनीतिक कदम अघि बढाउने पाका नेताका रुपमा पनि देउवालाई प्रशंशा गर्ने धेरै छन् । उहाँलाई पार्टीभित्र पनि जुझारु र आटिलो नेताका रुपमा लिने धेरै छन् । नेपाली राजनीतिमा देउवालाई पाका राजनीतिक खेलाडीका रुपमा लिने गरिन्छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    कम्यूनिष्ट पार्टी स्थापना दिवसमा एमालेका ५ कम्यूनिष्ट अगुवा नेतालाई सम्मान

    April 23, 2025

    राप्रपा स्याङ्जाले बुझायो प्रधानमन्त्रीलाई ६ बुँदे माग सहितका ज्ञापनपत्र

    April 23, 2025

    अखिल नेपाल किसान महासंघ वालिङको अध्यक्षमा गैहे

    March 25, 2024

    कांग्रेस जिल्ला सम्मेलनमा ८ स्वतन्त्रता सेनानीलाई सम्मान

    January 26, 2024

    गठबन्धन ५ बर्ष टिकाउ, गठबन्धनका साझा उम्मेदवारलाई जिताउ — मन्त्री गुरुङ्

    January 20, 2024

    नेपाली कांग्रेस जिल्ला सम्मेलन माघ १० गते, सभापति देउवा लगायत शिर्ष नेताहरु स्याङ्जा आउने

    January 18, 2024
    Leave A Reply Cancel Reply

    Latest Posts

    जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण

    May 18, 2025

    नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर

    May 18, 2025

    अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा

    May 18, 2025

    गल्याङ्ले १ सय ८१ जनालाई १२ लाख १७ हजार छात्रबृत्ती

    May 18, 2025

    महालेखा परिक्षणमा स्याङ्जाको बेरुजु १६ करोड २० लाख

    May 18, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण

    May 18, 2025

    नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर

    May 18, 2025

    अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा

    May 18, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.