Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, July 1
    Trending
    • मध्य असार सकियो, स्याङ्जामा ३० प्रतिशत धान रोपाईं
    • राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई
    • लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित
    • स्याङ्जामा ४ जनाले ल्याए ४ जिपिए, ६४ दशमलब ८५ प्रतिशत बिद्यार्थी ग्रेडेड
    • स्याङ्जा प्रशासनद्धारा उपभोक्ता सचेतना सम्बन्धी प्रशिक्षण
    • कालीगण्डकी गाउँपालिकको बजेट ५५ करोड ३८ लाख ८२ हजार
    • चापाकोट नगरपालिकाको बजेट ७५ करोड १ लाख ७२ हजार
    • पुतलीबजारका बाख्रापालक किसानलाई तालिम सहित प्रबिधि हस्तान्तरण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » जाजरकोटमा भूकम्पबाट १ सय ३३ को मृत्यु, , १ सय ८५ जना घाइते
    समाचार

    जाजरकोटमा भूकम्पबाट १ सय ३३ को मृत्यु, , १ सय ८५ जना घाइते

    Syangja SandeshBy Syangja SandeshNovember 4, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डौं १८ कात्तिक । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी अहिलेसम्म एक सय ३३ जनाको ज्यान गएको छ । भूकम्पबाट अहिलेसम्म दुवै जिल्लामा गरी एक सय ८५ जना घाइते भएका छन् ।

    सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा ९५ जनाको तथा रुकुम पश्चिममा ३८ जनाको ज्यान गएको छ । घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज तथा अन्य ठाउँमा लैजाने क्रम जारी छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहानै (शनिवार) प्रभावित क्षेत्रमा पुगेर उद्धारको पहलमा जुटिरहनुभएको छ । उहाँ चिकित्सक टोली र राहतसामग्रीसहित प्रभावित क्षेत्रमा पुग्नुभएको हो ।

    नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुटेको छ । प्रभावित क्षेत्रमा यसका लागि एक हजार पाँच सय जनाभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    यसैबीच भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार तथा राहतका लागि पाँचवटा हेलिकप्टर तथा जहाजको प्रयोग गरेको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार ३३ घाइतेको जिल्ला अस्पताल जाजरकोट र रुकुम पश्चिमबाट हेलिकप्टरमा उद्धार गरी उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

    राहत तथा उद्धारका लागि चिकित्सकसहितको टोली घटनास्थलमा पुर्याउने काम भइरहेको प्रवक्ता भण्डारीले जानकारी दिनुभयो । काठमाण्डौ, सुर्खेत र नेपालगञ्जमा चिकित्सकसहितको टोली तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो ।

    गए राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    मध्य असार सकियो, स्याङ्जामा ३० प्रतिशत धान रोपाईं

    June 30, 2025

    राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई

    June 30, 2025

    लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित

    June 30, 2025

    स्याङ्जामा ४ जनाले ल्याए ४ जिपिए, ६४ दशमलब ८५ प्रतिशत बिद्यार्थी ग्रेडेड

    June 28, 2025

    स्याङ्जा प्रशासनद्धारा उपभोक्ता सचेतना सम्बन्धी प्रशिक्षण

    June 28, 2025

    कालीगण्डकी गाउँपालिकको बजेट ५५ करोड ३८ लाख ८२ हजार

    June 28, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    मध्य असार सकियो, स्याङ्जामा ३० प्रतिशत धान रोपाईं

    June 30, 2025

    राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई

    June 30, 2025

    लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित

    June 30, 2025

    स्याङ्जामा ४ जनाले ल्याए ४ जिपिए, ६४ दशमलब ८५ प्रतिशत बिद्यार्थी ग्रेडेड

    June 28, 2025

    स्याङ्जा प्रशासनद्धारा उपभोक्ता सचेतना सम्बन्धी प्रशिक्षण

    June 28, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    मध्य असार सकियो, स्याङ्जामा ३० प्रतिशत धान रोपाईं

    June 30, 2025

    राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई

    June 30, 2025

    लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित

    June 30, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.