स्याङ्जा १२ असोज । रेविज दिवसको अवसरमा गल्याङमा ९३ वटा कुकुर र ११ वटा बिरालोलाई निशुल्क रेबिज विरुद्धको खोप लगाइएको छ । दिवसको अवसरमा निशुल्क रेबिज विरुद्धको खोप कार्यक्रम अन्तर्गत मंगलबार जम्मा एक सय चार वटा घरपालुवा कुकुर र बिरालोलाई खोप लगाइएको हो ।
गल्याङ नगरपालिका पशु सेवा शाखाको आयोजनामा भएको खोप कार्यक्रमको शुभारम्भ गर्दै गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले घरमा पालेका जनावरहरुको स्वास्थ्यमा पनि उत्तिकै सचेत रहनुपर्ने बताउनुभयो ।
उहाँले पशुहरुबाट मानिसमा विभिन्न रोगको संक्रमण हुन सक्ने भन्दै यसबाट जोगिन नियमित खोपको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
पशु सेवा शाखा प्रमुख सुशिल अर्यालले रेबिज प्राणघातक रोग भएकाले पूर्व सावधानी अपनाउन सकेमा बच्न सकिने बताउनुभयो ।
उहाँले पशुहरुलाई रोग लाग्ने अवस्था आउन नदिनका लागि निशुल्क खोपको ब्यवस्था गरिएको स्पष्ट पार्नुभयो ।
रेबिज विरुद्ध पहिलो पटक प्रभावकारी खोपको विकास गर्ने वैज्ञानिक लुइस पाश्चरको निधन भएको दिन सेप्टेम्बर २८ मा उहाँको योगदानलाई स्मरण गर्दै हरेक वर्ष रेबिज दिवस मनाउने गरिएको छ ।
Monday, December 15
Trending
- रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
- स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
- वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
- ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
- नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
- बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
- पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
- पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
