स्याङ्जा १२ असोज । रेविज दिवसको अवसरमा गल्याङमा ९३ वटा कुकुर र ११ वटा बिरालोलाई निशुल्क रेबिज विरुद्धको खोप लगाइएको छ । दिवसको अवसरमा निशुल्क रेबिज विरुद्धको खोप कार्यक्रम अन्तर्गत मंगलबार जम्मा एक सय चार वटा घरपालुवा कुकुर र बिरालोलाई खोप लगाइएको हो ।
गल्याङ नगरपालिका पशु सेवा शाखाको आयोजनामा भएको खोप कार्यक्रमको शुभारम्भ गर्दै गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले घरमा पालेका जनावरहरुको स्वास्थ्यमा पनि उत्तिकै सचेत रहनुपर्ने बताउनुभयो ।
उहाँले पशुहरुबाट मानिसमा विभिन्न रोगको संक्रमण हुन सक्ने भन्दै यसबाट जोगिन नियमित खोपको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
पशु सेवा शाखा प्रमुख सुशिल अर्यालले रेबिज प्राणघातक रोग भएकाले पूर्व सावधानी अपनाउन सकेमा बच्न सकिने बताउनुभयो ।
उहाँले पशुहरुलाई रोग लाग्ने अवस्था आउन नदिनका लागि निशुल्क खोपको ब्यवस्था गरिएको स्पष्ट पार्नुभयो ।
रेबिज विरुद्ध पहिलो पटक प्रभावकारी खोपको विकास गर्ने वैज्ञानिक लुइस पाश्चरको निधन भएको दिन सेप्टेम्बर २८ मा उहाँको योगदानलाई स्मरण गर्दै हरेक वर्ष रेबिज दिवस मनाउने गरिएको छ ।
Sunday, July 13
Trending
- कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत
- पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च
- स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज
- आज गुरुपूर्णिमा अर्थात ब्यास जयन्ती मनाईदै
- फेदिखोला साहित्य प्रतिष्ठानद्धारा प्रकाशित पत्रिका बिमोचन
- एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान
- स्याङ्जामा बिनियोजित बजेट खर्च हुन सकेन
- कृषि ज्ञान केन्द्र स्याङ्जाद्धारा ४ किसानलाई सम्मान