कास्की ३० असार । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ । सभामुख नेत्रनाथ अधिकारीले विनियोजन विधेयक प्रस्तुत गर्न मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई समय दिएपछि प्रतिपक्षी सांसदहरु आक्रोशति बनेका थिए । मार्सल लगाएर विनियोजन विधेयक पास गराइएपछि एमाले सांसदहरुले सदन छाडेका थिए । विनियोजन विधेयक बैठकमा निर्णयार्थ पेश हुँदा नेकपा एमालेका सांसद सदनमा थिएनन् । मुख्यमन्त्री पोखरेलले निर्णयार्थ पेश गर्नुभएको बजेट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा आर्थिक वर्ष २०७८÷७९ विनियोजन विधेयक बहुमतले पास भएको हो ।
Sunday, July 20
Trending
- गाडी तोडफोड र यात्रु कुट्ने बिक्रम र सबिन प्रहरी नियन्त्रणमा
- बाडखोला मुस्लिम समाजद्धारा एसईइमा उत्कृष्ट जिपिए ल्याएका २० जनालाई सम्मान
- आँधीखोलाका अध्यक्ष बिश्वनाथद्धारा अतिरिक्त सेवा नलिएको जनाउदै सम्पती विवरण सार्वजनिक
- वालिङ नगरपालिकाले गर्यो एक डिएसपीको बिदाई, २ को स्वागत
- छाङछाङदी मन्दिरमा साउनमहिनाभर साँझ महाआरती गरिने
- गल्याङ टकुनचौरका ३५ घरका आँगनमा पानीको धारा
- मोटरबाटो उपभोक्ता समितिद्धारा प्राबिधिक तथा कर्मचारीलाई सम्मान
- जबरजस्ती करणी कसुर मुद्दामा फरार कसुरदार पक्राउ