स्याङ्जा १८ पुस । नेपाल निजामति कर्मचारी यूनियन स्याङ्जाको अध्यक्षमा पुनः ज्ञानप्रसाद अर्याल निर्वाचित हुनु भएको छ ।
समितिको उपाध्यक्षमा पुरुषोत्तम कोइराला, गीता राना, सीरीमति गुरुङ, सविचमा राजेन्द्र पराजुली, सहसचिवमा रत्नाखर आचार्य, कोषाध्यक्षमा गिरिधारी उपाध्याय निर्वाचित हुनु भएको हो ।
यसैगरी, सदस्यहरुमा अस्मीता भारती, नमिना भट्ट, प्रकाशकुमार शर्मा, प्रदिप चापागाई, रामकृष्ण उपाध्याय, उदयराज देवकोटा, श्रीराम अर्याल, प्रकाश खनाल, प्रेमनारायण अर्याल र बोलाकान्त पौडेल चयन हुनुभएको हो ।
यस्तै केन्द्रिय प्रतिनिधिमा गोपाल गिरी, नारायणबन्धु अर्याल, इन्द्र भट्टराई, देवकुमारी श्रेष्ठ र बिनोद रेग्मी चयन हुनु भएको निर्वाचन समितिका संयोजक रामेश्वर रेग्मीले जानकारी दिनुभयो ।