स्याङ्जा ४ पुस । संविधानसभा सदस्य एवम् नेपाली कांग्रेस स्याङ्जाका तत्कालीन सभापति कमलप्रसाद पंगेनीको स्मृतिमा ‘कमल पंगेनी स्मृति प्रतिष्ठान’ गठन गरिएको छ ।
२०७५ साउन २० गते स्वर्गारोहण हुनुभएका सबैका लोकप्रिय नेता पंगेनीको निधनको पाँच वर्षपछि प्रतिष्ठान गठन गरिएको हो । पंगेनीको प्रथम स्मृति दिवस २०७६ साउन २० गते नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले नै ‘कमल पंगेनी स्मृति प्रतिष्ठान’ गठन गर्न निर्देशन दिए अनुसार प्रतिष्ठान गठन गरिएको नेपाली कांग्रेस स्याङ्जाले जनाएको छ ।
पंगेनीका सहोदर दाजु लीला पंगेनीको अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिति गठन गर्दै प्रतिष्ठानलाई जिल्ला प्रशासन कार्यालय स्याङ्जामा विधिवत् रूपमा संस्था दर्ता गरिएको छ । संस्था मार्फत उहाँको सालिक स्थापना गर्ने लगायतका सामाजिक गतिविधिको माध्यमबाट पूरा गर्ने केसीले बताउनुभयो ।
स्वर्गारोहण भएको छोटो समयमै प्रतिष्ठान बनाउने तयारी गरे पनि विधान बनाउने लगायतका काम गर्न ढिलाइ हुँदा संस्था गठनमा पनि ढिलाइ भएको हो । संस्था ऐन गठन २०३४ को दफा ४ बमोजिम गठन भएको प्रतिष्ठानको दर्ता नम्बर २७३५ छ भने यसको कार्यालय भिरकोट नगरपालिका ६ मा रहने भएको छ ।