स्याङ्जा १४ कात्तिक । गण्डकी प्रदेश सञ्चार तथा प्रदेश मामिलामन्त्री बिन्दुकुमार थापाले ७ वटा प्रदेश मध्येकै उत्कृष्ठ सञ्चार बिधेयक बनाउने बताउनुभयो
आदीवासी जनजाती पत्रकार महासंघ गण्डकी प्रदेशको आयोजनामा स्याङ्जाको सिरुवारीमा आयोजित ग्रामिण पर्यटन प्रवद्र्धन तथा क्षमता अभिबृद्धि सम्बन्धी कार्यक्रमको शनिवार उदघाटन गर्दे मन्त्री थापाले पत्रकारबीच छलफल पश्चात पत्रकारमैत्री बिधेयक निर्माणमा प्रयासरत रहेको जनाउनुभयो
उहाले भन्नुभयोे, ‘बिद्यायन समितिका सभापतिसंग निरन्तर सम्वादमा छु। अबको सदनबाट बिधेयक ल्याउनेछौं।’
गण्डकी सरकारले प्रक्रियाका रुपमा अघि बढाएको जनाउदै मन्त्री थापाले भने,‘पत्रकारका अधिकार संकुचित पार्नेगरी विधेयक ल्याउन हामी दिदैनौ।’
कार्यक्रममा आदीवासी जनजाती पत्रकार महासंघ गण्डकीका इन्चार्ज होम गुरुङ, सञ्चार मन्त्रालयका उपसचिव हिमालचन्द्र अर्याल, आधीखोला वडा नं. १ का अध्यक्ष लोकप्रसाद ढकाल, पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, आदीवासी जनजाती पत्रकार महासंघका प्रादेशिक उपाध्यक्ष दिल शिरीष मगर, अध्यक्ष एमवी आस्था मगर लगायतले प्रस्तावित सञ्चार बिधेयकमा उल्लेखित केही बुँदा संसोधन सहित पारित गर्न सुझाव दिनुभयो ।
शनिवारदेखि सुरु कार्यक्रम आइतवार सकिने महासंघका महासचिव श्रीस मगरले जानकारी दिनुभयो ।
स्याङ्जाको आधीखोला गाउँपालिका १ स्थित सिरुवारी दक्षिण एशिया सहित मुलुककै पहिलो पर्यटकीय गाउँ हो। बिस २०५४ सालमा सांसद क्याप्टेन रुद्रमान गुरुङ्ले परिकल्पना अनुरुपमा निर्माण गरिएको हो।
Sunday, July 13
Trending
- आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा
- लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण
- कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत
- पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च
- स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज
- आज गुरुपूर्णिमा अर्थात ब्यास जयन्ती मनाईदै
- फेदिखोला साहित्य प्रतिष्ठानद्धारा प्रकाशित पत्रिका बिमोचन
- एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान