स्याङजा, ३० जेठ । सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जा सडकखण्डको भालुपहाडमा खसेको पहिरो हटाएपछि यातायात सेवा एकतर्फी सञ्चालनमा आएको छ। बिहानदेखि अवरुद्ध सडक मध्यान्हदेखी संचालनमा आएको छ।
फेदीखोला गाउँपालिकाको वडा न २ स्थित रहेको भालुपहाडमा माथिबाट खसेको ढुगांसहितको ठूलो पहिरो पन्छाएपछि एकतर्फी सञ्चालनमा आएको प्रहरी नायव उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । उहाले भन्नुभयोे ‘एकतर्फी खुले पनि माथिबाट ढुंगा, माटो खस्ने क्रम भने कायमै छ।’
करिब ८÷९ महिनादेखिको पहाड कटान र केही दिनदेखिका लगातार बर्षाका कारण पहिरो खसेको हो। राजमार्ग विस्तारका नाममा पहाडमा जथाभावी डोजर चलाएका कारण पहिरो गएको हो।
पोखराबाट सडक विभागको डोजर ल्याएर पहिरो पन्छाएपछि सडक खुलाइएको प्रहरीले जनाएको छ। पहिरो खसेर राजमार्ग अवरुद्ध बनेपछि यातायात सेवा मध्यान्हपछि एकतर्फी सुचारु भएको छ।
Tuesday, July 1
Trending
- मध्य असार सकियो, स्याङ्जामा ३० प्रतिशत धान रोपाईं
- राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई
- लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित
- स्याङ्जामा ४ जनाले ल्याए ४ जिपिए, ६४ दशमलब ८५ प्रतिशत बिद्यार्थी ग्रेडेड
- स्याङ्जा प्रशासनद्धारा उपभोक्ता सचेतना सम्बन्धी प्रशिक्षण
- कालीगण्डकी गाउँपालिकको बजेट ५५ करोड ३८ लाख ८२ हजार
- चापाकोट नगरपालिकाको बजेट ७५ करोड १ लाख ७२ हजार
- पुतलीबजारका बाख्रापालक किसानलाई तालिम सहित प्रबिधि हस्तान्तरण