स्याङजा, २ भदौ । अफगानिस्तानमा रहेका वालिङका नागरिकलाई सुरक्षित रुपमा घर फर्काउनकालागि वालिङ नगरपालिकाले पहल थालेको छ ।
वालिङका नागरिक रोजगारी वा अन्य कुनै कामको शिलशिलामाअफगानिस्तानपुग्नुभएको भएनगरपालिकाकार्यालयमा सूचना गरी सहयोग गरिदिनुहुननगरपालिकाले अनुरोध गरेको छ ।
नगर प्रमुखदिलीपप्रताप खाँणद्वारा आज जारी गरिएको प्रेस विज्ञप्ति अनुसार वालिङका केहीनागरिकहरु सुरक्षित रुपमा घर फर्किसक्नु भएको छ भने केहीनागरिकहरु विभिन्न संस्थाको सहयोगमा सुरक्षित रुपमा रहनुभएको जनाईएको छ ।
घर फर्कन चाहेर पनिअलपत्र परेको कोही वालिङका नागरिक अफगानिस्तानमा भएको भए नगरपालिका कार्यालयमा खबर गरिदिनुहुन अनुरोध गर्नुहुँदै नगर प्रमुख खाँणले त्यहाँस्थित राजदूताबास तथा अन्य संघ संस्थाहरुलाई उद्दारकालागि आवश्यक पत्राचार गर्ने बताउनुभयो ।
“वालिङ नगरपालिकाका कति जना नागरिकहरु अफगानिस्तानमा हुनुहुन्छ भन्ने यकिन छैन”प्रमुख खाँणले भन्नुभयो, “यकिनभयो भने उद्दार कार्यकालागि सहजताहुने भएकाले सम्बन्धितहरुलाई सूचनाका लागि अनुरोध गरिएको हो, सूचनाआउने क्रमजारी रहेको छ ।”
वालिङ नगरपालिकाका हालसम्म तीनजना सम्पर्कमा आउनुभएका मध्ये एकजना सुरक्षित रुपमा नेपाल आईसक्नुभएको छ भने अन्य दुई जना युएडिपी र युनिसेफको कार्यालयमा सुरक्षित रहनुभएको नगर प्रमुख खाँणले बताउनुभयो ।
Saturday, July 19
Trending
- वालिङ नगरपालिकाले गर्यो एक डिएसपीको बिदाई, २ को स्वागत
- छाङछाङदी मन्दिरमा साउनमहिनाभर साँझ महाआरती गरिने
- गल्याङ टकुनचौरका ३५ घरका आँगनमा पानीको धारा
- मोटरबाटो उपभोक्ता समितिद्धारा प्राबिधिक तथा कर्मचारीलाई सम्मान
- जबरजस्ती करणी कसुर मुद्दामा फरार कसुरदार पक्राउ
- लापसेगरी सवारी चलाएका २ चालक पक्राउ
- छोरेखोला गोठिङमा झोलुंगे पुल निर्माणपछि स्थानीय खुशी
- आज साउने संक्रान्तिः लुतो फाल्ने, तिउरी लगाउने दिन