स्याङजा १३ माघ । प्ुातलीबजार नगरपालिका ३ स्थित स्याङ्जा जिल्ला अस्पताल ब्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष इन्द्रबहादुर गोदार लगायत अन्य सदस्यले आज पदस्थापन गर्नुभएको छ ।
गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयद्धारा अध्यक्षमा गोदार लगायत अन्य ७ जना सदस्यमा अस्पताल विकास समितिको केही दिनअघि नियुक्त गरेको थियो ।
समितिका अन्य सदस्यहरुमा लक्ष्मी बराल, टिमकुमारी कुमाल, हुमबहादुर कुमाल, राजेन्द्र गैह्रे, राजेन्द्र मरासीनी रहनु भएको छ । अब, जिल्ला उद्योग वाणिज्य संघ र सम्बन्धित स्थानीय पालिकाका एक ÷एक जना सदस्य थप हुनेछन भने सदस्य सचिवका रुपमा अस्पताल प्रमुख डा. रमेश आचार्य रहने प्रावधान छ ।
पदस्थापना कार्यक्रममा बोल्दै शिक्षा, संस्कृति, बिज्ञान तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले अस्पतालको भौतिक तथा गुणस्तीय सेवाका लागि प्रदेश र संघ सरकारसंग समन्वय गर्दे सुबिधासम्पन्न अस्पताल निर्माणका लागि जुट्ने बताउनुभयो । आवश्यक अनुरुपको प्राबिधिक र स्रोतका अभावका कारण अस्पतालमा उपलब्ध उपकरणको समेत उपयोग गर्न नसकिएको उहाको भनाई छ । अस्पतालका लागि तत्काल आवश्यक रहेको बिद्युत्तिय ट्रान्सफर्मर खरिदका लागि केही दिनअघि मन्त्रीपरिषद बैठकद्धारा तत्कालका लागि १५ लाख रुपैंया बिनियोजन गरको पनि उहाले जानकारी दिनुभयो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष लोकराज शर्माले नव आगन्तुक अध्यक्षलाई आफनो पूर्णसहयोग रहने र अधुरा कामलाई पुरा गर्न सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा अस्पतालका प्रमुख डा. रमेश आचार्यले अस्पतालको वर्तमान अवस्था र आगामी दिनमा गर्नुपर्ने कामका बारेमा जानकारी गराउनु भएको थियो ।
सोही कार्यक्रममा ३ वर्षे कार्यकाल पुरा गरी निवर्तमान हुनु भएका अध्यक्ष लोकराज शर्मालाई ससम्मान सहित बिदाई गरिएको थियो । अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर गोदारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन तथ्यांक अधिकृत पार्वती बरालले गर्नुभएको थियो ।