स्याङ्जा १५– साउन । आज साउनको १५ गते । मध्य साउनको दिनलाई खीर खाने दिनको रुपमा मानिन्छ। नेपाली समाजमा ‘असार १५ दही चिउरा खानू, साउनको १५ खीर’ भन्ने भनाइ छ। नेपाल कृषिप्रधान देश भएको र धान रोपेर काम सकेपछि खुसीयाली मनाउदै खीर खाने परम्परा हो।
दूधमा चामल, घीउ, बिभिन्न प्रकारका मसला राखेर पकाएर तयार पारिने खाद्य परिकार हो। यसको नेपाली समाजमा विशेष महत्व छ। हिन्दू धर्मावलम्बीहरु धेरैले साउन १५ लाई विशेष खीर खाने दिन भनेर मनाउछन्। राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ गतेलाई खीर दिसवका रूपमा मनाउने निर्णय गरेको छ ।
खीरको महत्व
साउन महिना शिवपुजन महिना भएकाले शिवको पूजा गरेर दूधमा बनेको परिकार खाने चलन हो ।
साउन महिना झरी पर्ने महिना भएकाले विभिन्न रोगबाट छुटकारा पाउनका लागि पनि दूधबाट बनेको खीर खाने गरिन्छ। खीरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकाले पनि खीर खानु स्वास्थ्यकर छ।
दूध र चामल मिश्रित खीरलाई मात्रा अनुसार मिसाइने चिनी, ध्यु, सुख्खा फल आदिले स्वादिलो र पोषिलो बनाउँछ।
चामलमा कार्बोहाइडे«ड पाइन्छ भने दूध क्यासियम र प्रोटिनको राम्रो स्रोत हो।
चिल्लो ननिकालिएको दूधबाट बनाएको खीरमा पर्याप्त मात्रामा क्यालोरी पाउन सकिन्छ।
गाईको दूधबाट बनाएको खीरबाट हामीले भिटामिन ‘ए’ पाउन सक्छौं।
खीर बनाउँदा हालिने घ्युले हाम्रो शरीरमा चाहिने फ्याटको मात्रा पूरा गर्छ।
खीरमा सुख्खा फल मिसाउँदा भिटामिन, मिनरल , खनिज जस्ता तत्व पाउन सकिन्छ।
खीर नरम खाना भएकाले चिल्लो निकालिएको वा घ्यु नहालेको खीर बिरामीलाई खुवाउन सकिन्छ। बिरामीले खीर नरम हुने भएकाले सजिलै पचाउन सक्छन्।
खीर बच्चा, वृद्ध, युवा सबैलाई युपयुक्त खानेकुरा हो।
तर, दूध र चिनी खान नहुने मान्छेले खीर पनि खानु हुँदैन। ग्यास्ट्रिकका बिरामीले थोरै मात्रामा खान युपयुक्त हुन्छ।
पाचान प्रणाली कमजोर भएका बेला चिल्लोरहित दूध र चामलबाट बनेको खीर खुवाउँदा पचाउन सजिलो हुन्छ।