Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, September 18
    Trending
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    • बाबुको तिथिमा कारागारलाई सहयोग
    • स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
    • बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित
    • हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » शिक्षक, वकिल हुँदै मुख्यमन्त्रीसम्म कृष्णचन्द्र नेपालीको यात्रा
    गण्डकी प्रदेश

    शिक्षक, वकिल हुँदै मुख्यमन्त्रीसम्म कृष्णचन्द्र नेपालीको यात्रा

    Syangja SandeshBy Syangja SandeshJune 12, 2021Updated:July 15, 2021No Comments4 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    पोखरा, २९ जेठ । बाबु गोबद्र्धन शर्मा राणा शासनको विरोधमा जहिल्यै क्रियाशील रहे । गोबद्र्धन शर्मा नेपाली काँग्रेसमा लागेर तत्कालीन समयमा केन्द्रीय सदस्य समेत भए । उनै गोबद्र्धन शर्माका छोरा हुन् ७१ वर्षे कृष्णचन्द्र नेपाली पोखरेल ।

    ष्mबनभक
    तनहुँमा जन्मे पनि उहाको राजनीतिक थलो नवलपरासी रह्यो । त्यसो त विद्यार्थी राजनीति भने उनको तनहुँबाटै सुरु भएको हो । प्रजातान्त्रिक समाजवादलाई शीरमा राखेर जनपक्षीय राजनीतिमा क्रियाशील उहा निष्ठा र त्यागको पर्याय हुन् ।

    संघीयता कार्यान्वयनपछिको पहिलो चुनाव ९२०७४० मा उनी प्रदेश सभा सदस्यका लागि पूर्वी नवलपरासी १ ९क० बाट होमिनुभयो । एमाले माओवादी गठबन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतले पराजित गरी पोखरेल गण्डकी प्रदेश सभा सदस्य बन्न सफल पनि हुनुभयो । प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक गरी कांग्रेसका १५ सांसद छन् । एमाले माओवादी गठवन्धनको बहुमत आएसँगै कांग्रेस संख्याका आधारमा प्रमुख प्रतिपक्षी दल बन्यो । प्रमुख प्रतिपक्षी संसदीय दलको नेतामा चुनिनुभयो कृष्णचन्द्र नेपाली पोखरेल ।

    प्रदेश सभाका कामकारवाही चुस्त बनाउन र प्रदेश सरकारलाई जिम्मेवार बनाउन प्रतिपक्षी दलका नेताका हैसियतमा उहा हरसमय क्रियाशील रहनुभयो । बजेट बाँडफाँटमा सरकारको मनोमानी होस या निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रममा समानुपातिक सांसदलाई गरिएको विभेदका विषयमा होस उहाले संसदमा सशक्त आवाज उठाउनुभयो र सरकारलाई सच्चिन वाध्य बनाउनुभयो ।

    कोभिडको महामारी नियन्त्रणमा सरकार संवेदनशील नभएको भन्दै बारम्बार गराइएको ध्यानाकर्षण सरकारले वास्ता गरेन । १ घर १ पिसिआरदेखि प्रत्येक जिल्लामा पिसिआर मेसिन राख्नका लागि गरिएको माग सुनुवाई नभएपछि उनकै नेतृत्वमा प्रदेश सभामा संकल्प प्रस्ताव पेस गरियो । प्राविधिक रुपमा संकल्प प्रस्ताव फेल भए पनि तत्कालीन समयमा कांग्रेसको एजेन्डा सही थियो । जुन विषय संसदका विशेष अधिवेशनले पुष्टि गरिदियो ।

    बाबु गोबद्र्धनको राजनीतिक पृष्ठभूमिको प्रभाव आमा द्रौपदा शर्मामा पनि परेकै थियो । आमाबाट कृष्णचन्द्रले मातृवात्सल्य मात्र पाएनन् राजनीतिक संस्कार समेत सिक्नुभयो । २००६ साल मंसिर १३ गते जन्मनु भएका उहा परिवारमा माइला छोरा हो । जेठा दाजु रामचन्द्र पोखरेल संविधानसभा सदस्य । जिल्ला विकास समिति तनहुँ पूर्व सभापति भइसक्नु भएका उहाले नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा लामै समय सचिवको जिम्मेवारी पनि पाउनुभयो। साइँला भाइ डा। जगदीशचन्द्र पोखरेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष । कान्छा भाइ डा। सुवाशचन्द्र अमेरिका बस्न्ुहुन्छ ।

    प्रजातान्त्रिक आन्दोलनमा लागेकै कारण पिता गोवद्र्धन निर्वासनमा हुनुभयो। त्यति नै बेला अर्थात् २०२२ देखि २०२८ सालसम्म उहाले पनि पिताकै साथमा भारतमा निर्वाासित जीवन बिताउनुभयो। राजनीतिमा मात्र होइन उहा लामो समय शिक्षण पेसामा समेत क्रियाशील रहेनुभयो । काभ्रे र तनहुँका स्कुलमा उहाले लामै समय पढाउनुभयो । २०३६ सालको जनमतसंग्रहमा बहुदलको प्रचारमा सक्रिय रहनुभयो। जनमत संंग्रहमा कांग्रेसको पक्षमा लागेर हिँडेकै आरोपमा उहालाई तत्कालीन सरकारले जुम्ला सरुवा गरिदियो । त्यसपछि उहाले शिक्षण पेसा छाडेर पूर्णकालीन राजनीतिमा लाग्नु भयो । बिद्यार्थीकालदेखि नै कृष्णचन्द्रमा राजनीतिक चेत थियो । २०२८ सालमा नेपाली कांग्रेस तनहुँको जिल्ला सदस्य बन्नुभयो । प्रजातान्त्रिक आन्दोलनकै क्रममा उहा ६ पटक जेल पर्नुभएको छ । २०३५ सालको विद्यार्थी आन्दोलनमा उहा कास्की कारागारमा दुईपटक गरेर ५ महिना बिताउनुभएको छ । २०३७ सालको जनमतसंग्रहका क्रममा फेरि ८ महिना कास्की कारागारमै बस्नुभयो । २०३८ सालमा निर्वाचनकै क्रममा प्रहरीबाट यातना खेपेका उहाले अर्को २ महिना जेलमा बस्नुभयो। देशमा बहुदलीय व्यवस्था माग्दै २०४२ सालमा नेपाली कांग्रेसले सत्याग्रह घोषणा ग¥यो । नवलपुरबाट सत्याग्रहमा सक्रिय भएका पोखरेल परासी–कपिलवस्तुमा गरेर १ वर्ष जेलमा बिताउनुभयो। २०४६ सालको जनआन्दोलनमा परासी कमान्डर रहेका पोखरेल नजरबन्दमा पनि राखिए । त्यसपछि ९ महिना पाल्पा जेलमा राखे ।

    भारतको दरभंगाबाट मानविकीमा स्नातक गरेका उहाले पछि नेपालकै त्रिभुवन विश्वविद्यालयबाट कानुनमा पनि स्नातक उत्तीर्ण गर्नुभयो। प्रारम्भिक शिक्षा तनहुँको धरमपानीको स्थानीय विद्यालयमै लिनुभयो । त्यसपछि उहा माध्यमिक शिक्षाका लागि भारत पुग्नुभयो । माध्यमिक शिक्षा विहारको नरकटियागन्जबाट पूरा गर्नुभएका कृष्णचन्द्र दरभंगाबाट मानविकीमा स्नातक गरेर नेपाल फर्किर्नुभएको थियो । उहाको पढ्ने रहर त्यतिमै सिमित रहेन कानुनमा पनि दख्खल राख्नुपर्छ भनेर उहाले त्रिभुवन विश्वविद्यालयबाट स्नातक पनि गर्नुभयो ।

    लामो समय कानुन व्यवसायमा आबद्ध उहा जनपक्षीय कानुनी सेवामा संलग्न हुनुभयो। प्रजातन्त्रको पक्षमा लागेकै कारण हिरासत र जेलमा परेका राजबन्दीको रिहाइका लागि उहाले वकालत गर्नुभएको थियो ।

    २०४८ को अधिवेशनपछि उहा निरन्तर ४ कार्यकाल कांग्रेस नवलपरासीको सभापति हुनुभयो । २०४८ सालको आमनिर्वाचनमा उहा नवलपरासी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार थिए । २०६२÷६३ सालको जनआन्दोलनमा उहाले नवलपुरको कमान्ड सम्हाल्नुभयो । त्यो बेला पनि पनि उहा जेल पर्नुभयो ।

    कांग्रेसको १२औं महाधिवेशनबाट उहा केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो । २०७० सालको संविधानसभा चुनावमा कृष्णचन्द्र ३ सय २५ मतले पराजित भहुनुभयो । उहा त्यतिबेला नवलपरासी क्षेत्र नम्बर ३ बाट चुनावी मैदानमा हुनुहुन्थ्यो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    घर– घरै पुगे सामाजिक सुरक्षा भत्ता नविकरण गर्न वडाअध्यक्ष भुर्तेल

    August 4, 2025

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    प्रादेशिक लोकतान्त्रिक अपांग संघमा शंकर, महासचिवमा स्याङ्जाका युवराज

    February 25, 2025

    प्रेस सेन्टर गण्डकी प्रदेशको अध्यक्षमा पुनः स्याङ्जाका अर्जुन

    February 5, 2025

    नेपाल मुस्लिम संघ गण्डकी प्रदेश समितिको पदस्थापना

    February 3, 2025

    गण्डकी प्रदेशमा जलवायु समिक्षा कार्यशाला सम्पन्न

    January 4, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025

    अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा

    September 17, 2025

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.