काठमाण्डौं, १८ भदौ । नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल एक–एक गोलको बराबरीमा टुङ्गिएको छ ।
बिहीवार साँझ भएको खेलको ३६ औँ मिनेटमा अञ्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाउनुभएको थियो । तर, नेपालले आफ्नो अग्रता दोस्रो हाफमा गुमायो । दोस्रो हाफको ६० मिनेटमा सुनिल क्षेत्रीको सटलाई नेपालका गोलकिपर किरण चेम्जोङले निकै उत्कृष्ट बचाऊ गर्नुभयो ।
तर, रिबाउन्ड प्राप्त मौकालाई अनुरुद थापाले चुकाएनन्, उनले गोल गर्दै भारतलाई बराबरीमा फर्काए । ५१ सयको हाराहारीमा दर्शकहरू उपस्थित भएको खेलमा दुवै टोलीले उत्कृष्ट खेल देखाएका थिए । नेपाल र भारतबीच अब अर्को खेल आइतबार दशरथ रङ्गशालामै हुनेछ ।