स्याङ्जा, १२ साउन । गण्डकी प्रदेश शिक्षा, संस्कृति, बिज्ञान प्रबिधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले बिशेष परिस्थितीमा मन्त्री बनेको बताउनुभएको छ । कम्यूनिष्ट सरकारको बहुमत हुदाँहुदै आवधिक निर्वाचनको उत्तराद्र्धमा मन्त्री बनेको अवसरलाई जनहितमा उपयोग गर्ने उहाले प्रतिवद्धता जनाउनुभयो ।
नेपाली कांग्रेस स्याङजाद्धारा मंगलवार यहाँ आयोजित स्वागत एवं सम्मान कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले समग्र प्रदेशको शैक्षिक गुणस्तर बृद्धि र सामाजिक विकासका पक्षमा काम गर्ने बताउनुभयो । पहिलो कार्यक्रम स्याङजाबाट सुरु गरेको उहाले बताउनुभयो ।
प्रादेशिक मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला आउनु भएका मन्त्री श्रेष्ठले आफना ३ प्राथमिकता ‘महिला सशक्तिकरण, युवा स्वरोजगार र जेष्ठ नागरिक दिवा सेवा र उपचार’ रहेको जनाउनुभयो । उहाले यी कार्यक्रमलाई वडा स्तरसम्म पुरयाउनेगरी काम थाल्ने बताउनुभयो । उहाले भन्नुभयो ‘दिर्घकालिन र अल्पकालिन विकासका योजना अनुरुप कार्यक्रम तय गरिनेछन।’
कार्यक्रममा संबिधानसभा सदस्य राजु थापा, क्षेत्रीय सभापति १ र २ का तुलसीराम रेग्मी र देवबहादुर खाँण ईश्वर, जिल्ला सदस्य पृथ्वीप्रसाद पोखरेल, महिला संघका सचिव तारा मल्ल लगायतले समग्र जिल्लाको शैक्षिक गुणस्तर बृद्धिका लागि रचनात्मक कार्य गर्न र बिद्यालय ब्यवस्थापन समिति गठनका नाउमा गरिएका राजनैतिक हस्तक्षेपबाट मुक्त राख्ने लगायतका बारेमा सुझाव दिनुभएको थियो ।
कार्यवाहक सभापति बुद्धिबहादुर राना कुमारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रवक्ता इन्द्रबहादुर गोदारले गर्नुभएको थियो ।
स्याङजा जिल्लाबाट मन्त्री बनेको भन्दै नेपाली कांग्रेस जिल्ला कार्य समितिले पार्टी कार्यालयमा स्वागत एवं सम्मान कार्यक्रम राखेको हो ।
Thursday, September 4
Trending
- लागु औषधका फरार कसुरदार ७ बर्षपछि पक्राउ
- गैसस महासंघ स्याङ्जाद्धारा गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र
- नवआगन्तुक न्यायधीश र न्यायधीवक्तालाई बारले स्वागत
- मुआब्जा तथा क्षतिपूर्तिको माँग
- पुस्तकालय दिवसमा शिवालय माविलाई बालसाहित्य पुस्तक प्रदान
- गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीद्धारा सहकार्य र सहलगानीका ९ बुँदामा हस्ताक्षर
- समन्वय अधिकारी र प्रशासकीय प्रमुखबीच १३ बुँदे प्रतिबद्धता
- असोज ६ देखि वालिङमा श्रीमददेवी भागवत महापुराणम् ज्ञान यज्ञ हुने