पोखरा।, २८ जेठ / गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ ९दीपक मनाङे० ले राजीनामा दिनुभएको छ ।
उहाँले बिहीबार राती राजीनामा दिनुभएको हो । उहाको राजीनामा पछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बर्खास्त गरेको पत्र प्रदेश प्रमुखलाई पठउनुभएको थियो । । बिहीबार राती नै मुख्यमन्त्री गुरुङले प्रदेश प्रमुखलाई पत्र पठाएर सो को जानकारी गराउनुभएको हो ।
बुधबार बेलुकाबाट सम्पर्कबिहीन हुनुभएका भनिएका मन्त्री गुरुङ बिहीबार मुख्यमन्त्री गुरुङले बिहीबार विश्वासको मत लिने बेलामा संसदमा उपस्थित हुनुभएको थिएन ।
मनाङे पोखराको साङग्रिला रिसोर्टमा बसिरहेका छन् ।पृथ्वीसुब्बा गुरुङको मन्त्रीमण्डलमा रहेका राजीव गुरुङ९दीपक मनाङे० ले विपक्षी दललाई सरकार बनाउनका लागि हस्ताक्षर दिनु भएको छ ।