पोखरा ७ भदौ । लगातारको वर्षाका कारण पोखरा महानगरपालिका ९ स्थित महेन्द्रपुलमा जमिन भासिएको छ ।
वर्षाका कारण पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुलमा सेलवेज अगाडी सडक पारीको करिब ३० मिटर क्षेत्र भासिएको पोखरा ९ का वडाध्यक्ष रामराज लामिछानेले जानकारी दिनुभयो ।
उक्त स्थानमा गरिमा विकास बैंक रहेको घर र उत्तम भाडा पसल रहेको घर अगाडिको भागमा गहिरो तवरबाट भासिएको र अन्य छेउका २ घरको अगाडी तर्फ चिरा परेको वडाध्यक्ष लामिछानेले बताउनुभयो ।
वडाध्यक्ष लामिछानेका अनुसार उक्त स्थानमा आइतबार दिउसो सामान्य रूपमा प्वाल पर्न लागेजस्तो देखिएकोमा गए राति ९ बजेबाट घरहरू अगाडिको फुटट्रयाक र सडक छेउ भासिएको हो ।