स्याङ्जा १२ असोज । रेविज दिवसको अवसरमा गल्याङमा ९३ वटा कुकुर र ११ वटा बिरालोलाई निशुल्क रेबिज विरुद्धको खोप लगाइएको छ । दिवसको अवसरमा निशुल्क रेबिज विरुद्धको खोप कार्यक्रम अन्तर्गत मंगलबार जम्मा एक सय चार वटा घरपालुवा कुकुर र बिरालोलाई खोप लगाइएको हो ।
गल्याङ नगरपालिका पशु सेवा शाखाको आयोजनामा भएको खोप कार्यक्रमको शुभारम्भ गर्दै गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले घरमा पालेका जनावरहरुको स्वास्थ्यमा पनि उत्तिकै सचेत रहनुपर्ने बताउनुभयो ।
उहाँले पशुहरुबाट मानिसमा विभिन्न रोगको संक्रमण हुन सक्ने भन्दै यसबाट जोगिन नियमित खोपको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
पशु सेवा शाखा प्रमुख सुशिल अर्यालले रेबिज प्राणघातक रोग भएकाले पूर्व सावधानी अपनाउन सकेमा बच्न सकिने बताउनुभयो ।
उहाँले पशुहरुलाई रोग लाग्ने अवस्था आउन नदिनका लागि निशुल्क खोपको ब्यवस्था गरिएको स्पष्ट पार्नुभयो ।
रेबिज विरुद्ध पहिलो पटक प्रभावकारी खोपको विकास गर्ने वैज्ञानिक लुइस पाश्चरको निधन भएको दिन सेप्टेम्बर २८ मा उहाँको योगदानलाई स्मरण गर्दै हरेक वर्ष रेबिज दिवस मनाउने गरिएको छ ।
Saturday, November 8
Trending
- पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ
- फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा
- खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल
- कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व
- कृषकका असल साथी, सम्झनामा माधव सर
- जापान सरकारद्धारा वालिङलाई अत्याधुनिक दमकल सहयोग
- राम्दी नाकाबाट २ लाख ७३ हजारको खैनी प्रहरी नियन्त्रणमा
- वक्तृत्वकला प्रतियोगितामा पर्वतका सुवास प्रथम
