Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, October 14
    Trending
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    • एक हजार २८ प्याकेट पटका बरामद
    • भीरकोटमा चौथो बयँरघारी रमाइलो मेला सुरु
    • एकैदिन बिभिन्न ९ मुद्धाका फरार ८ कसुरदार पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » गल्याङको ७६ करोड ६७ लाख ६२ हजार बजेट पारित
    गल्याङ् नगरपालिका

    गल्याङको ७६ करोड ६७ लाख ६२ हजार बजेट पारित

    Syangja SandeshBy Syangja SandeshJune 26, 2021Updated:July 15, 2021No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा १२ असार । चालु आर्थिक वर्षका लागि ७० करोडको बजेट ल्याएको गल्याङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८र०७९ का लागि झण्डै ७७ करोडको बजेट ल्याएको छ । आन्तरिक स्रोत सुनिश्चितताको अभाव र कोरोना महामारी लगायतका कारणले बजेटको आकार खुम्चिने अनुमान गरिएपनि नगरपालिकाले कूल ७६ करोड ६७ लाख ६२ हजार रुपैयाको अनुमानित बजेट ल्याएको हो ।

    आगामी आर्थिक वर्षका लागि नगरपालिकाले यसपटक ल्याएको बजेट चालु आ.ब.को तुलनामा झण्डै ५ प्रतिशतले ठूलो हो । बिहीबार अयोजित नवौं नगर सभामा नगरपालिकाकी उप–प्रमुख देवीसरा थापाले आगामी आर्थिक वर्षको अनुमानित आय–व्ययको सारसंक्षेप प्रस्तुत गर्नुभएको हो ।

    उप्रमुख थापाद्वार प्रस्तुत बजेटमा चालु खर्च १० करोड ६४ लाख ६० हजार अर्थात् ३०.१५ प्रतिशत र पुँजिगत तर्फ २४ करोड ६७ लाख दुई हजार अर्थात ६९.८५ प्रतिशत विनियोजन गरिएको छ । नगरपालिकाले साधारण खर्च तर्फ १८ करोड ९९ लाख ८० हजार र विकास तर्फ ५७ करोड ६७ लाख ८२ हजार विनियोजन गरेको छ । उपप्रमुख थापाले बजेट प्रस्तुत गर्दै चालु आर्थिक वर्षको असार मसान्त सम्ममा चालु खर्च तर्फ ९० प्रतिशत र पुँजिगत तर्फ ७० प्रतिशत खर्च हुने बताइन् ।आधारभुत स्वास्थ्य सेवामा नगरवासीको सहज पँहुचका गल्याङ नगर अस्पतालको क्षमता विस्तार गरि विशेषज्ञ सेवा सहित २५ शैयाको अस्पतालमा स्तरोन्नति गरिने साथै गल्याङ नगरपालिकामा सुविधासम्पन्न प्राकृतिक चिकित्सा सहितको १५ शैयाको आयुर्बेद अस्पताल स्थापनाका लागि आवश्यक जग्गा तथा विस्तृत परियोजना प्रतिवेदन तयार गरि कार्यान्वयन गरिने उल्लेख छ ।

    नगर प्रमुख अधिकारीले शिक्षामा पहुँच विस्तार गर्न र जीवनयोपगी शिक्षा प्रदान गरि स्वरोजगार श्रृजना गर्ने नीति अवलम्बन गरिनुका साथै एक विद्यालय एक फुलबारी कार्यक्रम, स्थानीय संस्कृति, रीतिरीवाज, परम्परा ऐतिहासिक स्थल, मठ मन्दिर, प्राकृतिक स्थलका बारेमा स्थानीय पाठ्यक्रम निर्माण गरि पठनपाठनको व्यवस्था गरिने जानकारी दिए । शैक्षिक क्षेत्रका सुधारका विभिन्न कार्यक्रमहरु अगाडी सार्दै नगरपालिकाले आगमी वर्ष उत्कृष्ठ विद्यार्थी सम्मान, सामुदायिक विद्यालयमा दिवा खाजाको व्यवस्था, निशुल्क सेनेटरी प्याड जस्ता कार्यक्रमहरु सन्चालन गरिने लक्ष्य लिइएको वताए ।कृषि क्षेत्रको विकासमा चालु वर्षको कार्यक्रम दुध विक्रिमा दुग्ध संकलन केन्द्रको अभिलेख र पशु सेवा केन्द्रको सिफारिसमा प्रति लिटर १५ रुपैयाँसम्म अनुदान दिने व्यवस्थालाई निरन्तरता दिदै बाख्रापालन गर्ने वडामा बाख्रा पकेट क्षेत्र कार्यक्रम संचालन गरिने उल्लेख गरिएको छ । यसका अलावा सहुलियत ऋण, पशु विमाको व्यवस्था, खाद्य तथा पोषण सुरक्षाका कार्यक्रम, वैदेशिक रोजगारीवाट फिर्ता भएका युवा, विपन्नवर्ग र एकल फर्मलाई २ लाख ५० हजार सम्मको वैंकको व्याज छुटको व्यवस्था गरेको जनाएका छन् ।

    प्रस्तुत नीति तथा कार्यक्रममा पर्यटकीय पूर्वाधार विकास र पर्यटकीय क्षेत्रको विकासका लागि नेपालकै प्रसिद्ध सेतीवेणी शिला, रामनदीधाम परिसरमा हेलीप्याड निर्माणका लागि वृस्तृत परियोजना प्रतिवेदन तयार गरी निर्माणको कार्य गरिने, तम्किकोट, भाल्थुमकोट, ग्वादी, बजादी, केदारनाथ, तार्सेसिद्ध, रानिपोखरी, बंग्राती कालिका, देवीस्थान, गह्रौसुर, आलमदेवि, जगत्रदेवि, देविभन्ज्याङ, स्यालवास हात्तिस्थान, सम्पास शिला, मनकामना मन्दिर, उत्तरवाहिनी खाडा घाट, पाखिचौर सुनपोखरी, देउराली मन्दिर,गेझा कालिका गर्हौ भगवती मन्दिर चण्डेश्वरी मन्दिर विभिन्न कालिका मन्दिर लगायतका स्थलहरुलाई विशेष पर्यटकिय स्थलको रुपमा विकास गरिने लक्ष्य लिइएको जानकारी दिए ।

    यसैगरी वडा नं ३ मा पूर्वाधार विकास सहितको एक उद्योगग्राम संचालनमा ल्याइने एवम् गार्मेट उद्योग, अदुवा प्रशोधन केन्द्र स्थापना गरिने पनि नीति कार्यक्रममा उल्लेख गरिएको छ । एक घर एक धारा खानेपानी योजना लाई निरन्तरता दिइने, कोभिड–१९ का कारण रोजगार गुमेका नागरिकहरुको लागि व्यवसायिक कृषि तथा पशुपालन मार्फत स्वरोजगारका कार्यक्रम संचालन गरिने पनि नीति कार्यक्रममा भनिएको छ ।
    नगरप्रमुख अधिकारीले प्रस्तावित नीति तथा कार्यक्रमको सफल कार्यान्वयनबाट उच्चदरको आर्थिक वृद्धि हुने विश्वास व्यक्त गरेका छन् । नीति कार्यक्रमलाई नगरसभाले सर्बसम्मत पारित गरेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    एक हजार २८ प्याकेट पटका बरामद

    October 11, 2025

    उत्तरबाहिनी गण्डकी महामेला एवं एक महिने दामोदर धर्मोत्सव आजदेखि सुरु

    October 7, 2025

    गल्याङमा कक्षा १० का विद्यार्थीलाई अनलाइन शिक्षा

    September 11, 2025

    असोजमा ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव’ गरिने

    July 31, 2025

    कम्यूनिष्ट पार्टीका संस्थापक पुष्पलालको स्मृति दिवसमा रक्तदान

    July 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.