पोखरा २५ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले काँग्रेस सांसद डोबाटे विश्वकर्मालाई मन्त्रीमा नियुक्त गर्नुभएको छ । मुख्यमन्त्री पोखरेलले आज सांसद विश्वकर्मालाई मन्त्रीमा नियुक्त गर्नुभएको हो ।
विश्वकर्मालाई विनाविभागीयमन्त्री नियुक्त गरिएको पत्रप्रदेश प्रमुखको कार्यालय पठाइसकिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार भरत कोइरालाले जानकारी दिनुभयो । ६० प्रदेशसभा सदस्य रहेको गण्डकीमा अहिले ११ मन्त्री छन् ।
कुल प्रदेशसभा सदस्यको २० प्रतिशत सांसदलाई मन्त्री बनाउन सकिने व्यवस्था संविधानमा रहेको छ ।