स्याङजा, १४ असार ।
कालीगण्डकी डाइभर्सन आयोजना बिरुद्ध स्याङजाका ५ राजनीतिक दलले बिरोध जनाएका छन्।
डाइभर्सनको चर्चा चलेसंगै यहाँका ५ दलले आयोजना राष्ट्रिय हितमा नरहेको निष्कर्ष सहित बिरोध जनाएका हुन। आयोजना राष्ट्रघाती भएको उल्लेख छ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, जसपा र राष्ट्रिय जनमोर्चाले सोमबार संयुक्त बैठक बसेर कालीगण्डकी डाइभर्सन आयोजनाले जिल्लाको धार्मिक, सांस्कृतिक, आर्थिक र पर्यावरणीय क्षति पुग्ने उल्लेख गरेका छन्।
कांग्रेसका कावा सभापति कुमार राना, नेकपा माओवादी केन्द्रका संयोजक शैलेन्द्र घिमिरे, नेकपा एमाले अध्यक्ष रामचन्द्र भट्टराई, जसपाका अध्यक्ष ख्यामनारायण ढकाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष राजेन्द्र गैह्रेद्धारा हस्तारित प्रेस बिज्ञप्तिमा डाभर्सनको आयोजनाले प्राचिन मानव सभ्यताको उदगम स्थल, सनातन संस्कृतिको धरोहर, शालिकराम पाइने विश्वकै एक मात्र नदी कालीगण्डकीको प्राकृतिक मार्ग परिवर्तन गर्नेगरी सामाजिक, सास्कृतिक, प्राकृतिक एवं वातावरणीय पक्षमा नकारात्मक असर पार्ने उल्लेख गरे।
यसैगरी, कालीगण्डकी जलाधार क्षेत्रका बासिन्दाका जनजीवनमा गम्भीर प्रभावपरी विस्थापित हुने र कृषि क्षेत्र मरुभूमिकरण हुने जनाए। निर्माण लागतभन्दा आर्थिक एवं सामाजिक क्षति बढीहुने देखिएकाले राष्ट्रिय हितमा नभएको र जवरजस्ती कार्यालय स्थापना गरेर अघि बढ्नुमा बदनियत देखिएको दलको ठहर छ।
बृहत अध्ययन र सरोकारवालासंगको छलफल र परामर्श बिना आयोजना अघि नबढाउन सुझाव दिइएको छ। संघीयताका मर्म र भावना विपरितका कार्यले नेपालीलाई पक्ष र बिपक्षमा बिभाजनगरी द्धन्द्धमा फसाउदै भारतीय स्वार्थ पुरा नगर्न भनिएको छ।
कुनै पनि अर्थमा नेपालमा हितमा नदेखिएको र आयोजनाको बिरुद्धमा ५ राजनीतिक दल डटेर सामना गर्ने प्रतिवद्धता गर्दै अर्थ, गृह, उर्जा जलस्रोत तथा सिंचाई मन्त्री बिष्णु पौडेलले उदघाटन गरेको बिषयमा पनि ५ राजनीतिक द्धलले सोही बिज्ञप्ति मार्फत ध्यानाकर्षण गराएका छन्।
Wednesday, February 5
Trending
- प्रेस सेन्टर गण्डकी प्रदेशको अध्यक्षमा पुनः स्याङ्जाका अर्जुन
- वालिङ् तमादीमा स्कार्पियो दुर्घटना हुदाँ ५ जना घाईते
- महिलालाई उत्पादनमा जोड्न बाख्राका पाठापाठी वितरण
- स्याङ्जामा एचपिभी खोप लगाउन सुरु
- श्रीपञ्चमी पारेर गोदगोदेमा पुतलीबजार ३ को कार्यालय उदघाटन
- फागुन ६ देखि हुने सातौं स्याङ्जा महोत्सवको ८० प्रतिशत काम पुरा
- नेपाल मुस्लिम संघ गण्डकी प्रदेश समितिको पदस्थापना
- सातौं स्याङ्जा महोत्सवमा रत्यौलीदेखि आमा (एकल) नृत्य सम्म प्रतियोगिता