स्याङ्जा २६ भदौ । ओमानमा सम्पन्न दोस्रो एक दिवसीय क्रिकेटमा शुक्रवार नेपालले सानदार जित हासिल गरेको छ । सन्दिप लामिछाने एक्लैले ६ विकेट लिन सफल हुनुभयो । ५.१ ओभर बलिङ गर्नुभएका उहाले मात्र ११ रन दिएर ६ विकेट लिनुभएको हो । खेलमा उत्कृष्ट प्रदर्शन गरेक सन्दिप नै म्यान अफ द म्याच बन्न सफल हुनुभयो ।
१५१ रनको सानदार जित निकाल्न सफल भएसँगै नेपाल दुबै श्रृङ्खला कब्जा गर्न पनि सफल भयो । यसअघि पनि पहिलो एकदिवसीय खेलमा नेपालले पपुवा न्युगिनीलाई दुई विकेटले पराजित गरेको थियो । खेलमा नेपालले दिएको २३४ रनको लक्ष्य पछ्याउने क्रममा पपुवान्युगिनी ८२ रनमा अलआउट हुन पुगेको हो । १९.१ ओभरको खेल खेल्दाखेल्दै पपुवान्युगिनी अलआउट हुन पुगेको हो । सन्दिप बाहेक आजको खेलमा सोमपाल कामी, विक्रम सोब, र सुशन भारीले पनि १–१ विकेट लिनुभएको छ ।
डे नाइट खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै ४९ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर २३३ रन बनाएको थियो । नेपालका लागि रोहितकुमार पौडेलले ८६ रनको योगदान दिनुभयो । सो क्रममा उहाले १२३ बल खेल्दै तीन छक्का र दुई चौका हान्नुभयो । यसैगरी केसीले २६ बलमा ४२ रन बनाउनुभयो । यसैगरी कप्तान ज्ञानेन्द्र मल्लले ७० बलमा दुई छक्का र तीन चौकाको मद्दतमा ४५, विनोद भण्डारीले १७ तथा सोमपाल कामीले ११ रन बनाएका थिए ।