स्याङ्जा ११ असोज । कालीगण्डकी गाउँपालिका ७ स्थित आँधीदोभानमा राखिएका वटा स्टिमर पुरिएको बताइएको छ।
कालीगण्डकी जल यातायात प्रा.लि. अन्र्तगत सञ्चालित ती स्टिमर गएराती झरेको पहिराका कारण पुरिएको अध्यक्ष डोलराज भट्टराइले जानकारी दि नुभयो ।
स्टिमर पुरिएको खबर पाएपछि घटनास्थल पुगेको उहाले बताउनुभयो । उहाका अनुसार ५÷७ वटा स्टिमर पुरिएको छ, थप बिस्तृत खोजबिन हुदैछ। कोरोना र बर्षात्का कारण स्टिमर सेवा बन्द थिए।
आज भोलीमा संचालन गर्ने भनि तयारी भैरहेको अवस्थामा पहिराले स्टिमर पुरेपछि स्टिमर सञ्चालक चिन्तामा परेको उहाले बताउनुभयो ।
४ दिनअघि बर्षात् भएपनि २ दिनअघिदेखि चर्को घाम लागेको थियो। गएराती एक्कासी पहिरो झरेर लाखौं मूल्य बराबरको स्टिमर पूर्ण क्षति बनाएको उहाको भनाई छ।
कालीगण्डकी ए बिद्युत उत्पादनका लागि निर्मित कृत्रिम तालमा स्टिर संचालन गरिदै आएको थियो।
Saturday, August 23
Trending
- स्याङजा अस्पतालबाट विस्तारित सेवा
- स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम
- स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी
- फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना
- खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम
- राज्यले उपेक्षा गरेको निबृत्त राष्ट्र सेवकको गुनासो
- ठकुरी समाज स्याङ्जाद्धारा तीज शुभकामना आदानप्रदान
- अमोर सेवा बालगृहलाई सहयोग हस्तान्तरण