स्याङ्जा ११ असोज । कालीगण्डकी गाउँपालिका ७ स्थित आँधीदोभानमा राखिएका वटा स्टिमर पुरिएको बताइएको छ।
कालीगण्डकी जल यातायात प्रा.लि. अन्र्तगत सञ्चालित ती स्टिमर गएराती झरेको पहिराका कारण पुरिएको अध्यक्ष डोलराज भट्टराइले जानकारी दि नुभयो ।
स्टिमर पुरिएको खबर पाएपछि घटनास्थल पुगेको उहाले बताउनुभयो । उहाका अनुसार ५÷७ वटा स्टिमर पुरिएको छ, थप बिस्तृत खोजबिन हुदैछ। कोरोना र बर्षात्का कारण स्टिमर सेवा बन्द थिए।
आज भोलीमा संचालन गर्ने भनि तयारी भैरहेको अवस्थामा पहिराले स्टिमर पुरेपछि स्टिमर सञ्चालक चिन्तामा परेको उहाले बताउनुभयो ।
४ दिनअघि बर्षात् भएपनि २ दिनअघिदेखि चर्को घाम लागेको थियो। गएराती एक्कासी पहिरो झरेर लाखौं मूल्य बराबरको स्टिमर पूर्ण क्षति बनाएको उहाको भनाई छ।
कालीगण्डकी ए बिद्युत उत्पादनका लागि निर्मित कृत्रिम तालमा स्टिर संचालन गरिदै आएको थियो।
Monday, December 8
Trending
- लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
- मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
- कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
- वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
- लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया
- फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम
- अन्तर्राष्ट्रिय अंपागता दिवसमा ८ वटा बिबिध कार्यक्रम
- जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ
