काठमाण्डौं २ भदौ । वाग्मती प्रदेशको मुख्यमन्त्रीमा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नियुक्त हुनुभएको छ । योसँगै उहाँ नेपालको पहिलो महिला मुख्यमन्त्रीसमेत बन्नुभएको छ । संविधानको धारा १६८(१) अनुसार प्रदेश प्रमुख विष्णु प्रसाईंले शाक्यलाई बहुमतको आधारमा मुख्यमन्त्रीमा बुधवारे नै नियुक्त गर्नुभएको हो ।
यसअघि आज शाक्य वाग्मती प्रदेशको एमाले संसदीय दलको नेतामा चयन हुनुभएको थियो । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्य नियुक्त हुनुभएको हो ।
नेकपा (एमाले)मा आएको संकटकैबीच बागमती प्रदेश सरकारमा नयाँ घटनाक्रम विकास भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले एमाले प्रदेशसभा संसदीय दलको नेताबाट राजीनामा दिन लगाएर शाक्यलाई संसदीय दलको नेतामा चयन गर्न लगाइएको हो ।
हेटौंडामा जारी बैठकमा पौडेलले नेताबाट राजीनामा दिएपछि शाक्यलाई दलको नेता चयन गरिएको थियो । यसअघि शाक्य नेपाल पक्षमा हुनुहुन्थ्यो । एमाले स्थायी कमिटी सदस्य समेत रहनुभएका शाक्य एमालेमा अध्यक्ष ओलीको प्रखर विरोधीका रुपमा चिनिनुभएको थियो ।
Sunday, December 7
Trending
- लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
- मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
- कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
- वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
- लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया
- फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम
- अन्तर्राष्ट्रिय अंपागता दिवसमा ८ वटा बिबिध कार्यक्रम
- जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ
