काठमाण्डौं २ भदौ । वाग्मती प्रदेशको मुख्यमन्त्रीमा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नियुक्त हुनुभएको छ । योसँगै उहाँ नेपालको पहिलो महिला मुख्यमन्त्रीसमेत बन्नुभएको छ । संविधानको धारा १६८(१) अनुसार प्रदेश प्रमुख विष्णु प्रसाईंले शाक्यलाई बहुमतको आधारमा मुख्यमन्त्रीमा बुधवारे नै नियुक्त गर्नुभएको हो ।
यसअघि आज शाक्य वाग्मती प्रदेशको एमाले संसदीय दलको नेतामा चयन हुनुभएको थियो । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्य नियुक्त हुनुभएको हो ।
नेकपा (एमाले)मा आएको संकटकैबीच बागमती प्रदेश सरकारमा नयाँ घटनाक्रम विकास भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले एमाले प्रदेशसभा संसदीय दलको नेताबाट राजीनामा दिन लगाएर शाक्यलाई संसदीय दलको नेतामा चयन गर्न लगाइएको हो ।
हेटौंडामा जारी बैठकमा पौडेलले नेताबाट राजीनामा दिएपछि शाक्यलाई दलको नेता चयन गरिएको थियो । यसअघि शाक्य नेपाल पक्षमा हुनुहुन्थ्यो । एमाले स्थायी कमिटी सदस्य समेत रहनुभएका शाक्य एमालेमा अध्यक्ष ओलीको प्रखर विरोधीका रुपमा चिनिनुभएको थियो ।
Thursday, July 10
Trending
- एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान
- स्याङ्जामा बिनियोजित बजेट खर्च हुन सकेन
- कृषि ज्ञान केन्द्र स्याङ्जाद्धारा ४ किसानलाई सम्मान
- राङ्खोला सिकाई केन्द्रद्धारा बरजाका २८ महिलालाई बंगुरका पाठापाठी बितरण
- फेदिखोला बालश्रम र सडक बालबालिका मुक्त गाउँपालिका घोषणा
- अर्जुनचौपारीको ग्रामीण स्वावलम्बन सहकारीलाई सम्मान
- पुतलीबजारको बजेट पारितसंगै नगरका १७ जनालाई सम्मान
- महिला क्रिकेट प्रतियोगिताको उपाधी स्याङ्जालाई