काठमाडौं २ भदौ । अफगानिस्तानबाट उद्धार गरिएका थप ७२ जना नेपाल फर्किएका छन् ।
उनीहरु आज बुधवार बिहान सवा नौ बजे कतार एयरवेजको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । ‘अफगानिस्तानबाट लण्डन, लण्डनबाट दोहा हुँदै कतार एयरवेजको जहाजबाट ७२ जना आज बिहान काठमाडौं आइपुगेका हुन ।
उहाँ होल्डिङ सेन्टरमा राखेर कोरोना परीक्षण लगायत प्रक्रिया पूरा गरी घर पठाइने भएको छ ।
मंगलबार दिउँसो ११८ जना र राति ८७ जना नेपाली जजिरा एयरलाइन्सको चार्टर्ड विमानबाट कुवेत हुँदै काठमाडौं आएका थिए ।
परराष्ट्र मन्त्रालयका अनुसार अफगानिस्तानबाट नेपाल फर्किन चाहेको भन्दै २५६ नेपालीले आफ्नो विवरण दर्ता गराएका छन् ।