स्याङ्जा २० असोज । स्याङ्जा सहयोग समाज (अन्तर्राष्ट्रिय समन्वय समिति) को आयोजनामा आगामी कार्तिक २, ३, र ४ गते वालिङ खेल मैदानमा पालिका स्तरीय पुरुष भलिबल कप हुने भएको छ ।
स्याङ्जाका ११ वटै पालिकाहरूको सहभागिता हुने सो प्रतियोगिताका बारेमा वालिङ्मा पत्रकार सम्मेलनगरी जानकारी गराइएको हो । प्रतियोगितामा प्रथम पुरस्कार नगद १लाख ५० हजार , द्वितीय पुरस्कार १ लाख , तृतीय पुरस्कार ५० हजार र सान्त्वनाका लागि २५ हजार सहित मेडल, ट्रफी, र प्रमाणपत्रको प्रदान गरिने छ ।
यसैगरी, उत्कृष्ट खेलाडीलाई १० हजार, र अन्य ६ बिधामा उत्कृष्ट हुने खेलाडीलाई जनही ५÷५ हजार रूपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको स्याङ्जा सहयोग समाज (अन्तर्राष्ट्रिय समन्वय समिति) अध्यक्ष विरेन्द्रजंग के.सी. ले जानकारी दिनुभयो। भलिवल प्रतियोगितासंगै सांस्कृतिक कार्यक्रम पनि गरिने बताइएको छ ।
झण्डै १६ लाख खर्च लाग्ने अनुमान गरिएको सो प्रतियोगितामा जिल्लाभरका ११ वटा स्थानीय पालिकाले सहभागिता जनाउने आयोजकको अनुमान छ ।
स्याङ्जा सहयोग समाज अन्र्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष विरेन्द्रजंग केसी, निवर्तमान अध्यक्ष टुकराज अर्याल, भलिवल संयोजक हिमलाल डुम्रे, वालिङ् भलिवल संघका अध्यक्ष दिपेन्द्र खाँणले प्रतियोगिताका बारेमा थप जानकारी गराउनु भएको थियो । यसैगरी, पत्रकार महासंघका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, पत्रकारहरु अमृत अर्याल, गोपाल जिटी लगायतले जिज्ञासा एवं सुझाव दिनुभएको थियो ।
खेल संयाजक प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न कर्याक्रमको संचालन समितिका कोषाध्यक्ष चिरन्जीवी ढकालले गर्नुभएको थियो ।