स्याङ्जा १९ असार । स्याङ्जालाई आज (बिहीवार) पूर्णखोप सुनिश्चित घोषणा र दिगोपनामा प्रमाणीकरण गरिएको छ ।
प्रदेश जनस्वास्थ्य कार्यालय पुतलीबजार स्याङ्जामा भएको औपचारिक कार्यक्रममा गण्डकी प्रदेश स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले ब्यानरमा हस्ताक्षर गर्दै सो को घोषणा सहित दिगोपनाको प्रमाणीकरण गर्नुभएको हो ।
सोही कार्यक्रममा बोल्दै मन्त्री कृष्णप्रसाद पाठकले २०४८ सालदेखि जाम भएको अस्पतालको स्तरोन्नतीलाई ब्रेक थुू गरेको बताउनु भएको छ । आफु मन्त्री बनेको १० महिनामा धेरै उल्लेख्य काम गरेको दावी गर्दे गण्डकी प्रदेशका १३ अस्पतालको स्तरोन्नती, दरबन्दी सहित ओएनएम समेत गरेको बताउनुभएको छ ।
जिल्ला खोप समन्वय समिति स्याङ्जाको आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री पाठकले प्रदेशलाई आवश्यक पर्ने चिकित्सक प्रदेशमै उत्पादन गर्ने लक्ष्य सहित अघि बढेको जानकारी गराउनुभयो ।
प्रदेश सरकारले प्रदेशलाई आवश्यक चिकित्सक प्रदेशमै उत्पादन गर्ने लक्ष्य लिएको मन्त्री पाठकले जानकारी गराउनुभयो । उहाले भन्नुभयोे, ‘बाग्लुङ र गोरखामा स्वास्थ्य सम्बन्धी प्रविणता तहका पढाई सुरु गरेको र आउदा बर्ष अन्य जिल्लामा पनि विस्तार गरिदै लानेछौ।’
स्थानीय तहले आधारभूत, प्रदेशले बिषेश र संघले बिशिष्टी खालका सेवा उपलब्ध गराउनुपर्छ। मानव स्वास्थ्यप्रति तीन तहका सरकारबीच समन्वय गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री सहित सबैको टूनिङ मिलेपछि ऐतिहासिक कार्य गर्न सफल भएको दावी गर्नुभयो । ‘अस्तालको शैया मात्र बढाउने काम गरेका छैनौ, अस्पतालको भौतिक, दरबन्दी लगायत आवश्यक उपकरणमा समेत ध्यान दिएका छौं।’ मन्त्री पाठकले बताउनुभयो ।
अस्पताल आफनै खुट्टामा उभिनु पर्छ भन्ने मान्यताका साथ अघि बढेको उहाले भन्नुभयो । पन्ध्र शैयाको स्याङ्जा अस्पताललाई ५० शैयाको स्तरोन्नती गरिएको उहाले सुनाउनुभयो । स्याङ्जालाई नवौं जिल्लाका रुपमा घोषणा गरिएको र अब, मनाङ र नवलपुर घोषणा हुन बाँकी रहेको उहाको भनाई छ।
पहिलो पटक ७५ सालमा घोषणा गरिएको थियो भने दोश्रो पटकको आज । पहिलो चरणमा पालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएका हुन। त्यसपछि स्थानीय पालिकाहरु र आज जिल्लालाई घोषणा गरिएको हो ।
केही सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिनुभयो । स्याङ्जाका ११ वटा पालिकाका १६ देखि २३ महिनासम्मका २ हजार ७ सय ४६ जना सबै बालबालिकाले खोपको मात्रा पूरा गरेको जनाउदै आज घोषणा गरिएको हो ।
हरेक वर्षको फागुन चैतमा नियमित खोप घर सर्वेक्षणगरी तोकिए बमोजिमका खोप पाए÷नपाएको यकिनगरि खोप लगाउनबाट बंचित भएका बाबुनानीलाई वैशाख महिनामा खोप दिइएको प्रमुख चापागाईको भनाई छ ।
कार्यक्रममा प्रदेशका पूर्वमन्त्री एवं सांसद सीता सुन्दास, जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जिटी, स्वास्थ्य मन्त्रालयका सचिव विश्वबन्धु बगाले, भीरकोट नगरप्रमुख गोबिन्दकुमार कर्माचार्य, प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्याल, कालीगण्डकी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत परशुराम शर्मा, स्वास्थ्य अधिकृत मित्रबन्धु अर्याल लगायतले बाल मृत्युदर तथा अपांगता दर घटाई स्वस्थ्य बालबालिका बनाउन सकिनेमा जोड दिनुभयो ।
जन्मदेखि सो उमेरभित्र पोलियो, दादुरा, हेपाटाइटिस, रुवेला, झाडापखाला, टाइफाइड लगायतका रोग विरुद्धका खोप लगाउने गरिन्छ । यसैगरी, सोही कार्यक्रममा कार्यसम्पादनका आधारमा एघार वटा पालिकाका ११ वटा स्वास्थ्य संस्थाकामा कार्यरत एक÷एक जना स्वास्थ्यकर्मी सहित वालिङ नगरपालिका, अर्जुनचौपारी र कालीगण्डकी गाउँपालिकालाई सम्मान गरिएको छ ।