Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, December 13
    Trending
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    • पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
    • राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
    • पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » सातौं स्याङजा महोत्सव आउन सातादिन बाँकी, ९० प्रतिशत तयारी पुरा
    पुतलीबजार नगरपालिका

    सातौं स्याङजा महोत्सव आउन सातादिन बाँकी, ९० प्रतिशत तयारी पुरा

    Syangja SandeshBy Syangja SandeshFebruary 11, 2025Updated:February 11, 2025No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २९ माघ । सातौं स्याङ्जा महोत्सवमो तिथी नजिकिदै गर्दा स्याङ्जा सदरमुकाम रंगीचंगी बनेको छ । बजार क्षेत्रमा तुल ब्यानर सहित ध्वजा पतकाले रंगीएका छन् ।

    महोत्सव स्थलमा स्टेज तथा स्टलका समान राख्ने कार्य सुरु भैसकेका छन । खानेपानी तथा खेलमैदान ब्यवस्थापनका काम सुचारु भएका छन् । मुख्य बजारमा झिलीमिली ध्वजा पतकाले सजिएका छन् । महोत्सव आउन सातादिन बाँकी रहदा आयोजक स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघले ९० प्रतिशत तयारी पुरा भएको जनाएको छ ।

    स्थानीय उत्पादन, कला, संस्कृतिको प्रवद्र्धन, सम्बद्र्धन र बजारीकरण गर्ने उदेश्यले आयोजित स्याङ्जा महोत्सव फागुन ६ गतेदेखि १८ गतेसम्म संचालन गरिने भएको हो । महोत्सवको अन्तिम तयारीमा जुटेको आयोजकले ब्यस्थित तथा सुरक्षित बनाउनेगरी तयारीलाई तिब्र बनाएको छ ।

    स्याङ्जा सदरमुकाम अर्थात पुतलीबजार नगरपालिका १ स्थित मालेबगर खेलमैदान महोत्सवको मुख्यस्थल हो । प्रदेश स्तरीय कृषि, पर्यटन, अद्यौगिक व्यापार मेला २०८१ का रुपमा आयोजना गर्न लागेको महोत्सवको मुल नारा ‘स्याङ्जा महोत्सवको आधार, कृषि, पर्यटन नै आर्थिक समृद्धिको पुर्वाधार’ रहेको छ ।

    महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न आयोजकले जिल्ला स्थित जनप्रतिनिधि, राजनीतिक दलहरु, सुरक्षा निकाय, शिक्षालय, उद्योगी व्यवसायी, सामाजिक संघसंस्था लगायत सम्बन्धित निकायसंग आवश्यक परामर्श एवं सल्लाह सुझाव बमोजिमका कार्यहरु अघि बढाएको स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठले जानकारी दिनुभयो ।

    स्थानिय वस्तु तथा सेवाको बजार प्रवद्र्धन, उद्योग ब्यवसाय सहित व्यवसायीलाइ प्रोत्साहन, उत्पादक र उपभोक्ताबीचको अन्र्तक्रिया, हस्तकला व्यवसायको खोजी, कृषि सुन्तला कफि लगायतको प्रवद्र्धन गर्ने, पर्यटन प्रवद्र्धन, लोक सस्कृती संरक्षण, सूचना प्रबिधि, होम स्टे, स्थानीय खाना तथा स्थानीय उत्पादनको प्रवद्र्धन गरिने भएको छ ।

    महोत्सवमा विद्यालय स्तरिय नृत्य प्रतियोगिता, भजन चुड्का प्रतियोगिता, रत्यौली प्रतियोगिता, मम्मी डान्स प्रतियोगिता, पञ्चेबाजा प्रतियोगिता लगायतका प्रतियोगिता गरिने महासचिव रविन केसीले जानकारी दिनुभयो ।

    यसेैगरी, महोत्सवमा बाल उद्यान, औद्योगिक व्यापार मेला, सास्कृतिक कार्यक्रम तथा भेषभुषा प्रदर्शनी, कृषि मेला तथा पशुपंक्षी प्रदर्शनी, सुन्तला प्रदर्शनी, ताजा तरकारी प्रदर्शनी, अर्गानिक कफि प्रदर्शनी, माछा महोत्सव, पशुपंक्षी प्रदर्शनी तथा विक्री कक्ष, अगुवा कृषक तथा कृषी विशेषज्ञ बिचको अन्तरक्रिया कार्यक्रम, सुचना प्रविधी र शैक्षिक सामग्री प्रदर्शनी, अटोमोबाइल, पर्यटन मेला तथा फोटो प्रदर्शनी, हस्तकला प्रदर्शनी गरिने छ । महोत्सवले स्थानीय उत्पादनलाई ब्रान्डिङ्ग गर्ने, होम स्टे स्टलको व्यवस्था गरिने भएको छ ।

    महोत्सव प्रवेशका लागि १ सय रुपैंयाको टिकट दर तोकिएको छ । परिचयपत्रको आधारमा विद्यार्थीलाई ५० प्रतिशत छुट र अपांग तथा ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । अशक्त र अपांगमैत्री संरचना निर्माण गरिने भएको छ ।

    महोत्सव टिकट आम्दानीको ५ प्रतिशत संस्थाको सामाजिक उत्तरदायित्व वहन अन्तर्गत विभिन्न सामाजिक कार्यमा खर्च गरिने संघले जनाएको छ । महोत्सवबाट बचत रकमबाट महिला उद्यमी विकास कोष, विपद् राहत कोष, व्यवसायीक राहत कोष स्थापना गर्ने लक्ष्य लिइएको छ । महोत्सव मार्फत ८ करोड सम्मको व्यापारीक कारोबार र ३ लाख ५० हजार दर्शक भित्र्याउने लक्ष्य लिएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025

    छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

    December 10, 2025

    भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन

    December 10, 2025

    लत्रेपिपल बहुउद्देश्यिय सहकारीको अध्यक्षमा कुबँर

    December 9, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.