स्याङ्जा १ मंसिुर । पुतलीबजार नगरपालिकाले आर्थिक वर्ष २०८२।०८३ को प्रथम चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
सामुदायिक रेडियो स्याङजा एफ एम तथा स्याङजा टेलिभिजनको सहजिकरण तथा व्यवस्थापनमा पालिकाले चौमासिक अवधिमा भएका विकास निर्माण, सार्वजनिक सेवा प्रवाह, योजनाका विषयमा पुतलीबजार नगरपालिका ८ बहाकोट क्रान्तिचौतारीमा सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो ।
कार्यक्रममा पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मीले सेवा प्रवाहमा कुनै कर्मचारीले सेवा प्रवाहमा आलटाल गर, दुःख दिएमा पालिकामा खबर गर्न अनुरोध गर्दै तत्कालै उहाँले सम्बन्धीत कर्मचारीलाई कारबाही गर्ने बताउनुभएको छ । सहभागीका प्रश्नको जवाफ दिदै उहाँलेनै पालिकालाई राम्रो तथा रचनात्मक बनाउन मेयर एक्लैले नसक्ने बताउदै सम्बन्धीत सबैले सहयोग गर्नुभपर्नेमा जोड दिनुभयो ।
नगरप्रमुख रेग्मीले विकास निर्माणका कामहरु, शिक्षा तथा स्वास्थ्यमा, रोजगारी र सेवा प्रभाहमा सुझाव अनुसार सुधार गर्दै लैजाने बताउनुभयो । प्रमुख रेग्मीले नगरमा सडकबत्ति सम्बन्धमा टेन्डरको काम सकिएकालेछिटैनै व्यवस्थापन गरिनेबताउँदै सडकको स्तरोन्नती र बहाकोट स्वास्थ्य चौकी निर्माणको कार्य यसै बर्ष सम्पन्न गर्ने बताउँनुभयो।
प्रमुख प्रशासकीय अधिकृत धर्मदत्त ढुंगानाले नगरपालिका कार्यालयले गरेका प्रगतीहरु उल्लेख गर्नुभएको थियो । उहाँले पहिले भन्दा विकास निर्माणमा सुधार आएको जानकारी गराउनुभयो । प्रगतिनगर बहाकोटको बाटो डिपीआर अनुसार गुणस्तरीय रुपमा सम्पन्न भएको बताउँदै बर्खामा भत्कीएका स्थानमा छिटै नै मर्मत हुने जानकारी दिनुभयो।
नेपाली कांग्रेस पुतलीबजार नगरपालिकाका नगर सभापति सुरजकुमार अधिकारी र नेकपा एमालेका प्रतिनिधी राधाकृष्ण शर्माले पुतलीबजार नगरपालिकाकाले समयानुसार प्रगति गरेको बताउँदै नागरिको माग र आवश्यकताका आधारमा सुधार गर्दै जानुपर्नेमा सुझाव र आवश्यकतानुसार राजनीतिक दलको सहयोग हुने विश्वास दिलाउनुभयो।
कार्यक्रममा स्थानीय गौतम सिंह ठकुरी, प्रेमबहादुर खाणँ, रामचन्द्र पोख्रेल, जवानसिंह गुरुङ, भुवन शाही, रनमाया थापा, जिवन शाही, सुभि थापा, टेककुमारी नेपाली, आइ बहादुर गुरुङ, खुमबहादुर दर्जी, थमकुमारी राना र धीरज ठकुरी लगायतलेसडकको स्तरोन्नती, विद्युत, खानेपानी, कृषिमा अनुदान, कैलाश गुफाको बाटो र प्रवद्र्धन, योजना निर्माणमा जनसहभागिता लगायतका विषयमा जिज्ञासा तथा सुझावहरु राख्नुभएको थियो ।
नगरपालिकाका प्रशासन शाखा प्रमुख धनप्रसाद कोइरालाले उद्देश्यमाथी प्रकाश पार्दै पालिकाको सेवा प्रवाह र योजना शाखा प्रमुख डोलराज ढकालले चौमासिक प्रगति प्रतिवेदन प्रस्तुती गर्नुभएको थियो।
पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन रेडियो स्याङ्जा तथा स्याङ्जा टेलिभिजनका प्रमुख व्यबस्थापक रमेश गोदारले गर्नुभएको थियो भने स्वागत एवं धन्यबाद मन्तव्य वडा अध्यक्ष इमबहादुर सेनले राख्नुभएको थियो ।
