स्याङ्जा २९ कार्तिक । फोटोग्राफर मंच गण्डकी प्रदेशको भेला एवं बैठक फेदिखोला गाउँपालिका १ स्थित अएरपानी होमस्टेमा सम्पन्न भएको छ ।
फोटोग्राफर संघ गण्डकी प्रदेशकोे आयोजना तथा फोटोग्राफर मञ्चको स्याङ्जाको समन्वयमा नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना आदानप्रदान सहित पूर्ण बैठक र अन्र्तक्रिया गरिएको हो ।
स्याङजाको फेदिखोला गाउँपालिका १ स्थित अएरपानी होम स्टेमा भएको शुक्रवार र शनिवार सम्पन्न ती कार्यक्रममा गण्डकी प्रदेशका ११ जिल्लामा व्यावसायिक रूपमा क्रियाशील फोटोग्राफरहरूको सहभागिता थियो ।
फोटोग्राफी तथा भिडियो ग्राफी क्षेत्रमा देखिएका आधुनिक चुनौती, अवसर र पेशागत दायित्वबारे अन्र्तक्रिया एवं छलफल भएको थियो । बदलिँदो प्रविधि, बजार प्रतिस्पर्धा, पेशागत मानक र गुणस्तर कायम राख्ने विषयहरूमा सहभागीबीच गहन विचार–विमर्श भएको कार्यक्रमले पेशागत विकासको दृष्टिले अत्यन्तै महत्वपूर्ण रहेको सहभागी फोटोग्राफरहरुले जनाएका छन् ।
योसंगै स्याङजा फोटोग्राफर मञ्चको हिमाल न्यौपानेको नेतृत्वमा बनेको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना सहित सम्मान तथा माया–चिनो प्रदान गरिएको थियो । नयाँ नेतृत्वबाट स्थानीय तथा प्रदेशस्तरमा फोटोग्राफी पेशाको समृद्धि, एकता र व्यावसायिक क्षमता अभिवृद्धिमा टेवा पु¥याउने अपेक्षा गरिएको छ ।
गण्डकी प्रदेशभरि क्रियाशील फोटोग्राफरहरूलाई एउटै मञ्चमा ल्याइ विचार, अनुभव र चुनौती साझा गराउने यो कार्यक्रम आगामी दिनमा अझ सशक्त र प्रभावकारी बन्ने विश्वास राखिएको छ ।
फोटोग्राफर संघ गण्डकी प्रदेश अध्यक्ष नारायणबहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन संघका महासचिव प्रेमप्रसाद पराजुुलीले गरेका थिए ।
