स्याङ्जा ५ माघ । नेवाः देय दबु स्याङजाका सातौ अधिवेशनले हिक्मत श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत जिल्ला कार्य समिति चयन भएको छ । समितिको वरिष्ट उपाध्यक्षमा संघ ताम्राकार, उपाध्यक्ष (महिला) मा लक्ष्मी प्रधान, सचिवमा बिष्णुकुमार श्रेष्ठ, कोषाध्यक्षमा लक्ष्मण प्रधान र सदस्यहरुमा दिया श्रेष्ठ, सुरज श्रेष्ठ र राजेन्द्र श्रेष्ठ निर्वाचित हुनु भएको हो । पाँच सदस्य पछि थप गरिने बताइएको छ ।
अधिवेशनको उदघाटन गर्दै पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले बिभिन्न जातजाती र सम्प्रदायबीचको सहकार्य र एकताले नै विकास र समृद्धि संभव हुने बताउनुभयो । नेवार समुदायको जातीय कला, संस्कृति र पहिचानको संरक्षणका लागि नगरपालिकाको सहयोग रहने बताउनुभयोे ।
कार्यक्रममा नेवा देय दवु को परिषद सदस्य देबेन्द्र कुमार श्रेष्ठ र कृष्णबहादुर प्रधान, अमृतप्रसाद श्रेष्ठ, अनन्तकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
नेवा देय दवुका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव महादेव श्रेष्ठले संचालन गर्नुभएको थियो ।