स्याङ्जा, ३० कातिक । पुतलीबजार नगरपालिका १ स्थित नवज्योति कृषि सहकारी संस्था लिममिटेडको अधिवेशनले भूमिजंग केसीको अध्यक्षतामा ७ सदस्यीय संचालक समिति चयन गरेको छ ।
समितिको उपाध्यक्ष सावित्री खत्री क्षत्री, सचिवमा राधाकृष्ण शर्मा, कोषाध्यक्षमा दया बहादुर के.सी. र सदस्यहरुमा बाबुराम शर्मा, ज्योति राना मगर, यामकुमारी आले निर्वाचित हुनु भएको छ ।
यसैगरी लेखा समितिको संयोजकमा जितप्रसाद अर्याल निर्वाचित भएका छन भने सदस्यहरुमा हुमनाथ अर्याल र रेनुका खडका तिवारी रहेको निर्वाचन अधिकृत गुरुप्रसाद ढकालले जानकारी दिनुभयो ।
