Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, October 16
    Trending
    • ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’
    • कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन
    • बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » बिबिध कार्यक्रमसंगै मनाइयो पुतलीबजारमा राष्ट्रिय मगर एकता दिवस
    पुतलीबजार नगरपालिका

    बिबिध कार्यक्रमसंगै मनाइयो पुतलीबजारमा राष्ट्रिय मगर एकता दिवस

    Syangja SandeshBy Syangja SandeshFebruary 28, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १५ फागुन । फागुन १५ गते बिहीवार स्याङ्जामा ४३ औं राष्ट्रिय मगर एकता दिवस मनाइएको छ । पुतलीबजार नगरपालिकामा मगर समुदायले धुमधामका साथ दिवस मनाएका हुन ।

    राष्ट्रिय मगर संघ स्थापना दिवसको अवसरमा मगर भेषभुषा र झाँकी सहित विविध साँस्कृतिक कार्यक्रमगरी राष्ट्रिय मगर एकता दिवस मनाईएको हो ।

    नेपाल मगर संघ पुतलीबजार नगरसमितिको आयोजना र नेपाल महिला मगर संघ पुतलीबजारको सहआयोजनामा सदरमुकाम स्थित सिटि हलमा भएको शुभकामना आदानप्रदान सहितको बिबिध सांस्कृति एवं सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल जनजाती आदिवासी आयोगका सदस्य रिना राना मगरले सबै मगर समुदायलाई एकबद्ध भई आफना समुदायका हक, हित र अधिकारका पक्षमा काम गर्न सुझाव दिनुभयो ।

    गण्डकी प्रदेश सरकारले मगर भाषालाई सरकारी कामकाजको भाषाको रुपमा उपयोग गर्न लागेको सुखद पक्ष रहेको उहाँले भन्नुभयो । कला, संस्कृति, धर्म, संस्कारलाई जोगाउदै पुस्तान्तरण गर्नु पर्ने जनाउदै मगर समुदायका भाषा, कला, संस्कृतिको जगेर्ना गर्दे अघि बढ्नुमा उहाले जोड दिनुभयो ।

    उपप्रमुख देवी अर्यालले मगर दिवसको शुभकामना ब्यक्त गर्दे समुदायका लागि पुतलीबजार नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो ।

    जिल्ला समन्वय समितिका सदस्य नेमबहादुर राना, मगर संघका गण्डकी प्रदेश सचिव नारायण थापा, जिल्ला मगर संघका अध्यक्ष सागर थापा, वरिष्ट उपाध्यक्ष लक्ष्मी थापा, पुतलीबजार मगर संघका पूर्वनगर अध्यक्ष लीलबहादुर राना, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि धनकुमारी थापा, एन्फाका अध्यक्ष मुक्तबहादुर राना, विरेन्द्र नगर इकाई अध्यक्ष सुनिल आलेमगर लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    नेपाल मगर संघ पुतलीबजारका अध्यक्ष भिम रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष थमनसिंह रानाले स्वागत, बाडखोला प्रगतीनगर इकाई अध्यक्ष भरत रानाले धन्यवाद एवं सदस्य खुमबहाद्र रानाले संचालन गर्नुभएको थियो । यसैगरी, मगर समुदायबाट डाक्टर र इन्जिनियर भएका १६ जनालाई सम्मान गरिएको थियो । दिवस मनाउन सहयोग गर्ने सहयोगदाता १५ जनालाई सम्मान गरिएको थियो ।

    औपचारिक कार्यक्रमअघि मगर भेषभुषा र पञ्चेबाजा सहितको झाँकी तथा र्याली प्रस्तुत गरिएको थियो । पुतलीबजार नगरपालिका १ शिक्षाचोक प्रगतीनगरदेखी सुरु भएको र्याली प्रगतीनगर घुम्ति, बैकरोड, शहिदचोक हुदै स्याङ्जा सिटी हलमा आएर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।

    राष्ट्रिय मगर एकता दिवस मनाउनका लागि स्याङ्जाका ११ पालिका मध्ये ८ वटा स्थानीय पालिकाले सार्वजनिक बिदा समेत दिएका थिए । यसैगरी, बिभिन्न स्थानीय पालिकामा समेत बिबिध कार्यक्रमगरी मगर एकता दिवस मनाइएका छन ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.