स्याङ्जा, ३० कातिक । मानव अधिकार तथा शान्ति समाज स्याङ्जाका पूर्व जिल्ला सभापति, पूर्व केन्द्रिय सदस्य एवं क्याम्पस प्रमुख भरतप्रसाद लम्सालले असहज र कठिन समयका बेला मानवअधिकारकर्मीका भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ ।
स्याङ्जा सदरमुकाम स्थित मानव अधिकार तथा शान्ति समाज स्याङ्जाको २१ ओं जिल्ला साधारणसभा तथा अधिवेशनको आइतवार उदघाटन गर्दै मानवअधिकार हनन्, हिंसा र उल्लंघनका बेला अधिकारकर्मीका दायित्व र जिम्मेवारी बढ्ने उहाले बताउनुभयो । राजनैतिक तथा सामाजिक अधिकार प्राप्तिका लागि गरिएका आन्दोलन हुन वा मागका बारेमा पनि समाजले आवाज उठाउदै आएको जानकारी गराउनुभयो ।
समाजले मानव अधिकारका क्षेत्रमा मात्र नभई अन्य बिबिध सामाजिक क्षेत्रमा पनि सहयोग गर्दे आएको जानकारी गराउदै आउँदा दिनहरुमा पनि शैक्षिक, वातावरणीय, सामाजिक क्षेत्रमा आवश्यक सहयोग र सहकार्य गर्दै अघि बढ्ने बताए ।
कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका पूर्व केन्द्रिय वरिष्ठ उपसभापति एवं केन्द्रिय अनुशासन समितिका सभापति कृष्णबहादुर रावल, गण्डकी प्रदेश सचिव एवं केन्द्रिय पर्यवेक्षक तिर्थराज न्यौपानेले समाजका काम, कर्तब्य र जिम्मेवारीका बारेमा जानकारी गराउृनुभयो ।
यसैगरी, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठ, मानव अधिकार तथा शान्ति समाज पाल्पाका पूर्वसभापति जगन्नाथ अर्याल, कास्की जिल्ला सचिव मmलकप्रसाद तिवारी, स्याङ्जा माविका प्रधानाध्यापक लेखनाथ रेग्मी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभयोे ।
मानव अधिकार तथा शान्ति समाज स्याङ्जाका सभापति हरिप्रसाद रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपसभापति भवानी अधिकारीले स्वागत र सचिव गंगादेवी पोखरेलले संचालन गर्नुभएको थियो ।
यसैबीच, अधिवेशनले भवानी अधिकारीको सभापतित्वमा ११ सदस्यीय कार्य समिति सर्वसम्मत निर्वाचित गरेको छ । समितिको उप—सभापतिमा शान्ति ढकाल अर्याल, सचिवमा गंगादेवी पोखरेल, सह—सचिव देवी पौडेल र कोषाध्यक्षमा सुर्दशन रेग्मी निर्वाचित भएका हुन ।
यसैगरी, सदस्यहरुमा संगीता नेपाली, रामप्रसाद लम्साल, बिपिन्द्रमान श्रेष्ठ, रबिन के.सी, शाह खालिद मिया र कुलानन्द लम्साल निर्वाचित भएको निर्वाचन अधिकृत प्रकाश डोटेलले जानकारी ििदनुभयो ।
