वालिङ १ माघ । गरिमा विकास बैंक लिमिटेडको अध्यक्षमा दिलिपप्रताप खाँण निर्वाचित हुनुभएको छ । सोमबार पोखरामा सम्पन्न बैकको १८ औं साधारणसभाबाट खाँणको अध्यक्षतामा संचालक समिति सर्वसम्मत निर्वाचित भएको हो ।
अन्य सञ्चालकमा श्यामप्रसाद बस्याल, दीपेन्द्र श्रेष्ठ, बिमल पाण्डे, शोभाकान्त ढकाल र आयुष्मा कोईराला रहनुभएको छ । खाँणले यसअघि पनि गरिमा विकास बैंकको अध्यक्ष रहेर कार्य सम्पादन गरिसक्नुभएको छ ।
गरिमा विकास बैंकको अध्यक्ष हुँदाका बखत नै २०७४ सालमा वालिङ नगरपालिकाको प्रमुखमा बिजयी हुनुभएसँगै अध्यक्षबाट राजीनामा दिनुभएको थियो । स्याङ्जाबाट सुरुवात गरेको बैंक मुलुककै नमूना बैंकका रुपमा पहिचान बनाउन सफल छ ।