स्याङ्जा ७ कात्तिक । विश्व लगानीकर्ता सप्ताहको सन्दर्भ पारेर स्याङ्जा लगानीकर्ता शिक्षा तथा सेचतना अभिबृद्धि कार्यक्रम गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको सहजीकरण, नेपाल धितोपत्र बोर्डको समन्वय तथा स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाको आयोजनामा बुधवार स्याङ्जा बजारमा पँुजीबजार, लगानीकर्ता शिक्षा तथा सेचतना अभिबृद्धि कार्यक्रम गरिएको हो ।
कार्यक्रमको उदघाटन गर्दै उद्योग वाणिज्य संघ गण्डकी प्रदेश कोषाध्यक्ष नवराज सुवेदीले अहिले बैंकमा रकम थुप्रिएको अवस्था रहेकाले पुँजी परिचालनगरी ब्यवसाय बढाउनु पर्ने वातावरण बनाउने काम राज्यले गर्नु पर्ने बताउनुभयो ।
शेयर परिचालनगरी मुलुकका बिकास निर्माण गर्न सकिने उहाले जनाउनुभयो । अन्य मु्लुकमा झैं उनले नेपालमा पनि सडक, टनेल मार्ग, पुल लगायतका विकास निर्माणसंगै उद्योग ब्यवसायमा लगानी गर्न निजी क्षेत्रले पहल गर्नु पर्नेमा जोड दिनुभयो ।
काम गर्दा आइपर्ने बिबिध समस्या समाधान गर्दै नेपालमै स्वरोजगार र समृद्धीको अवसरका लागि लगानी गर्न अव ढिलाइ गर्न नहुने उहाको भनाई छन ।
कार्यक्रममा नेपाल धितो बोर्डका उप कार्यकारी निर्देशक तेजप्रसाद देवकोटा, गैसस महासंघका अध्यक्ष गोबिन्द शर्मा लगायतले शुभकामना मन्तब्य सहित आ आफना धारणा ब्यक्त गर्नुभएको थियो ।
उद्योग वाणिज्य संघ स्याङ्जाका प्रथम उपाध्यक्ष शा खालिद मियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव रामप्रसाद लम्सालले स्वागत एवं महासचिव रविन केसीले संचालन गर्नुभएको थियो ।
सोही कार्यक्रममा नेपाल धितो बोर्डका उपकार्यकारी निर्देशक तेजप्रसाद देवकोटा र निर्देशक द्धय रन्जना थकुलवाट र नमूना जोशीले लगानीको अवस्था, शेयरबजार, धितोपत्र, नेप्से, लगानी, अर्थतन्त्र लगायतका बारेमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
लगानी सप्ताह कार्यक्रम अनुरुप माध्यमिक तथा उच्चमाध्यमिक बिद्यालयमा अध्ययरत बिद्यार्थीबीच सचेतना सहित बिबिध कार्यक्रम सहित प्रतियोगिता, बैंक तथा बित्तिय संस्थाबीच अन्र्तक्रिया, उद्योग ब्यवसायीबीच लगानीमैत्री वातावरण सम्बन्धी सचेतना कार्यक्रम गर्दै स्याङ्जा लगायत केही जिल्लामा सचेतना अभियान लिएर जाने कार्यक्रम रहेको उपकार्यकारी निर्देशक देवकोटाले जानकारी दिनुभयो ।
कार्यक्रममा उद्योग ब्यवसायी, विकास बैंकहरुका प्रमुख तथा कर्मचारी, स्थानीयबासी, युवा तथा महिला सहितको सहभागिता थियो ।