स्याङ्जा २१ बैशाख । नेपाल पत्रकार महासंघ स्याङ्जाका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा सम्मानित हुनु भएको छ । नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनका अवसरमा शुक्रवार काठमाण्डौंमा आयोजित कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानीका रुपमा शर्मालाई सम्मान गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उहाँलाई सम्मान गर्नुभएको हो । चार दशकभन्दा बढीदेखि स्याङ्जा जिल्लालाई कर्मथलो बनाएर पत्रकारिता गर्दे आउनु भएका शर्मासंग विस २०३७ सालदेखि नवज्योती हुदै राष्ट्रपुकार, देशान्तर हुदै कान्तिपुर, गोरखापत्र, नेपाल टेलिभिजन लगायका बिभिन्न राष्ट्रिय दैनिक पत्रपत्रिकामा काम गरिसक्नु भएको अनुभव छ । यसअघि पनि दर्जनौं पुरस्कार र सम्मानबाट सम्मानित भैसक्नु भएका शर्मा हाल स्याङ्जा सन्देश साप्ताहिक पत्रिकाका र स्याङ्जा सन्देश अनलाईनका…
Author: Syangja Sandesh
स्याङ्जा १९ बैशाख । घर भवन निर्माण मजदूर समिति पुतलीबजारले १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस बिबिध कार्यक्रम सहित मनाएको छ । बाजागाजा सहित पुतलीबजारका बजार क्षेत्र परिक्रमा गर्दे पुतलीबजार नगरपालिका ३ मजुवा स्थित गुरुङ समाजको भवनमा कार्यक्रम गरेको हो । कार्यक्रमको उदघाटन गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले मजदूर तथा श्रमजीवी वर्गको एकताको लागि हरेक वर्ष आजकै दिन श्रमिक दिवस मनाइने बताउनुभयो । कृषिलाई श्रम र शिक्षालाई उत्पादनसँग जोड्दै श्रमिक मजदुरका अधिकार र अवसर सुनिश्चित गर्न साझा संकल्पका साथ अघि बढ्नु पर्नेमा जोड दिनुभयो । हरेक राजनीतिक परिवर्तन तथा नेपाली समाजको परिवर्तनका निमित्त श्रमिक मजदुर वर्गको योगदान एवं बलिदान रहेको जनाउदै श्रमिक…
स्याङ्जा १९ बैशाख । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई सुन्तला सुपरजोन संचालन समन्वय समिति, स्याङ्जाको चौथो अधिवेशन बुधवारदेखि स्याङ्जा सदरमुकाममा सुरु भएको छ । अधिवेशनको उदघाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद घर्तिले माटो सुहाउदो उत्पादन गरेमा रोजगारकै निम्ति बिदेशीनु नपर्ने बताउनुभयो । स्याङ्जाको माटोमा सुन्तला उत्पादन अत्यन्तै राम्रो हुने उहाको भनाई छ । बर्षेनी स्याङ्जाले सुन्तलाबाटै लाखौं रुपैंया आर्जन गर्न सफल भएको जनाउदै राष्ट्रिय फलका रुपमा सुन्तलालाई घोषणा गरिनु पनि स्याङ्जाबासीको गौरबका कुरा भएको बताउनुभयो । कार्यक्रममा उपप्रमुख खडगराज सुवेदी, पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मी, विरुवा गाउँपालिकाका अध्यक्ष सूर्य कुँवर, सुन्तला सुपरजोन परियोजना कार्यान्वयन इकार्य कार्यालय प्रमुख…
स्याङ्जा १७ बैशाख । पुतलीबजार नगरपालिका वडा नं. १३ स्थित रानीथुम्का टोल विकास संस्थाले महिलालाई मादल बजाउने तालिम दिएको छ । टोल विकास संस्थाको आयोजना र आर्थिक सहयोगमा १० दिने मादल बजाउने तालिम हिजोदखि सुरु भएको हो । तालिमको उदघाटन गर्दे वडा नं. १३ का महिला संजालका संयोजक एवं नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका उपसभापति लक्ष्मी थापाले उदघाटन गर्दै महिलाका लागि यस्ता सीपमूलक तालिम आवश्यक रहेको बताउनुभयो । बिभिन्न सांस्कृतिक कार्यक्रममा मादल बजाउनका लागि अरु ब्यक्ति खोज्नु पर्ने वाध्यता रहेकोमा तालिमपछि सो समस्या हटेर जाने उहाको भनाई छ । टोल विकास संस्थाले नमूना कार्य गरेको जनाउनुभयो । कार्यक्रममा टोल विकास…
स्याङ्जा १७ बैशाख । धारिलो हतियार (चक्कु) प्रहारबाट २० बर्षे युवाको मृत्यु भएको छ । आइतवार राती करिब १० बजे ३५ बर्षिय निमबहादुर घर्तीमगरले चक्कु प्रहार गरेपछि घाईते भएका ती युवाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दाङ् जिल्लामा घर भई हाल वालिङ् नगरपालिका १३ बायाँटारी स्थित एक घरमा डेरागरी बस्ने आयुष चौधरीको चक्कु प्रहारबाट मृत्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । प्रहार गर्ने घर्तिमगर र मृतक चौधरी दुबै जना दाङ जिल्ला राप्ती गाउँपालिका ३ कै रहेको बताइएको छ । चक्कु प्रहारबाट घाईते भएका आयुषलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा पुरयाइएको थियो । चालक…
स्याङ्जा १६ बैशाख । गोरखा स्मारक ट्रष्टले फेदिखोला गाउपालिका १ साल्मेडाडामा पत्रकार सम्मेलन गरेको छ । पत्रकार सम्मेलनमा निर्माणाधीन गोरखा स्मारकका बारेमा हिजो पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । प्रथम तथा द्धितिय विश्वयुद्धमा ज्यान गुमाएका ६० हजार नेपालीको स्मृतिमा स्थापित स्मारक पार्कको काम अन्तिम चरणमा पुगेको महासचिव डा. चन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो । उहाका अनुसार स्मारक पार्कमा गोरखा समाधी, टावर, जातीय संग्राहलय, छुकछुके रेल लगायतका संरचना तयार पारिने र यस स्थललाई पर्यटकीय नगरीका रुपमा विकसित गरिने छ । निर्माणका लागि संघीय तथा प्रादेशिक सरकार लगायत बिभिन्न ब्यक्तिहरुबाट सहयोग प्राप्त भएको वताइएको छ । सोही कार्यक्रममा पोखरा महानगरपालिकाका पूर्वउपप्रमुख एवं…
स्याङ्जा १६ बैशाख । पुतलीबजार नगरपालिकाका मुख्य बजार क्षेत्रलाई सुरक्षित एवं ब्यवस्थित बनाउने उदेश्यले सरोकारवालाबीच छलफल गरिएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वय नगरपालिका र स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका पदाधिकारी लगायतका उद्योग ब्यवसायीबीच छलफल भएकोे हो । छलफलले बिहान ९ बजेदेखि ११ वजेसम्मको पिक आवरमा बजार क्षेत्रमा ब्यापारिक सामान लोड तथा अनलोड नगर्ने, पसलेले आफना पिढीसम्म उपयोग गर्न पाउने, तोकिएका निश्चित क्षेत्रमा पाकिङ गर्नु पर्ने, दोहोरो पार्किङ् गर्न नपाईने, सडकसम्म छुनेगरी राखिएका होडिङ बोर्ड हटाउनु पर्ने, आफना ब्यापारिक सामानले अरुलाई असर पार्नेगरी नराख्ने, फुटपाथमा पसल राख्न नपाइने, पोके तथा घुमन्ते ब्यापारमा रोक लगाउने, टेम्पु लगायतका सवारी यात्रु भाडादरमा एकरुपता…
स्याङ्जा १६ बैशाख । गल्याङ् नगरपालिकामा स्थापित बुटवल पावर कम्पनी (वीपीसी) ले बिद्युत महसुल बढाउने जानकारी गराउदै स्याङुजा सदरमुकाम सहितको पुतलीबजार नगरपालिकामा शनिवार सार्वजनिक सुनुवाई गरेको छ । बिद्युत नियमन आयोगको आयोजना बुटवल पार कम्पनी लिमिटेडद्धारा वितरित आधीखोला जलबिद्युत आयोजनाबाट उत्पादित बिद्युत बिक्रीमा हाल कायम रहेको मूल्यमा ७५ प्रतिशत बृद्धि गर्नेगरी प्रस्ताव गरेको छ । सोही प्रस्ताव बमोजिम मूल्य समायोजनका प्रक्रिया मिलाउनुका साथै उपभोक्तालाई जानकारी गराउने उदेश्यले सार्वजनिक सुनुवाई गरिएकोे कम्पनीले जनाएको छ । कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका पूर्वमन्त्री एवं सांसद सरस्वती तिवारीले विपिसी उपलब्ध गराउदै आएको बिद्युत्तीय गुणस्तरमा ध्यान दिनुपर्ने बताउनुभयो । न्यून भोल्टका कारण धेरै बिद्युत्तीय उपकरण प्रयोग…
स्याङ्जा ८ बैशाख । सुस्त मनस्थिति बौद्धिक अपांगता अभिभावक संघ स्याङ्जाको आयोजना तथा सामाजिक विकास कार्यालय स्याङ्जाको सहयोगमा बौद्धिक अपांगता भएका ब्यक्तिहरुका अभिभावकहरुका लागि २ दिने स्याहार तालिम दिइएको छ । तालिमको समापन गर्दै पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले अपांगताका लागि बनेका कानूनको कार्यान्वयनका लागि संघिय र प्रादेशिक सरकारले आवश्यकता अनुरुप बजेट बिनियोजनमा ध्यान दिनुपर्ने बताउनुभयो । सिमित स्रोत र साधनका बाबजूद पनि पुतलीबजार नगरपालिकाले अपांगता स्याहार गर्ने ब्यक्तिलाई मासिक एक हजार रुपैंया र ग बर्षका अपांगता भएका ब्यक्तिको निशुल्क स्वास्थ्य विमा सेवा उपलब्ध गराएको उहाले जानकारी गराउनुभयो । प्रमुख रेग्मीका अनुसार, ‘संघिय सरकारले क र ख बर्गका अपांगता भएका…
स्याङ्जा ८ बैशाख । लागु औषधसहित स्याङ्जाका २ युवालाई प्रहरीले पक्राउ गरेको छ। शंकास्पद अवस्थामा पुतलीबजार नगरपालिका – ११ सुम्रेखोलामा भेटिएका उनीहरुलाई चेकजाँच गर्दा लागु औषधसहित भेटिएको प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो । भीरकोट नगरपालिका –३ का ३२ वर्षीय अनिल क्षेत्री र २२ वर्षीय शिव दर्जीलाई पक्राउ गरिएको रानाले बताए। उनीहरुका साथबाट नुर्फिन १४ एम्पुल ,फेनरागन १२ एम्पुल , डाईजेपाम १३ एम्पुलगरी ३९ एम्पुल भेटिएको छ। दुबै जनालाई अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको बताइएको छ।
स्याङ्जा ७ बैशाख । आगलागी निभाउने क्रममा जलेर स्याङ्जामा बृद्ध महिलाको घटनास्थलमै ज्यान गएको छ । विरुवा गाउँपालिका ७ कुमेरदुङ निवासी ७४ बर्षिया रेउसरी गुरुङको आगलागीका कारण बिहीवार दिउसो जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । कोदोको बीउ राख्नका लागि बारिमा सुकेका झारपात, पतिङ्गर जलाउने क्रममा आगो सल्केर जंगलसम्मपुगेपछि सोही आगो निभाउने क्रममा जलेर उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो । घटनाका बारेमा अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
स्याङ्ना ६ बैशाख । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाले नया बर्षको शुभकामना सहित भित्ते पात्रो बिमोचन गरेको छ । पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले भित्तेपात्रोको बिमोचन गर्नु भएको हो । पात्रो बिमोचन गर्दै नगरप्रमुख रेग्मीले नया बर्ष २०८१ को शुभकामना ब्यक्त गर्दे नगरभित्रका ब्यापारी ब्यवसायीबीच सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो । उहाले राउण्ड टेवलमा बसेर ब्यवसायी र पालिकाबीच छलफल गरि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । ब्यापार ब्यवसाय प्रवद्र्धन गर्न ब्यवसायमैत्री योजना बनाउने र नगर प्रमुख ब्यवसायीका पक्षमा रहेको बताउनुभयो । कार्यक्रममा उपप्रमुख देवी अर्याल, प्रहरी उपरीक्षक शालिकराम शर्मा, उद्योग वािणज्य संघका पूर्व केन्द्रिय सदस्य एवं स्याङ्जाका पूर्व अध्यक्ष…
स्याङ्ना ६ बैशाख । नेपाल बिद्यार्थी संघको ५५ औं स्थापना दिवस हिजो बिबिध कार्यक्रम गरि स्याङ्जामा मनाइएको छ ।शैक्षिक गुणस्तर बृद्धिका लागि भन्दै नेविसंघले पुतलीबजार नगरपालिकाका नगरप्रमुख तुलसीराम रेग्मीलाई ज्ञापनपत्र बुझाएको छ । संघका केन्द्रिय सदस्य सुनिल चापागाईं र सुभाष पौडेल, जिल्ला अध्यक्ष गौरब प्रधान, त्रिभुवन बहुमुखी क्याम्पस इकाई अध्यक्ष सुधिर श्रेष्ठ सहितको टोलीले १७ बुँदे माग सहितको ज्ञापनपत्र नगरप्रमुख रेग्मीलाई बुझाएका हुन । संघका केन्द्रिय सदस्य चापागाईद्धारा हस्ताक्षरित सो ज्ञापनपत्रमा संबिधान प्रदक्त अधिकार माध्यमिक तहसम्मको शिक्षा निशुल्क हुनुपर्ने (बिभिन्न बहानामा भर्ना, परिक्षा, मासिक, पाठ्यपुस्तक, प्रमाणपत्रका नाउमा शुल्क लिन नपाईने), स्थानीय तहको कुल बजेटको २० प्रतिशत रकम शिक्षामा बिनियोजन गर्नुपर्ने,…
स्याङ्जा २ बैशाख । भीरकोटमा एकदिने निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । भीरकोट नगरपालिकाको आयोजना तथा मनमोहन मेमोरियल मेडिकल एण्ड टिचिङ हस्पिटलको प्राबिधिक सहयोगमा भीरकोट नगर अस्पतालमा शुक्रबार एकदिने निल्शुल्क स्वास्थ्य शिविर गरिएको हो । शिविरको शुभारम्भ गर्दै गण्डकी प्रदेशका पूर्व शिक्षा तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले नगरपालिकाले नगरबासीप्रति देखाएको स्वास्थ्यको चासो प्रशंसनीय भएको जनाउदै समय समयमा यस्ता कार्य गर्नुपर्नेमा जोड दिनुभयो । जिल्लाको मध्य भागमा स्थापित अस्पतालको गुणस्तरीयता बृद्धिका लागि संघ र प्रदेश सरकारले लगानी गर्न आवश्यक रहेको बताउदै पूर्वमन्त्री समेत रहेका श्रेष्ठले आफुले पनि यसका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो । अस्पतालका बिशेषज्ञ सहितको थप चिकित्सक ल्याउने…
स्याङ्जा २ बैशाख । गल्याङ् नगरपालिका ११ कोट स्थित आलमदेवी मन्दिरमा एकैदिन १४ लाख ४४ हजार ६६४ रूपैयाँ भेटी संकलन भएको छ । गएको शनिवार भएको २४ घण्टे अखण्ड हरेराम संकिृतनबाट झण्डै साढे १४ लाख रुपैंया संकलन भएको र सो रकम मन्दिर निर्माणका क्षेत्रमा खर्चिने मन्दिर ब्यवस्थापन समितिका सचिव टिकाराम अधिकारीले जानकारी दिनुभयो । उहाका अनुसार, ‘झण्डै ३ सय बर्ष पहिले भारतको चित्रगढमा रहेकी ती देवी आउने क्रममा नेपालको मध्यभाग सोही स्थानमा आएर बास बसेकी र भोलिपल्ट बिहान अलप भएको भन्ने किंवदन्तीे छ। साँझ त्यही बस्छु भनेकी उनी बिहान अलप भएपछि आलोपदेवी भन्दाभन्दै अपभ्रंशभई आलमदेवी रहन गएको पुढापाकाको भनाई रहीआएको…