Author: Syangja Sandesh

स्याङ्जा ३० बैशाख । निर्माण ब्यवसायी संघ स्याङजाको १४ औं बार्षिक साधारणसभा तथा ७ औं जिल्ला अधिवेशनले अर्जुन कार्कीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । समितिको वरिष्ट उपाध्यक्षमा दिलीपकुमार बगाले, प्रथम उपाध्यक्षमा हेमन्तकुमार मल्ल, उपाध्यक्षमा हनिफ मिया, महासचिवमा बिष्ण्ुाप्रसाद पोखरेल, सचिवमा राजु अधिकारी कोषाध्यक्षमा महेशकुमार थापा निर्वाचित हुनु भएको छ । यसैगरी, सदस्यहरुमा दुर्गानारायण श्रेष्ठ, जगतप्रसाद कोइराला, कमला थापा, प्रेमनारायण डोटेल, मनोज श्रेष्ठ, भरत मल्ल, राजकुमार लामा, देवीप्रसाद रेग्मी, सुनिल चापागाई र गौरब प्रधान निर्वाचित भएको निर्वाचन समितिका संयोजक अधिवक्ता तुलसी गिरीले जानकारी दिनुभयो । अधिवेशनको उदघाटन गर्दै संघका संरक्षक एवं प्रतिनिधिसभा सदस्य राजु थापाले निर्माण…

Read More

स्याङ्जा ३० बैशाख । नेपाल शिक्षक संघकोे ३५ औं स्थापना दिवस बिबिध कार्यक्रमगरी स्याङ्जामा मनाइएको छ । शिक्षक संघ स्याङ्जाले रक्तदान, क्यालेण्डर बिमोज तथा शिक्षक सम्मान लगायतका कार्यक्रम गरी दिवस मनाएको हो । दिवसको उदघाटन गर्दे संघिय सांसद राजु थापाले सबैभन्दा उत्कृष्ठ पेशा शिक्षक रहेको बताउदै पेशाको मर्यादा कायम राख्नेगरी अघि बढ्नु पर्ने बताउनुभयो । शिक्षकले आफना पेशालाई मर्यादित बनाउन इमान्दारितापूर्वक आ आफना जिम्मेवारी वहन गर्न उहाले स्ुझाव दिनुभयो । एक असल शिक्षकले मात्र असल नागरिक उत्पादन गर्ने बताउदै सबै शिक्षकका भूमिका महत्वपूर्ण रहने बताउनुभयो । कार्यक्रममा शिक्षक संघका केन्द्रिय उपाध्यक्ष लक्ष्मीप्रसाद रेग्मी, नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति कुमार राना,…

Read More

स्याङ्जा ३० बैशाख । पुतलीबजार नगरपालिका वडा नं. १ अन्र्तगतको वडा स्तरीय महिला संजालले २ दिने उदघोषण तथा कानूनी साक्षरता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको समापन गर्दै उपप्रमुख देवी अर्यालले तालिममा सिकेका सीपलाई आजदेखि नै ब्यवहारमा लागु गर्न सुझाव दिनुभयो । विकास निर्माणसंससंगै महिलाका ब्यक्तित्व र सशक्तिकरणको आवश्यकता पर्ने बताउदै उहाले आउदो बर्षमा पनि वडा तहदेखि नगरपालिकाले यस्ता खालका प्रशिक्षण कार्यक्रम संचालन गर्ने बताउनुभयो । नगरपालिकाको सिमित स्रोत भएका पनि चाहे बमोजिमका कार्यक्रम संचालनमा कठिनाई हुने बताउदै साना खालका यस्ता कार्यक्रमो ठूलो प्रभाव रहने जनाउदै ब्यक्तित्व निर्माण संगै आयआर्जनमा जोडिन पनि सहभागीलाई आग्रह गर्नुभयो । कार्यक्रममा वडा नं.…

Read More

स्याङ्जा ३० बैशाख । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई अन्र्तगत सुन्तला सुपरजोन संचालन समन्वय समिति स्याङ्जाको शनिवार सम्पन्न मतदानबाट बोधराज अर्यालको संयोजकत्वमा ९ सदस्यीय समिति निर्वाचित भएको छ । समितिको सदस्यहरुमा तिरमाया गुरुङ, शालिग्राम अर्याल, लक्ष्मीप्रसाद बराल, हिमकला शर्मा, सुरेन्द्रप्रसाद रेग्मी, दिलबहादुर राना, हुमनाथ लामिछाने र खिमा शर्मा निर्वाचित हुनुभएको हो । वैशाख १९ गते उदघाटन भएको अधिवेशनले सहमतिको प्रयास गर्दा सफल नभएपछि प्यानलगत रुपमा निर्वाचन प्रक्रियामा गएको हो । मतदान प्रक्रियाबाट जादा बोधराज अर्याल संयोजक रहेको समितिमा गठित प्यानल नै निर्वाचित भएको छ । २७३ मत रहेको समितिमा २४३ मत खसेको थियो । खसेको मत मध्ये अर्यालको…

Read More

स्याङ्जा २९ वैशाख । पुतलीबजार नगरपालिका १ अन्र्तगतको वडास्तरीय महिला संजालले २ दिने उद्दघोषण तथा कानूनी साक्षरता प्रशिक्षण शनिवारदेखि सुरु भएको छ । कार्यक्रमको उद्दघाटन गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले संबिधानमा ब्यवस्था भएका महिलाका हक अधिकार प्राप्तिका लागि महिलाहरु नै अग्रसर हुनुपर्ने बताउनुभयो । उहाँले क्षमता बृद्धिसँगै कानूनका बारेमा साक्षर हुने अवसरको सही सदुपयोग गर्न सहभागीलाई सुझाव दिनुभयो । प्रशिक्षणलाई तालिममा मात्र सिमित नगरी ब्यवहारिक रुपमा कार्यान्वयन गर्न र अरुलाई पनि सिकाउनु पर्नेमा जोड दिनुभयो । उहाँले महिला अधिकारको सही सदुपयोगगरी अघि बढ्नु पर्ने बताउनुभयो । कार्यक्रममा उपप्रमुख देवी अर्याल, वडा नं। १ का अध्यक्ष उत्तमप्रसाद श्रेष्ठ, सदस्य बिष्णुकुमार श्रेष्ठ, प्रमुख…

Read More

स्याङ्जा २८ बैशाख । पुतलीबजार नगरपालिका वडा नं. १ अन्र्तगतको वडा स्तरीय महिला संजालले २ दिने उदघोषण तथा कानूनी साक्षरता प्रशिक्षण कार्यक्रम शुक्रवारदेखि सुरु भएको छ । कार्यक्रमको उदघाटन गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले संबिधानमा ब्यवस्था भएका महिलाका हक अधिकार प्राप्तिका लागि महिलाहरु नै अग्रसर हुनुपर्ने बताउनुभयो । उहाले क्षमता बृद्धिसंगै कानूनका बारेमा साक्षर हुने अवसरको सही सदुपयोग गर्न सहभागीलाई सुझाव दिनुभयो । प्रशिक्षणलाई तालिममा मात्र सिमित नगरी ब्यवहारिक रुपमा कार्यान्वयन गर्न र अरुलाई पनि सिकाउनु पर्नेमा जोड दिनुभयो । उहाले महिला अधिकारको सही सदुपयोगगरी अघि बढ्नु पर्ने बताउनुभयो । कार्यक्रममा उपप्रमुख देवी अर्याल, वडा नं. १ का अध्यक्ष उत्तमप्रसाद श्रेष्ठ,…

Read More

स्याङ्जा २६ बैशाख । खोलाछेउ भेटिएका नवजात शिशु जिल्ला अस्पताल स्याङ्जामा छन्। वैकल्पिक अभिभावकको खोजीमा उनलाई अस्पतालमा राखिएको हो। अस्पतालका कर्मचारीले नै अहिले उनको खानपान, रेखदेख र स्वास्थ्योपचार गरिरहेका छन्। सालनालसहित बेवारिसे अवस्थामा भेटिएकी नवजात शिशु करिब ५० दिनका हुनुभयो । चापाकोट नगरपालिका– २ पाकरी खोलानजिक चैत ७ गते वेवारिसे अवस्थामा नवजात शिशुुु भेटिनु भएको थियो । उहाको अनुहार र शरीरका केही भागमा चोटसहित कमिलाले घेरिएको, टोकेको अवस्थामा भेटिनु भएको थियो ।स्थानीय एक व्यक्तिले देखेपछि प्रहरीलाई खबर भए पश्चात नगरपालिकाको पहलमा उनलाई पोखरास्थित एक अस्पतालमा उपचारपछि स्वास्थ्यमा सुधार आएर पुनः गृह जिल्लाको स्याङ्जा अस्पतालमा ल्याइएको हो। नवजात ती शिशु दिन…

Read More

स्याङ्जा २६ बैशाख । पुतलीबजार नगरपालिका वडा नम्बर १३ मा संचालित मादल बजाउने १० दिने तालिम सकिएको छ । रानिथुम्का टोलबिकास सस्थाद्वारा आयोजिज महिलाका लागि मादल बजाउने तालिमको समापन गर्दै सोही वडा अध्यक्ष जुद्दबहादुर थापाले टोल विकास संस्थाको सक्रियतामा गरिएको तालिमको प्रभावकारिता देखिएकोे बताउनुभयो । वडा टोल समाजमा हुने जुनसुकै सांस्कृतिक कार्यक्रममा पनि मादलको ताल आवश्यक रहनेमा जोड दिदै अव मादल बजाउने ब्यक्ति सहजै पाईने बताउनुभयो । यस्ता सामाजिक कार्यका लागि वडा कार्यालयले सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा महिला संजालका अध्यक्ष एवं रेडक्रस सोसाइटी स्याङ्जाका उपसभापति लक्ष्मी थापा, टोल विकास संस्थाका संयोजक तारकबहादुर थापा, सहभागीहरु गीता अधिकारी, तोरणकुमारी शाही, तोलादेवी…

Read More

स्याङ्जा २६ बैशाख । आज वैशाख कृष्णपक्षको औंसी, मातातीर्थ औशी अर्थात आमासंग भेटघाट गर्ने र मुख हेर्ने दिन । ममताकी प्रतीक आमाको आशीर्वाद लिने र सम्मान गर्ने दिनका रुपमा वैशाख कृष्ण औंशीलाई मातातीर्थ औंशीका रुपमा मनाउने गरिन्छ । आफ्नी आमालाई तिर्थ बराबर मानेर उपहार, मिठो खानेकुरा, नयाँ कपडा आदि दिने र आशिर्वाद लिने गरिन्छ । आमाप्रति सम्मान प्रकट गर्ने मानिसहरु आमा भए ठाउँ पुग्ने गर्छन । आमाले पनि छोराछोरीलाई दीर्घायु, सुस्वास्थ्यको आशिर्वाद दिने चलन छ । आमा हुनेले घरमै मीठा चिजबिज खान एवं नयाँ कपडा लगाउन दिने चलन छ । आमा नहुनेहरु भने काठमाडौको पश्चिमी भेगमा रहेको मातातीर्थमा गई श्राद्ध,…

Read More

स्याङ्जा २५ बैशाख । दिनहुँ बढ्दै गएको दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले मंगलबारदेखि स्याङ्जामा ‘ट्राफिक सप्ताह’ शुरु गरिएको छ । सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरणका लागि भन्दै ट्राफिक सप्ताह मनाउनु सुरु गरिएको हो । जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालयको आयोजनामा सप्ताहव्यापी ट्राफिक सप्ताहव्यापी सचेतना अभियान शुरु गरिएको हो । कार्यक्रमको शुभारम्भ गर्दै पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि शुरु गरिएको अभियानले पैदलयात्रु तथा सवारी यात्रुले ट्राफिक नियम सम्बन्धी ज्ञान उपलब्ध गराउनेगरी अभियान संचालन गर्न सुझाव दिनुभयो । धेरै सवारी साधानको चापसंगै साँघुरा सडकमा सवारी साधन जथाभावी सञ्चालन गर्न नहुने जनाउदै यसलाई नियन्त्रण गर्न अभियानले सहयोग…

Read More

स्याङ्जा २५ बैशाख । वालिङका मेलमिलाप कर्ताहरुका लागि एक दिने मेलमिलापकर्ता सम्बन्धी प्रशिक्षण दिइएको छ । वालिङ नगरपालिकाको आयोजनामा आयोजित कार्यक्रमको शुभारम्भ गर्दै जिल्ला न्यायाधिश वासुदेव पौडेलले मेलमिलाप पुण्यको काम भएकाले राम्रोसँग निरुपणगरि कार्यान्वयन गर्न सुझाव दिनुभयो । न्यायाधिश पौडेलले मेलमिलापकर्ता उत्पादनले न्यायीक सेवा प्रभावकारी बन्ने विश्वास व्यक्त गर्दै अधिकांश सामान्य समस्या पालिकामै समाधान हुने बताउनुभयो । न्यायिक कार्य सुत्रवत नहुने भन्दै जिल्ला न्यायाधिश पौडेलले के कस्तो रुपमा आउँछ त्यही अनुरुप निरुपण गर्नुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा न्यायीक समिति संयोजक एवं उपप्रमुख कविता तिवारीले गतवर्ष पालिकामा भएका न्यायीक गतिबिधी बारे जानकारी गराउदै आर्थिकवर्ष २०८०÷०८१ मा जम्मा ६९ वटा मुद्दा आएको…

Read More

स्याङ्जा २५ बैशाख । वालिङ् नगरपालिका १३ थुमपोखरा स्थित प्रहरी चौकीमा सेवारत प्रहरी मनोजकुमार सिंहलाई कुटपिट गर्ने ३ जना प्रक्राउ परेका छन। कुटपिटका कारण सिंह घाईते हुनु भएको प्रहरीले जनाएको छ । उहाको उपचार पोखरा स्थित अस्पतालमा भएको थियो । प्रहरी सहायक निरीक्षक सिंहलाई बायाँटारीमा शनिबार राती वालिङ १२ कोखेका २८ वर्षीय रबिन गुरुङ, २४ वर्षीय काजी गुरुङ र २४ वषीय सुदिप गुरुङ रहेको जनाउदै पक्राउ गरेको प्रहरीले प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो । वालिङ १३ बायाँटारीस्थित झोलुङ्गे बजारमा मादक पदार्थ सेवनगरि झगडा गरेको युवालाई सम्झाई बुझाई गर्नै क्रममा उनीहरुले नै प्रहरीलाई नै कुटपिट गरेको प्रनाउ रानाको भनाई…

Read More

स्याङ्जा २४ बैशाख । आगलागीका कारण एकै वडाका १३ हजार सुन्तला र कफीका बोट जलेको छ । ६ दिनअघि खेतमा झारपात जलाउने क्रममा सल्केको आगोले स्याङ्जाको एउटै वडाका झण्डै ८ हजार सुन्तलाका बोट र ५ हजार कफीका बोट लगायतमा क्षति पुगेको छ । सुन्तला खेतीको पकेट क्षेत्रमा भएको सो वडामा आगजनीले सुन्तला, कफी लगायतका फलफूल गरी अहिले सवा करोड मूल्य बराबरको क्षति पुगेको बताइएको छ । गएको बुधवार दिउँसो लागेको आगलागीले पुतलीबजार नगरपालिका–११ स्थित करेण्डाँडा आसपासमा रहेका ४ हजार ९७७ वटा सुन्तला फल्दै गरेका र २ हजार ६७४ वटा हुर्कँदो अवस्थाका बिरुवा जलेका छन्। कफीका पनि ठूला र सानागरी ५…

Read More

स्याङ्जा २३ बैशाख । विरुवा गाउँपालिका ७ कुमेरदुङका ७४ बर्षिया रामसरी गुरुङ्को आगोमा जलेर मृत्यु भयो। यही बैशाख ६ गते दिउँसो लागेको आगो निभाउने क्रममा आगोमा जलेर घटनास्थलमै ज्यान गयो। कोदोको बीउ राख्नका लागि बारिमा सुकेका झारपात, पतिङ्गर जलाउने क्रममा आगो सल्केर जंगलसम्मपुगेपछि सोही आगो निभाउने क्रममा जलेर उहाको मृत्यु भएको प्रहरीको भनाई छ । पुतलीबजार नगरपालिका ११ करेन्डाँडामा लागेको आगलागीका कारण गीता जिटी गम्भीर घाईते हुनुभएको छ । उहाको घर, पसल लगायत घरपालुवा जनाबर समेत जलेर मरेका छन्। उनको काठमाण्डौ स्थित बर्निङ हस्पिटलमा उपचार भैरहेको छ ।आगलागीका कारण यही १९ गते करेन्डाडा आसपासका ३५ हेक्टर क्षेत्रफल जमिनमा आगजनी भएको…

Read More

स्याङ्जा २१ बैशाख । गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालय पोखराको आयोजनामा सामाजिक विकास कार्यालय, स्याङ्जाको सार्वजनिक सुनुवाई गरिएकोे छ । जियो नेट कनेक्सन पोखराको समन्वयमा भएको कार्यक्रममा सामाजिक विकास कार्यालय, स्याङ्जाद्धारा आर्थिक वर्ष २०७९÷०८० र ०८०÷०८१ मा प्रदान गरिएको सेवा प्रवाह सम्बन्धमा बारेमा जानकारी गराइएकोे छ । सुनुवाई कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद घर्तीले २०४७ सालको संबिधानले जिल्ला विकास समितिको अधिकार धेरै दिएको बताउदै २०७२ को संबिधानले धेरै खुम्च्याएको बताउनुभयो । जिल्लाभर संचालनमा रहेका कार्यक्रमका अनुगमनको अधिकार दिए पनि प्रर्याप्त बजेट नहुदाँ समन्वय समितिले उपलब्धी गर्न नसकेको उहाले बताउनुभयो । जसका कारण योजना कार्यान्वयनमा ठुलो समस्या रहेको उहाले…

Read More