स्याङ्जा, ३ मंसिर । स्याङ्जा जिल्लामा संचालित बहुवर्षिय मझौला आयोजनाको ३६ प्रतिशत वित्तीय प्रगति भएको छ । आर्थिक वर्ष २०८०÷८१ मा र पछिल्लो वर्ष सम्भौता भएका पाँच करोडसम्मका १५ वटा मझौला आयोजनाको चालु आर्थिक वर्षको पहिला चौमासिक (साउन–कात्तिक) अवधिसम्म समग्रमा ३६ प्रतिशत वित्तीय प्रगति भएको हो । जिल्लामा बहुवर्षिय मझौला आयोजनामा सडकतर्फका ९, सडक पुलअन्र्तगत एक र झोलुङ्गे पुल कार्यक्रममा पाँच वटा संचालनमा छन् । १५ आयोजनालाई विनियोजित कुल ३६ करोड ७७ लाख २४ हजार बजेटमध्ये १३ करोड २४ लाख ८६ हजार रुपैयाँ खर्च हुँदा समग्रमा हालसम्म ३६ प्रतिशत वित्तीय प्रगति भएको पूर्वाधार विकास कार्यालय स्याङ्जाले जनाएको छ । सडकतर्फका…
Author: Syangja Sandesh
स्याङजा ३ मंसिर । विश्व बालदिवसको अवसर पारेर स्याङ्जामा बालबालिकाहरुका समूह बीच पञ्चेबाजा प्रतियोगिता हुने भएको छ । उद्योग तथा पर्यटन मन्त्रालय र सामाजिक विकास, युवा तथा खेलकूद मन्त्रालय एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजनामा मंसिर ५ गते शुक्रवारका दिन (भोली) प्रतियोगिता गरिने भएको हो । प्रतियोगितामा पालिकागत बालबालिकाहरु सहभागि हुने भएका हुन् । बालबालिकाको अधिकार र बालबालिकाको आवाजलाई गायन र पञ्चेबाजाको संगित मार्फत् थप बुलन्द बनाउन र बालबालिकामा रहेको अन्तरनिहित प्रतिभा प्रस्फुटनमा गराउने उद्धेश्यले कार्यक्रम आयोजना गर्न लागिएको समाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले जानकारी दिनुभयो । संस्कृतिको संरक्षण, परम्परागत सीपको पुस्तान्तरण, हाम्रो उत्सव, विवाह र चाडपर्वको लागि पञ्चेबाजा…
स्याङ्जा ३ मंसिर । अर्जुनचौपारी गाउंपालिकाले नेपालमै पहिलो पटक ध्वनि चिकित्सा पद्धतीबाट उपचार सेवा सुरु गरेको छ । गाउँपालिकाले बुधवारदेखि बिधिबत रुपमा साउण्ड हिलिङ सेन्टरको स्थापनागरि उपचार सेवा सुरु गरेको हो । अर्जुनचौपारि गाउंपालिका १ स्थित नेपालकै पहिलो नवग्रह मन्दिर परिसरमा अमृत समयको मुहर्त पारेर गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले शुभारम्भ गर्नु भएको हो । मानिसमा ब्यस्तता बढेसंगै तनाव हुने र जसका कारण शरीरका महत्वपूर्ण ऊर्जा क्षीण भई रोगविरूद्ध लड्ने प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँदा रोगप्रति संवेदनशील बन्न पुग्ने अध्यक्ष तिवारीको भनाई छ । उहाले थप्नुभयो, ‘त्यतीबेला प्राकृतिक रुपमा निको पार्ने शक्ति र ऊर्जाको अभावमा मानिसले उर्जा गुमाउँछ । तर, यस्तो बेला…
स्याङ्जा, २ मंसिर । स्याङ्जामा गएको आर्थिक वर्ष २०८१÷०८२ मा विभिन्न जातका खाद्यान्न बालीका ६ लाख किलोग्राम भन्दा बढि बीउ उत्पादन भएको छ । जिल्लामा क्रियाशिल कृषि सहकारी, समूह र फार्मबाट धान, मकै, गहुँ, आलु सहित खाद्यान्नका ६ लाख ५३ हजार ८७३ किलोग्राम बीउ उत्पादन भएको हो । उत्पादन भएका खाद्यान्नका बीउमध्ये सबै भन्दा बढि आलुको ४ लाख ५० हजार ९ सय र धानको एक लाख १७ हजार ४३ किलोग्राम बीउ उत्पादन भएको छ । मकैको ७७ हजार ५ सय, गहुँको ७ हजार ४३० किलोग्राम र पशुलाई प्रयोग गरिने एक हजार किलो जैघाँस सहित ६ लाख ५३ हजार ८७३ किलोग्राम…
स्याङ्जा २ मंसिर । “जलिय जैविक विविधताको प्रवद्र्धन, खाद्य तथा पोषण सुरक्षामा सम्बद्र्धन” भन्ने नाराका साथ विश्व मत्स्य दिवसको अवसर पारेर आँधीखोलामा माछाका भुरा छाडिएको छ । मत्स्य विकास केन्द्र मिर्मि स्याङ्जाको सहयोग तथा भीरकोट नगरपालिकाको समन्वयमा सप्ताहब्यापी कार्यक्रम अन्र्तगत भीरकोट स्थित आँधीखोलामा सहर, असला, कत्ले, रोहु प्रजातिका माछाका भुरा छाडिएको नगरप्रमुख गोबिन्दकुमार कर्माचार्यले जानकारी दिनुभयो । आँधीखोला माछाको उत्पादन वृद्धिगरी जैविक विविधताको संरक्षणका लागि आगामि दिनमा पनि आँधीखोलामा माछामा भुरा छोडिने नगर प्रमुख कर्माचार्यको भनाई छ । आँधीखोला माछाका लागि प्रसिद्ध छ । यहाँ स्थानीय लगायतका बाम, भोटी, असला, सहर जातका माछा पाईन्छ। खानका लागि अत्यन्त स्वादिलो मानिने माछा…
स्याङ्जा २ मंसिर । वालिङ् नगरपालिकाले आधारभूत तथा माध्यमिक शिक्षा परीक्षा एसइइ मा उत्कृष्ठ नजिता ल्याउने बिद्यालय, शिक्षक र बिद्यार्थीलाई सम्मान गरेको छ । वालिङ् स्थित सिटी हलमा आयोजित कार्यक्रमको उदघाटन गर्दै नगरप्रमुख कृष्ण खाँणले वालिङ नगरपालिकाको शैक्षिक उन्नयनका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो । वालिङ्को शैक्षिक गुणस्तर बृद्धिका लागि यहाँका सरोकारवाला, अवकाश प्राप्त शिक्षक, बौद्धिक व्यक्ति, शिक्षक, प्रधानाध्यापक, बिद्यार्थी र अभिभावकसँग बसेर शिक्षाका योजना निर्माण गर्ने जनाउनुभयो ।वालिङको शैक्षिक अवस्था राम्रो रहेको जनाउदै अझ राम्रो बनाउदै शिक्षा क्षेत्रमा वालिङलाई उत्कृष्ट नगरपालिका निर्माण गर्नेगरी काम गर्नुपर्नेमा जोड दिनुभयो । सोही कार्यक्रममा उपप्रमुख कविता तिवारीले सामुदायिक विद्यालयहरूलाई अतिरिक्त कक्षा सञ्चालनको लागि…
स्याङ्जा १ मंसिर । पोखराबाट चापाकोटतर्फ जाँदै गरेका बिष्णु बिक शंकास्पद धातुका गहनासहित पक्राउ परेका छन् । चापाकोट नगरपालिका –८ दामाचौरका २९ वर्षीय विक भीरकोट नगरपालिका –२ दहथुमस्थित सिद्धार्थ राजमार्ग भैरहेको चेकिङमा बिलबिनाका गहना बोकेर हिँडिरहेका विकलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभयो । विकको साथबाट सुनजस्तो देखिने पहेँलो धातु ५ तोला ६ लाल २ पईन्ट (जन्तर १ थान, मोतीमाला ३ थान, धातुको टुक्रा ४ थान) र चाँदीजस्तो देखिने १० तोला ७३ लाल ३ पईन्ट (बाला ६ जोर) बरामद गरेको प्रहरीले जनाएको छ । उनी सवार लु २९ प ६०१२ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल समेत प्रहरीले…
स्याङ्जा १ मंसिर । जगत्रदेवी साहित्य सङ्गम गल्याङ स्याङ्जाको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्तीको सन्दर्भ पारेर “देवकोटा काव्य उत्सव तथा स्रष्टा सम्मान गरिएको छ । गल्याङ बहुमुखी क्याम्पसको सभाकक्षमा धवलागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार व्यक्तित्व काजी रोशनलाई “जगत्रदेवी साहित्य सम्मान– २०८२“ द्वारा विभूषित गरिएको छ । नेपाली भाषा साहित्यमा योगदान पु¥याएका स्याङ्जाली साहित्यकार (हाल– भुमही, नवलपरासी निवासी) डा. श्यामप्रसाद न्यौपानेलाई संस्थाका पूर्व अध्यक्ष साहित्यकार सूर्यप्रसाद डुम्रेद्वारा आफ्नी स्वर्गीय धर्मपत्नीको सम्झनामा २०८० मा स्थापना गरिएको “रेनुका डुम्रे स्मृति साहित्य पुरस्कार– २०८२“ द्वारा दोसल्ला र सम्मानपत्रद्वारा पहिलोपटक सम्मान गरिएको थियो ।हरेक दुई वर्षमा प्रदान गरिने उक्त पुरस्कारको राशि रु.…
स्याङ्जा १ मंसिुर । पुतलीबजार नगरपालिकाले आर्थिक वर्ष २०८२।०८३ को प्रथम चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सामुदायिक रेडियो स्याङजा एफ एम तथा स्याङजा टेलिभिजनको सहजिकरण तथा व्यवस्थापनमा पालिकाले चौमासिक अवधिमा भएका विकास निर्माण, सार्वजनिक सेवा प्रवाह, योजनाका विषयमा पुतलीबजार नगरपालिका ८ बहाकोट क्रान्तिचौतारीमा सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो । कार्यक्रममा पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मीले सेवा प्रवाहमा कुनै कर्मचारीले सेवा प्रवाहमा आलटाल गर, दुःख दिएमा पालिकामा खबर गर्न अनुरोध गर्दै तत्कालै उहाँले सम्बन्धीत कर्मचारीलाई कारबाही गर्ने बताउनुभएको छ । सहभागीका प्रश्नको जवाफ दिदै उहाँलेनै पालिकालाई राम्रो तथा रचनात्मक बनाउन मेयर एक्लैले नसक्ने बताउदै सम्बन्धीत सबैले सहयोग…
स्याङ्जा, ३० कातिक । पुतलीबजार नगरपालिका १ स्थित नवज्योति कृषि सहकारी संस्था लिममिटेडको अधिवेशनले भूमिजंग केसीको अध्यक्षतामा ७ सदस्यीय संचालक समिति चयन गरेको छ । समितिको उपाध्यक्ष सावित्री खत्री क्षत्री, सचिवमा राधाकृष्ण शर्मा, कोषाध्यक्षमा दया बहादुर के.सी. र सदस्यहरुमा बाबुराम शर्मा, ज्योति राना मगर, यामकुमारी आले निर्वाचित हुनु भएको छ । यसैगरी लेखा समितिको संयोजकमा जितप्रसाद अर्याल निर्वाचित भएका छन भने सदस्यहरुमा हुमनाथ अर्याल र रेनुका खडका तिवारी रहेको निर्वाचन अधिकृत गुरुप्रसाद ढकालले जानकारी दिनुभयो ।
स्याङ्जा, ३० कातिक । पछिल्लो समय संघ, प्रदेश र स्थानीय सरकारले पूर्वाधार विकासमा मोटो रकम खर्च (लगानी) गर्दै आएका छन् । पूर्वाधारतर्फ सुरुङ्मार्ग, राजमार्ग विस्तार, नयाँ सडक निर्माण, पक्की पुल, प्रशासनिक संरचना र अस्पताल लगाएतका क्षेत्रमा सरकारले मोटो रकम खर्च गरेको छ । ठूला पूर्वाधार विकासमा तीनै तहका सरकार तछाड र मछाड शैलीमा मोटो रकम खर्च गर्ने प्रतिस्पर्धामा छन् । पूर्वाधारमा मोटो रकम खर्च गरेपनि स्याङ्जाभित्र ८२ किलोमिटरको दुरी पर्ने कुल १८१ किलोमिटर लम्बाईको पोखरा–बुटवल जोड्ने सिद्धार्थ राजमार्गको स्तरवृद्धि हुन गरेको छैन् । तराई पहाड जोड्ने देशकै छोटो र सहज सिद्धार्थ राजमार्गको स्तरउन्नती देख्न र भोग्न आतुर स्याङ्जा र आसपास…
स्याङ्जा, ३० कातिक । मानव अधिकार तथा शान्ति समाज स्याङ्जाका पूर्व जिल्ला सभापति, पूर्व केन्द्रिय सदस्य एवं क्याम्पस प्रमुख भरतप्रसाद लम्सालले असहज र कठिन समयका बेला मानवअधिकारकर्मीका भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ । स्याङ्जा सदरमुकाम स्थित मानव अधिकार तथा शान्ति समाज स्याङ्जाको २१ ओं जिल्ला साधारणसभा तथा अधिवेशनको आइतवार उदघाटन गर्दै मानवअधिकार हनन्, हिंसा र उल्लंघनका बेला अधिकारकर्मीका दायित्व र जिम्मेवारी बढ्ने उहाले बताउनुभयो । राजनैतिक तथा सामाजिक अधिकार प्राप्तिका लागि गरिएका आन्दोलन हुन वा मागका बारेमा पनि समाजले आवाज उठाउदै आएको जानकारी गराउनुभयो । समाजले मानव अधिकारका क्षेत्रमा मात्र नभई अन्य बिबिध सामाजिक क्षेत्रमा पनि सहयोग गर्दे आएको…
स्याङ्जा २९ कार्तिक । फोटोग्राफर मंच गण्डकी प्रदेशको भेला एवं बैठक फेदिखोला गाउँपालिका १ स्थित अएरपानी होमस्टेमा सम्पन्न भएको छ । फोटोग्राफर संघ गण्डकी प्रदेशकोे आयोजना तथा फोटोग्राफर मञ्चको स्याङ्जाको समन्वयमा नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना आदानप्रदान सहित पूर्ण बैठक र अन्र्तक्रिया गरिएको हो । स्याङजाको फेदिखोला गाउँपालिका १ स्थित अएरपानी होम स्टेमा भएको शुक्रवार र शनिवार सम्पन्न ती कार्यक्रममा गण्डकी प्रदेशका ११ जिल्लामा व्यावसायिक रूपमा क्रियाशील फोटोग्राफरहरूको सहभागिता थियो । फोटोग्राफी तथा भिडियो ग्राफी क्षेत्रमा देखिएका आधुनिक चुनौती, अवसर र पेशागत दायित्वबारे अन्र्तक्रिया एवं छलफल भएको थियो । बदलिँदो प्रविधि, बजार प्रतिस्पर्धा, पेशागत मानक र गुणस्तर कायम राख्ने विषयहरूमा…
स्याङ्जा २९ कात्तिक । उत्तरगण्डकी महामेला तथा दामोदर धर्मोत्सवको आयव्याय सार्वजानिक गरिएको छ । गल्याङ् नगरपालिका १ स्थित मालुंगामा शनिवार पत्रकार सम्मेलनगरि सो का बारेमा जानकारी गराइएको छ । कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठान स्याङ्जाको आयोजनामा असोजदेखि कार्तिकसम्म संचालित एक महिने धर्मोत्सवको आयब्यय सार्वजनिक गरिएको हो । स्याङ्जाको गल्याङ् र पाल्पाको अर्सेदीको संगमस्थल उत्तरबाहिनीमा असोज २१ देखि कात्तिक १९ सम्म संचालित धर्मोत्सवमा २ करोड ३९ लाख ८५ हजार ९२२ रुपैँया आम्दानी भएको जनाइएको छ । तीमध्ये १ करोड ५० लाख ९४ हजार ७७ रुपैँया खर्च भएको र ८८ लाख ९१ ह्जार ८४५ रुपैंया बचत भएको जानकारी दिईएको छ । धर्मोत्सवमा रसिदबाट १…
स्याङ्जा ३० कात्तिक । गल्याङ् नगरपालिका ९ डुबिनडाँडा कल्लाबारी निवासी ३६ बर्षिय रामप्रसाद भट्टराई एक नाले भरुवा बन्दुक सहित बिहीवार साँझ पक्राउ परेका छन् । डुबिनडाँडा स्थित कल्लेरीमा हातहतियार देखाई मार्ने धम्की दिएको भन्ने सूचनाका आधारमा प्रहरीले भरुवा बन्दुक सहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभयो । आरोपित भट्टराईलाई हातहतियार तथा खरखजाना सम्बन्धी मुद्धामा स्याङ्जा अदालतबाट शुक्रवार १० दिनको म्याद थपगरि आवश्यक कानूनी कारवाही अघि बढाईएको प्रहरीले जनाएको छ ।