स्याङ्जा २३ फागुन । संघिय सांसद राजु थापाले भौतिक विकाससगै चेतनाको विकास आवश्यक रहेको बताउनुभयो ।चाहेर नचाहे पनि भौतिक विकास क्रमिक रुपले भइरहने बताउदै उहाँले चेतनाको विकास नभएमा मुलुकले विकास, समृद्धि र लक्ष्य हासिल गर्न नसक्नेमा जोड दिनुभयो । पुतलीबजार नगरपालिका ५ स्थित शीतला माध्यमिक बिद्यालयको स्वर्ण जयन्ती अर्थात ५० औं बार्षिकोत्सवको मंगलबार उदघाटन गर्दै उहाँले शिक्षाका लागि राज्यको ठूलो लगानी रहेको सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तीय बृद्धिका लागि सबैले गम्भीर भएर सोच्नु पर्ने समय आएको बताउनुभयो । ‘नैतिक शिक्षाको अभावमा अनुशासनहितना बढेको छ । नैतिक र संस्कृत जस्ता हाम्रा मौलिक शिक्षामा बौद्धिक जमातबाटै प्रहार भएका छन् । कयौं शब्द हटाउने…
Author: Syangja Sandesh
काठमाडौं १९ फागुन । दोश्रो राष्ट्रिय बाल नाटक मेला २०८० शुक्रबारबाट सुरु भएको छ । नाटक मेलाको राष्ट्रिय नाचघरमा पूर्व वाणिज्यमन्त्री मीन विश्वकर्माले उद्घाटन गर्नुभयो । फागुन २७ गतेसम्म हुने मेलामा देशभरका ११ वटा विद्यालयका नाटकहरु फाइनलमा पुगेका छन् । नाटक मेलाको उद्घाटन गर्दै पूर्वमन्त्री विश्वकर्माले समाज पनि पञ्चतत्वबाट नै बनेकोले समाज समान ढंगले विकसित हुन पाँच नीति आवश्यक हुने बताउनुभयो । ‘राजनीतिक नीति, आर्थिक नीति, सामाजिक नीति, धार्मिक नीति र सांस्कृतिक नीति, यी सबै नीति एकसाथ चल्नु पर्दछ ।’ तर अहिले सबैतिर राजनीतिक नीति मात्र हावी भएको उहाले भन्नुभयो। सबैतिर राजनीति हावी भएकाले समाजको एकनासको विकास हुन नसकिरहेको पनि…
स्याङ्जा १९ फागुन । भीरकोट नगरपालिकाका तेजबहादुर मल्ल वि.सं. २०३५ सालदेखि वेखबर हुनुभयो । युवा अवस्थामा घरबाट निस्कनु भएका उहाँ त्यसपछि कहाँ जानु भयो त्यसपछि अहिलेसम्म परिवारले पत्तो पाउन सकेन। उहाका परिवारले ४५ बर्षसम्म उनको बाटो र खबरको प्रतिक्षा गरिरहनु भयो े। कहि कतैबाट केही पत्तो पाउन नसकेपछि जिल्ला अदालत स्याङ्जामा पुगेर उहाका दाजु यामबहादुर मल्लले मृत्युको न्यायिक घोषणाका लागि निवेदन गर्नुभयो ।परिवारबाट २०३५ सालदेखि घरबाट निस्केपछि हालसम्म फर्केर नआएकोले मृत्युको न्यायिक घोषणा गरिपाऊँ भन्ने निवेदनमा ‘मृत्युको न्यायिक घोषणा’ गर्ने निर्णय गरेको थियो। त्यसपछि अदालतले आफनो प्रक्रिया पुरा गरेर तेजबहादुर मल्लको मृत्युको घोषणा गरिदियो । निवेदनका अनुसार बेखबर भएका मल्लको…
गोपाल जिटी \ स्याङ्जा १६ फागुन । चापाकोटमा प्रस्तावित प्राकृतिक स्रोत व्यवस्थापन ( कृषि ) कलेज सञ्चालन हुने भएको छ । चापाकोट नगरपालिका वडा नम्बर ८ रत्नपुरमा कृषि कलेज सञ्चालन गरिने भएको हो । चापाकोट नगरपालिकाको आयोजनामा बुधबार प्रस्तावित प्राकृतिक स्रोत व्यवस्थापन कलेज सञ्चालन सम्बन्धमा वृहत छलफल कार्यक्रम मार्फत जानकारी गराइएको हो । कार्यक्रममा सम्वोधन गर्दै नेपाल सरकारका कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले विकासका कामहरु सबैको साझा काम भएको बताउनुभयो । कतिपय विकासका कामहरुमा राजनीति गरेको देखिन्छ, त्यो गलत भएको भन्दै मन्त्री गुरुङले विकासका काममा होइन, देश र जनताका लागि राजनीति गरिनुपर्ने बताउनु भएको हो । चापाकोटमा…
स्याङ्जा १५ फागुन । नेपाल मगर संघ पुतलीबजारको आयोजनामा आयोजित ४२ औं मगर स्थापना दिवस बिबिध कार्यक्रमगरी मनाइएको छ । पुतलीबजार नगरपालिका १ स्थित सिटीहलमा आयोजित कार्यक्रमको उदघाटन गर्दै बिज्ञान तथा प्रबिधि पूर्वमन्त्री शिवलाल थापाले मगर जातीका हक, हित र अधिकारका पक्षमा एकजुट हुनु पर्ने बताउनुभयो । संबिधान र राज्यबाट मगर जातीलाई उपेक्षा र बिभेदमा पारिएको बताउनुभयो । एकतामै बल हुने जनाउदै उहाले सबै मगर जातीलाई आफनो भाषा, कला, संस्कृति र पहिचान जोगाउदै अघि बढ्न सुझाव दिनुभयो । नेपाल मगर संघका केन्द्रिय पूर्वमहासचिव समेत रहनु भएका थापाले दिवसमा शक्ति प्रदर्शन गर्ने दिन भएकाले सम्पूर्ण मगर जातीहरुले यसको महत्व बुझनुपर्नेमा जोड…
स्याङ्जा १४ फागुन । राष्ट्रिय मगर दिवस अर्थात ४२ औं स्थापना दिवसको अवसर पारेर पुतलीबजार नगरपालिकाले भोली फागुन १५ गते सार्वजनिक बिदा दिएको छ । पुतलीबजार नगर नगर कार्यपालिकाको आज बसेको बैठकले नगर कार्यपालिका कार्यालय र यस अन्र्तगत रहेका सम्पूर्ण कार्यालयहरु, सामुदायिक एवं संस्थागत बिद्यालयहरु, स्वास्थ्य संसथ तथा नगरपालिका क्षेत्र भित्र संचालित बैंक तथा बित्तिय संस्था र संघ संस्थाहरुमा समेत लागु हुनेगरी सो दिन बिदा दिएको हो । साथै मगर दिवसको उपलक्ष्यमा नगर प्रमुख तुलसीराम रेग्मीले देश तथा विदेशमा रहनुहुने पुतलीबजार नगरवासी आमा, बुवा, दाजुभाई, दिदीवहिनी तथा सम्पूर्ण नेपालीहरुमा सुख शान्ति समृद्धिको एवं उत्तरोत्तर प्रगतीको शुभकामना सोही सूचना मार्फत दिनुभएको…
स्याङ्जा १४ फागुन । पुतलीबजार नगरपालिकाभित्रजन्मेर ९ महिना देखि ५ बर्ष मुनिका बालबालिकालाई फागुन १८ गतेदेखि २१ गतेसम्मदादुरा रुवेलाको खोप लगाईने भएको छ । सन२०२६ सम्ममा नेपालाई दादुरा रुवेला मुक्तबनाउने उदेश्यले पुतलीबजार नगरकार्यपालिकाको कार्यालयको अयोजनामा नगर स्तरीय खोप समन्वय समिति सदस्य, स्वास्थ्यकर्मी र सरोकारवालाबीच गरेको अन्र्तक्रिया गर्दे सो का बारेमा जानकारी गराइएको हो । कार्यक्रमको शुभारम्भ गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले ९ महिनादेखि ५ बर्ष मुनिकाकुनै पनि बालबालिका दादुरा रुवेला खोपबाट वंचित हुन नहुने बताउनुभएको छ । नगरप्रमुख रेग्मीले घर, टोल, समाजदेखि वडा हुदै पालिकासम्मका बालबालिकालाई खोपका बारेमाजानकारी गराउन सुझाव दिनुभयो । यस पुनित कार्यका लागि नगरकार्यपालिका, वडा, खोपसमन्वय समिति,…
स्याङ्जा १३ फागुन । चापाकोट नगरपालिकामा जारी आमन्त्रित जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता एवं सन्तोष थापा स्मृति कपको उपाधि बागलुङले जितेको छ । चापाकोट उद्योग वाणिज्य संघद्धारा आयोजित दोस्रो महोत्सवमा संचालित स्मृति कप प्रतियोगिता अन्तर्गत आज (आइतवार) भएको फाइनल खेलमा बागलुङले स्याङ्जालाई ३– १ को सेटमा हराउँदै उपाधि जितेको छ । प्रतियोगितको विजेता बागलुङले उपाधिसँगै १ लाख ५० हजार तथा उपविजेता स्याङ्जाले १ लाख रुपैयाँ प्राप्त गरेको छ । यसैगरी पर्वतले नवलपुरलाई हराउँदै तेस्रो भएको छ । उसले ५० हजार रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगितामा स्याङ्जा, नवलपुर, बागलुङ, पर्वत, तनहुँ, पाल्पा र कास्की गरी सातबाट जिल्लाको टिमले सहभागीता जनाएका छन्…
स्याङ्जा १२ फागुन । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक वाचन र श्रवण गर्ने एक महिने श्रीस्वस्थानी व्रतकथाको आज समापन हुँदैछ । पुस शुक्ल पूर्णीमाका दिनदेखि सुरु भएको यो वर्षको श्रीस्वस्थानी व्रतकथा आज विधिवतरुपमा समापन गर्न लागिएको हो । आजदेखि श्रीस्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिनसम्मका लागि विसर्जन गरिन्छ । महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाकमात्रै खाना खाएमा मनोकांक्ष पूरा हुने जनविश्वास छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि विष्णुको सल्लाहनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएको विश्वासका साथ परम्परागत रूपमा स्वस्थानी व्रतकथा श्रवण गर्ने र पूजाआजा गर्ने चलन छ । व्रत समाप्तिका दिन श्रीस्वस्थानीको…
स्याङ्जा ११ फागुन । कार्यसम्पादन मूल्याङ्कनमा भीरकोट नगरपालिका उत्कृष्ट पालिका बनेको छ। स्याङ्जाका अरु १० पालिकालाई जित्दै भीरकोट दोश्रो पटक उत्कृष्ट पालिका बन्न सफल भएको हो । प्राकृतिक स्रोत तथा वित्त आयोगद्धारा सार्वजनिक प्रतिवेदनमा स्याङ्जाका ११ पालिकामध्ये भीरकोट उत्कृष्ट भएको हो । अघिल्लो बर्ष २०७८ सालमा पनि पनि भीरकोट जिल्लाकै उत्कृष्ट भएको थियो । आयोगले पालिकाको खर्च, बेरुजु, लेखा परीक्षण, स्थानीय सञ्चित कोष ब्यवस्थापन प्रणालीको प्रयोग, आवधिक योजना, राजस्वको विभाजन लगायतका बिभिन्न १६ वटा सूचकलाई कार्यसम्पादन मूल्यांकनका आधार मानिएका छन् । तोकिएको समयसिमा अर्थात असार १० भित्र बजेट ल्याए–नल्याएको, असार ३० भित्र बजेट पास गरे–नगरेको, घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर…
स्याङ्जा ११ फागुन । वालिङ नगरपालिकाको आयोजना तथा ब्रिटिस काउन्सिलको सहकार्यमा शिक्षकहरुका लागि अन्वेषण तथा अनुसन्धान बारे २ दिने प्रशिक्षण कार्यक्रम वालिङ्मा सम्पन्न भएको छ । समापन कार्यक्रममा बोल्द नगरप्रमुख कृष्ण खाँणले तालिमका सिप र ज्ञानलाई ब्यवहारमा उतारी यहाँ अध्ययारत बिद्यार्थी सबैको शैक्षिक गुणस्तर बृद्धिमा सहयोग गर्न आग्रह गर्नुभयो । नगरपालिकाको शैक्षिक गुणस्तर वृद्धि गर्न ब्रिटिस काउन्सिलको कार्यक्रमले धेरै मद्दत गरेको भन्दै उहाले यहाँकोे शैक्षिक श्रीवृद्धिका पालिका सधैभरी तयार रहेको बताउनुभयो । दुई दिने कार्यक्रममा ७ जना शिक्षकले ७० जना अंग्रेजी शिक्षकले जनही दश÷दश जना शिक्षक तयार पारी शिक्षणका बेला आइपरेका समस्या समाधान गर्नेगरी सहजीकरण गरिएको हो। कक्षा शिक्षण र…
स्याङ्जा ७ फागुन । प्रजातन्त्र दिवसको अवसर पारेर भीरकोट नगरपालिका ४ स्थित छाङछाङदी मन्दिर वरपर सफाई गरिएको छ । लायन्स क्लब अफ भीरकोटले मन्दिर सरसफाई गरेको हो । क्लबले विभिन्न सामाजिक कार्य मार्फत नागरिकसंग प्रत्यक्ष जोडिँदै आएको भन्दै क्लबले मन्दिर सरसफाई गरेको हो । सिद्धार्थ राजमार्गस्थित प्रवेशद्धारदेखि मन्दिर सम्मनै सरसफाई गरिएको क्लबका अध्यक्ष यामप्रसाद अधिकारी (लक्ष्मण) ले जानकारी दिनुभयो । मन्दिर परिसरमा रहेका प्लाष्टिकका फोहोर तथा पात पतिङगर गरी कुहिने र नकुहिने फोहोर संकलन गरि व्यवस्थापन गरिएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठ, क्लबका पदाधिकारी तथा सदस्यहरु र स्थानीयको सहभागितामा सरसफाई गरिएको हो । सरसफाई पछि आयोजित प्रजातन्त्र…
स्याङ्जा ७ फागुन । चापाकोट नगरपालिकामा फागुन ८ गते मंगलबार (भोली) देखि सन्तोष थापा स्मृतिकप खुला भलिवल प्रतियोगिता हुने भएको छ। दोस्रो चापाकोट महोत्सवका अवसर पारेर पहिलो स्मृति कप प्रतियोगिता गरिने भएको खेल संयोजक राजन दर्लामीले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुभयो । उहाका अनुसार ‘फागुन ८ देखि सुरु हुने प्रतियोगिता १३ गतेसम्म जारी रहने छ । प्रतियोगितामा राष्ट्रिय तथा गण्डकी र लुम्विनी प्रदेशगरी १२ टीम सहभागि हुनेछन।’ प्रतियोगितामा प्रथम हुनेले समूहले १ लाख ५० हजार, दोश्रो हुनेले १ लाख र तेस्रो हुनेले ५० हजार नगद सहित ट्रफी र मेडल प्राप्त गर्नेछन। बेष्ट प्लेयरलाई ५ हजार र अन्य बिभिन्न ६ वटा…
स्याङ्जा ७ फागुन । कोभिड १९ का कारण बिद्यार्थीमा देखिएको शैक्षिक एवं मनोसामाजिक प्रभावको क्षति कम गराउने उदेश्यले वालिङ्मा सिकाइ आपुरण तथा दु्रत सिकाई योजना सम्बन्धी अभिमूखीकरण गरिएको छ । वालिङ् नगरपालिकाद्धारा आयोजित सो कार्यक्रमले बिद्यार्थीको आवश्यकता र स्तर अनुकुल सिकाई आपुरण योजना निर्माणगरी सिकाई कार्य अगाडी बढाउन सकिने शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाका प्रमुख विश्वराज आचार्यले जानकारी दिनुभयो । अभिमूखीकरणमा प्रमुख आचार्यले सहजीकरण गर्नुभएको थियो । क्षति परिपूर्ति गर्नका लागि वालिङ नगरपालिका अन्र्तगत शिक्षा शाखाले सामुदायिक बिद्यालयमा कक्षा ३ देखि ८ सम्मका बिद्यार्थीलाई निदानात्मक बिधिको प्रयोगगरी २ पटक परिक्षा लिनेगरि सिकाइएको शिक्षा शाखा प्रमुख दुर्गाकुमारी न्यौपानेले बताउनुभयो ।…
वालिङ,७ फागुन । ‘स्मार्ट सिटि’को रुपमा परिचय बनाएको वालिङ नगरपालिकाले नगर विकासको लागि सल्लाहकार समिति गठन गरेको छ । राजनैतिक,सामाजिक,सञ्चार,स्वास्थ्य,निजामती कर्मचारी र उद्यमशील लगायतका क्षेत्रमा क्रियाशिल र अब्बल मानिएका वालिङका व्यक्तिहरु समेटेर सल्लाहकार समिति गठन गरिएको हो । ‘विज्ञ र अनुभवी व्यक्तिहरु’समेटिएको सल्लाहकार समितिको संयोजक नगरपालिकाका निवर्तमान नगरप्रमुख दिलिप प्रताप खाँण रहनु भएको छ । रणनैतिक राजनीतिमा अब्बल मानिएका दिलिप प्रताप खाँणको संयोजकत्वमा ५१ सदस्यीय समिति गठन गरिएको हो । ‘समितिमा वालिङका स्वास्थ्य,शिक्षा,सञ्चार लगायतका क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरुलाई समेटेर समिति गठन गरेको नगर प्रमुख कृष्ण खाँणले बताउनुभयो । ‘नगरविकासको लागि अनुभव शेयरिङ,बौद्धिक सल्लाह र भावी योजना तर्जुमाको लागि हामीले…